Posts

Showing posts from March, 2018

प्रधानमन्त्री ओलीको पहिलो बिदेश भ्रमण भारत

Image
सुभाष साह काठमाडौं, १६  प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मित्रराष्ट्र भारतको तीनदिने राजकीय भ्रमणको मिति सार्वजनिक गरिएको छ । दोस्रो पटक प्रधानमन्त्री भएका ओलीको पहिलो बिदेश भ्रमण भारत हुने भएको छ ।   प्रधानमन्त्री ओलीले चैत २३, २४ र २५ सम्म तीन दिने राजकिय भ्रमण गर्ने मितिको तय भएको छ । परराष्ट्र मन्त्रालयले उनको भारत भ्रमणको मिति शुक्रबार घोषणा गर्दै दुई देश बीचको सम्बन्धन प्रागाढ हुने बिश्वास गरेको छ ।  दोस्रोपटक प्रधानमन्त्री भएका ओलीलाई भारत भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीनपटक फोनबाट र एक पटक औपचारिक पत्र पठाइसकेका छन् । पहिलो पटक प्रधानमन्त्री भएका ओलीले २०७२ फागुन ७ देखी ११ सम्म भारत भ्रमण गरेका थिए ।  यसअघि प्रधानमन्त्री ओलीको भारत भ्रमणको मिति भारतबाट नै सार्वजनिक भएको थियो । आन्तरिक तयारी नपुग्दै भारतले भारत पुगेका केही नेपाली पत्रकारहरूमाझ भ्रमणको मिति सार्वजनिक गरेको थियो । तर नेपालले भने भ्रमणको मिति तय भइनसकेको बताउँदै आएको थियो । भारतले २४ चैत देखी भ्रमणको तयारी गरेपनि नेपालको आग्रहमा २३ चैत देखी भ्र...

सरकारद्धारा सार्वजनिक बिदा कटौती: २०७५ मा ८९ दिन सार्वजनिक बिदा

सुभाष साह काठमाडौं, १४ चैत सरकारले २२ दिन सार्वजनिक बिदा कटौती गर्ने निर्णय गरेको छ । सरकारको यो निर्णयसंगै अब सरकारी कार्यालय २२ दिन खुला रहने भएको छ । २०७५ सालमा अब सार्वजनिक बिदा ८९ दिन मात्रै रहने छ ।  प्रधानमन्त्री निवास बालुवाटरमा बुधबार बसेको मन्त्रिपरिषदको बैठकले सार्वजनिक बिदा कटौती गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना राज्यमन्त्री गोकुल बास्कोटाले सरकारले आउँदो बर्ष (२०७५) मा हुने २२ दिन सार्वजनिक बिदा नदिने निर्णय भएको बताए ।  ‘मन्त्रिपरिषद बैठकले २२ दिन सार्वजनिक बिदा कटौती गर्ने निणर्य गरेको छ, अब सरकारी कार्यालय २२ दिन बढी खुल्नेछ’ बास्कोटाले भने, ‘सरकारले समृद्धिको लक्ष्य लिएको छ, त्यसका लागि कार्यदिवस बढाउँन जरुरी रहेकाले यस्तो निर्णय भएको छ ।’ गृहमन्त्रालयले तयार गरेको प्रतिबेदन अनुसार सरकारले सार्वजनिक बिदा कटौती गर्ने निर्णय गरेको छ । २०७५ मा अब ८९ दिन मात्रै सार्वजनिक बिदा हुनेछ । यसमा सबैका लागि ६७ दिन र बिभिन्न जाती, समुदाय एवं धर्मालम्बिहरुका लागि २२ दिन बिदा हुनेछ ।  बढी सार्वजनिक बिदा दिँदा सार्वजनिक सेवा नै प्रभावित भए...

प्रधानमन्त्री–कूटनीतिज्ञ छलफल: समृद्धि लक्ष्यमा सहकार्य आह्वान

सुभाष साह काठमाडौं, १३ चैत  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आर्थिक समृद्धिको लक्ष्यमा सहयोग र सहकार्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् ।  नेपालस्थित विभिन्न देशका कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारीसँग मंगलबारको भेटमा प्रधानमन्त्री ओलीले सन्तुलित परराष्ट्र नीतिमार्फत छोटा अवधिमै समृद्ध मुलुक निर्माणको अभियानमा सरकार जुटिसकेको भन्दै सहयोगको अपिल गरेका हुन् ।  उनले सरकारले मुलुकलाई समृद्धि बनाउने उद्देश्यका साथ अगाडि बढेको जानकारी गराउँदै सो अभियानलाई पूरा गर्न सरकार अन्तर्राष्ट्रिय जगत्सँग सहकार्य गर्न तयार रहेको बताए ।  आर्थिक समृद्धिसहित सरकारको प्राथमिकताका विषयमा बिफ्रिङ गर्दै संविधानको कार्यान्वयनसँगै नेपाल राजनीतिक स्थायित्वमा गइसकेको आर्थिक समृद्धिका लागि सहकार्य गर्दै अघि बढ्ने बताएका छन् ।  एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडालगायतको सहभागितामा ओलीले उनीहरूलाई सरकारको प्राथमिकताका विषयमा बिफ्रि...

मन्त्रीपरिषद निर्णयः प्रदेशमन्त्रीलाइ कुटनीतिक स्थानीय प्रमुखलाई बिशेष राहदानी

सुभाष साह काठमाडौं, १२ चैत सरकारले प्रदेश सरकार देखी जिल्ला समन्वय समितिका प्रमुखलाई कुटनीतिक राहदानी र स्थानीय सरकार प्रमुखलाई बिशेष राहदानी प्रदान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको बिशेष पहलमा मन्त्रीपरिषदले यस्तो सेवा प्रदेश एवं स्थानीय सरकार प्रमुखलाई दिने निर्णय भएको हो ।   प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रीपरिषद बैठकले प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुखलाई कुटनीतिक राहदानी (रातो पासपोर्ट) र नगरपालिका तथा गाउँपालिका प्रमुख एवं अध्यक्षलाई बिशेष राहदानी प्रयोग गर्न पाउँने निर्णय गरेको छ ।  सञ्चार तथा सूचना प्रबिधि राज्यमन्त्री गोकुल बास्कोटाले मन्त्रीपरिषदको निर्णय अनुसार प्रदेश सरकार, सांसद, जिल्ला समन्वय समितिका प्रमुखले कुटनीतिक राहदानी (रातो पासपोर्ट) तथा स्थानीय सरकारका प्रमुखले बिशेष राहदानी प्रयोग गर्न पाउँने निर्णय भएको बताए ।  ‘मन्त्रीपरिषद बैठकले प्रदेश सरकार, प्रदेश सांसदका साथै जिल्ला समन्वय समितिका प्रमुखले कुटनीतिक राहदानी तथा स्थानीय सरकारका प्...

यूरोपीयन यूनियनलाई प्रतिबेदन सच्याउँन प्रधानमन्त्री ओलीको आग्रह

सुभाष साह काठमाडौं, चैत ११ प्रधानमन्त्री केपी शर्मा ओलीले यूरोपीयन यूनियनका नाममा नेपालको सामाजिक प्रवन्ध, संवैधानिक व्यवस्था र उपलब्धीहरुलाई कम नआक्न चेतावनी दिदै आफ्नो प्रतिबेदन सच्याउँनुपर्ने बताए ।  राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले प्रतिनिधिसभा तथा प्रदेसभा सदस्यको निर्वाचन पर्यवेक्षणको मूल प्रतिवेदन आईतबार सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले युरोपीयन युनियनलाई प्रतिबेदन सच्याउँन बताए  । ‘इयूका नाममा आएको प्रतिवेदन सच्याउन सरकारले आग्रह गरेको तर उसले झन जिद्धी गरे जस्तो छ’ प्रधानमन्त्री ओलीले भने, ‘म फेरी आग्रह गर्न चाहन्छु, यो प्रतिवेदनमा पुनर्बिचार गर्नुहोस ।’  प्रतिवेदनले नेपाललाई हेप्ने काम गरेको भन्दै प्रधानमन्त्री ओलीले प्रर्यवेक्षणका नाममा आएका केही ‘धर्म प्रचारक’ पर्यवेक्षकलाई नेपालले फिर्ता पाठएको प्रतिशोध पर्यवेक्षण प्रतिवेदनमा साँध्नु उपयुक्त नहुने बताए । नेपालको लोकतन्त्रप्रतिको निष्ठामा कसैले आशंका गर्नुनपर्ने प्रधानमन्त्री ओलीले बताए । ‘लोकतन्त्रप्रतिको हाम्रो निष्ठा अरुभन्दा कम छैन’ उनले भने, ‘हामीलाई लोकतन्त्र र समावेशीताको...

सरकार र मधेसवादी दल संवादहीन

सुभाष साह काठमाडौं, ९ चैत चैत पहिलो साता (२ चैतमा) तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसवादी दलसमेत सहभागी हुँदै गरेको सन्देश दिए । ओलीको अभिव्यक्तिलाई पत्याउने गरी विस्तारमा विलम्ब भयो । अन्ततः मन्त्रिपरिषद् विस्तार त भयो तर मधेसवादी दल अटाएनन् ।  मन्त्रिपरिषद् विस्तारलगत्तै मधेसवादी दल (राजपा र संघीय फोरम)ले संविधान संशोधनको एजेन्डामा सहमति निकट पुगेको अभिव्यक्ति दिए । संघीय फोरमले बैठक नै बसेर सरकारमा सहभागी हुने निर्णय ग¥यो ।  उसको निर्णयपछि घटनाक्रम नाटकीय रूपमा फेरियो । सरकारले संविधान संशोधनको लिखित प्रतिबद्धता त जनाएन, सरकारमा सहभागी हुन मधेसी दलको सर्त समेत बढ्दै गयो ।  दुई दलबीचको एजेन्डा र प्राथमिकता बदलिँदै जाँदा सरकारमा सहभागी हुनै लागेका दुई मधेसी दल र सरकारबीच एक सातायता संवाद भएको छैन । एक सातायता उनीहरूबीच कुनै किसिमको छलफल नै भएन । एमाले–माओवादी केन्द्रको वाम गठबन्धनको सरकार तथा राजपा र फोरम नेपालको मधेसवादी गठबन्धनबीच संवाद नहुँदा सरकारले पूर्णता पाउन ढिलाइ मात्र भएको छैन, सरकारको नीति तथ...

केन्द्र सरकारको सहयोग पाएनौं–मुख्यमन्त्रीहरु

सुभाष साह काठमाडौं, ७ चैत सात वटै प्रदेशका मुख्यमन्त्रीले केन्द्र सरकारबाट सहयोग नपाएको गुनासो गरेका छन् । उनीहरुले प्रदेश सरकार सञ्चालनमा देखिएका जटिलता तत्काल समाधान गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह समेत गरेका छन् ।  प्रधानमन्त्री ओलीले सात वटै प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिव, प्रमुख न्यायाधिवक्ता लगायतसंग बुधबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा गरेको छलफलमा उनीहरुले यस्तो समस्या एवं गुनासो पोखेका हुन् ।  प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार सञ्चालन गर्नमा कर्मचारीहरुबाट सहयोग नपाएको गुनासो प्रधानमन्त्री ओलीलाई गरेका छन् । केन्द्र सरकारले खटाएको कर्मचारी प्रदेशमा नगएकाले कार्य सम्पादनमा समस्या परेको गुनासो आफुले प्रधानमन्त्री समक्ष गरेको उनले बताए ।  ‘कर्मचारीहरुबाट सहयोग पाउँन सकेका छैनौं, केन्द्र सरकारले खटाएका कर्मचारीहरु प्रदेशमा नपुगेका कारण कार्यसम्पादनमा समस्या झेल्नुपर्ने अवस्था रहेको प्रधानमन्त्री ज्युलाई जानकारी गराए’ राउतले भने, ‘प्रदेश सरकारले सम्पादन गर्नुपर्ने कार्यमा सहयोग गर्...

प्रदेश कानूनमा प्रधानमन्त्रीको चासो : नीति तथा कार्यक्रम सहित समृद्धिको खाकामा सुझाव माग

सुभाष साह काठमाडौं, ६ चैत प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशिक कानूनी अडचनको बाधा फुकाउँन पहल थालेका छन् । संघीय सरकारले लिएको समृद्धिको खाका पुरा गर्ने गरी नीति तथा कार्यक्रम बनाउँन र त्यहाँ देखिने कानूनी अडचन फुकाउँन प्रधानमन्त्री आफैले अग्रसर्ता देखाएका हुन् ।  सरकारको अगामी नीति तथा कार्यक्रम एवं प्रदेशमा निर्माण हुने कानूनहरुको क्रममा देखिने समस्याको समाधानका लागि सात वटै प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिव र प्रमुख न्यायाधीवक्ता सहितको बिशेष छलफल प्रधानमन्त्री ओलीले गर्दैछन् ।  सात वटै प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिव र प्रमुख न्यायाधीवक्तालाई उनले बुधबार सिंहदरबारमा छलफलका लागि बोलाएका छन् । सरकारले बनाउँने नीति तथा कार्यक्रम, प्रदेशमा निर्माण हुने कानूनका क्रममा देखिने समस्याको समाधानका लागि हुने अहिलेको यो छलफललाई बिशेष महत्वका साथ देखिएको छ ।  प्रधानमन्त्री सचिवालयका अनुसार संघीय एवं प्रदेश सरकारको नीति तथा कार्यक्रम, प्रदेशले निर्माण गर्नुपर्ने कानूनहरु एवं समृद्ध प्रदेश निर्माणका बिषयमा बिशेष छलफल हुने बताईएको छ ।  आर्थिक समृ...

मधेसवादी दललाई सरकारमा सहभागि गराउँन प्रधानमन्त्रीलाई सकस

Image
सुभाष साह काठमाडौं, ५ चैत राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाललाई सरकारमा सहभागी गराउन प्रधानमन्त्रीलाई सकस परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै मधेसवादी दललाई सरकारमा सहभागी गराउने प्रयास गरे पनि संवैधानिक व्यवस्थाका कारण उनी अप्ठ्यारोमा परेका हुन् ।  प्रधानमन्त्री ओलीले २२ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरिसकेका छन् । तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्दै २२ सदस्यीय बनाएका प्रधानमन्त्री ओलीले संवैधानिक व्यवस्थाअनुसार अब तीन मन्त्री मात्रै नियुक्त गर्न पाउँछन् । तर दुवै मधेसवादी दलले तीन ÷तीन मन्त्रालय दाबी गर्दै आएका छन् । उनीहरूको दाबीअनुसार ६ मन्त्री पद खाली हुनुपर्ने भए पनि अहिले तीन मन्त्री पद मात्रै प्रधानमन्त्रीले नियुक्त गर्न पाउँछन् ।   संविधानको धारा ७६ को उपधारा ९ मा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा  संघीय संसद्का सदस्यमध्येबाट समावेशी सिद्धान्तबमोजिम प्रधानमन्त्रीसहित बढीमा २५ जना मन्त्री रहेको मन्त्रिपरिषद् गठन गर्ने व्यवस्था छ । संविधानको धारा ७६ को उपधारा ९ मा ‘मन्त्री’ भन्नाले  उपप्रधानमन...

भ्रष्टाचार, अनियमितता र बहानाबाजीमा काम पन्छाउने कार्य सरकारलाई स्वीकार्य नहुने प्रधानमन्त्री ओलीको चेतावनी

Image
सुभाष साह काठमाडौं, ४ चैत प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार, अनियमितता र बहानाबाजीमा काम पन्छाउने कार्य सरकारलाई स्वीकार्य नहुने चेतावनी दिएका छन् । सरकारको योजना एवं जनताको काम पन्छाउने प्रवृत्ति सरकारलाई स्वीकार्य नहुने भएकाले आफ्नो जिम्मेवारी ईमन्दारिताका साथ समयमै पुरा गर्न निर्देशन उनले दिएका छन् ।  सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आईतबार मन्त्रीहरु, मुख्यसचिव, सचिवहरु एवं सुरक्षा निकायका प्रमुखहरु लगायतकालाई प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् ।  परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले विशेष निर्देशन दिँदै प्रधानमन्त्री ओलीले ईमन्दारिताका साथ काम गर्न निर्देशन दिदै भ्रष्टाचार, अनियमितता एवं वहानाबाजी गर्नेलाई कुनै किसिमको सरकारले छुट नदिने निर्देशन दिएको बताए ।  ऐतिहासिक दायित्व एवं जिम्मेवारी पूरा गर्न गठन भएको सरकार सोही अनुरुप कार्यसम्पादन गर्न प्रधानमन्त्री ओलीले विशेष निर्देशन दिएको उनले बताए । वाहानावाजी गर्ने वा जिम्मेवारी पुरा नगर्नेलाई सरकारले कारवाही गर्ने निर्देशन बैठकमा प्रधानमन्त्री ओलीले दिएक...

संबिधान संशोधनमा सम्झौता नभई फोरम नेपाल सरकारमा सहभागि नहुने

Image
सुभाष साह काठमाडौं, ४ चैत संघीय समाजवादी फोरम नेपाल यथास्थितिमै सरकारमा सहभागि नहुने निर्णय गरेको छ । संबिधान संशोधनको मुद्धा उठाउँदै आएको फोरम नेपालले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा जानु अघि राजनीति लिखित सम्झौता हुनुपर्ने सर्त अघि सारेको छ ।  तीनकुने स्थित पार्टी केन्द्रीय कार्यालयमा आईतबार बसेको फोरम नेपाल पदाधिकारी (कार्यसम्पादन) बैठकले संबिधान संशोधनको हकमा लिखित सम्झौता नभई सरकारमा सहभागि नहुने निर्णय गरेको छ ।  फोरम नेपालका महासचिव रामसहाय यादवले सत्तारुढ दलसंग भएको छलफल सकारात्मक रहेको बताउँदै थप छलफल गर्दै लिखित सम्झौता पश्चात नै पार्टी सरकारमा सहभागि हुने निर्णय भएको बताए ।  ‘हामी अहिलेकै अवस्थामा सरकारमा सहभागि हुदैनौं, एमाले र माओवादी केन्द्रसंग भएको छलफल सकारात्मक नै छ, थप छलफल गर्दै लिखित सम्झौता पश्चात सरकारमा सहभागि हुनेछौं’ यादवले भने, ‘पार्टीले आवश्यक थप छलफल अघि बढाउँने निर्णय गरेकोछ, सरकारसंग सम्झौता गरेपश्चात नै सरकारमा सहभागि हुन्छौं ।’ यस अघि पनि फोरमले लिखित रुपमै राजनीतिक सहमती गर्दै सरकारमा सहभागि हुने निर्णय...

एमालेमा बढयो ‘दण्डहिनता’ – अनुशासन आयोग

सुभाष साह काठमाडौं, २९ फागुन एमालेको केन्द्र देखी तल्लो तह सम्मको नेतृत्व स्वच्छाचारी बनेका कारण पार्टी भित्र दण्डहिनता मौलाएको अनुशासन आयोगको ठहर छ ।  पार्टीको केन्द्रीय किमटी देखी लिएर तल्लो कमिटीमा नेतृत्वमा रहेका नेताहरुका स्वच्छारी कार्यले दण्डहिनता मौलाएको ठहरसहित एमालेको केन्द्रीय अनुशासन आयोगले पार्टीको गम्भिर ध्यानाकर्षण गराएको छ । एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार बसेको आयोगको बैठकले यस्तो ठहर गरेको छ ।  एमाले अनुशासन आयोगका सदस्य अगम वान्तवाले पार्टीको केन्द्र देखी लिएर तल्लो तहसम्मको कमिटीका नेतृत्वमा देखिएको स्वच्छाचारिता अन्त्य गर्दै अनुशास कायम गर्नुपर्ने सुझाव आयोगले दिएको बताए ।  ‘पार्टीको केन्द्र देखी लिएर तल्लो तहसम्मको कमिटीमा रहेका नेतृत्व वर्गमा व्यक्तिबादी सोच, स्वच्छाचारीता एवं अनुशासनहिता देखिएको छ’ वान्तवाले भने, ‘यि कारणले पार्टीको बैठकहरु समेत बिधान अनुसार बस्न सकेको छैन, नियमित बैठक सञ्चालन गर्दै अगाडी बढनुपर्ने आवश्यक्ता अहिले रहेको छ ।’ पार्टी भित्र बढदै गईरहेको दण्डहिनता अन्त्य गर्दै आन्तरिक अनुशासन काय...

युएस बंगालको बिमान दुर्घटना, राजनीतिक दलद्धारा दुःख व्यक्त, छानविन आयोग गठन हुने–प्रधानमन्त्री

सुभाष साह काठमाडौं, २८ फागुन प्रधानमन्त्री केपी शर्मा ओलीलले युएस बंगालको बिमान दुर्घटनाको सम्बन्धनमा सरकारले तत्काल छानविन आयोग गठन गरेर छानविन गर्ने बताएका छन् ।  त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सोमबार भएको बिमान दुर्घटनाको अवलोकन गर्न पुगेका प्रधानमन्त्री ओलीले सरकारले उद्धार सहित स्वास्थ्य उपचार लगायतका कामहरु समेत सरकारले गर्ने बताउँदै उनले तत्काल छाविन आयोग गठन हुने बताए ।  घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री ओलीले मृतक परिवारप्रति समवेदना व्यक्त गरेका छन् । बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदलाई टेलिफोन सम्पर्कमा उनले बिमान दुर्घटनाप्रति दुख व्यक्त गर्दै उद्धार एवं उपचार लगायतका कार्य नेपाल सरकारले गरिरहेको बताए ।  बंगलादेशको राजधानी ढाकाबाट ६७ जनायात्रु लिएर काठमाडौं आएको यूएस बंगालको बम्बार्डियर जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ । घटना लगतै प्रधानमन्त्री ओलीका साथै रक्षा मन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा लगायत उच्चपदस्त व्यक्तिहरु बिमानस्थल पुगेका थिए ।  यसैगरी राष्ट्र...

राष्ट्रिय सभा नेतृत्वमा दुई आकांक्षी

सुभाष साह काठमाडौं, २५ फागुन राष्ट्रिय सभा अध्यक्ष बन्न एमालेका दुई नेताले पार्टीभित्र लबिङ तीव्र बनाएका छन् ।  पार्टी र वाम गठबन्धनभित्र कसलाई नेतृत्वमा लैजाने भन्ने विषयको छलफल सुस्ताइरहेका बेला  एमाले पोलिटब्युरो सदस्यद्वय परशुराम मेघी गुरुङ र गणेश तिमल्सिनाले नेतृत्वमा इच्छा देखाएका छन् ।  एमाले र माओवादी केन्दबीच भएको पदीय बाँडफाँटअनुसार एमालेको भागमा राष्ट्रिय सभा अध्यक्ष परेको छ । तर, सो जिम्मेवारी कसलाई दिने भन्ने निर्णय पार्टीले गरेको छैन ।  उनीहरूले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित दुवैपार्टीका प्रभावशाली नेतालाई भेटेर नेतृत्वमा आकांक्षा देखाएका हुन् ।  आकांक्षीमध्येका गुरुङले पार्टीमा आफूले गरेको योगदानको मूल्यांकन गरेर जिम्मेवारी दिए आफू तयार रहेको बताए । उनले आफूलाई पार्टीले न्याय गर्नेमा विश्वास रहेको बताए ।  अर्का दाबेदार तिमल्सिनाले आफ्नो अनुभव र विगतका जिम्मेवारीका कारण पार्टीले अध्यक्षका रूपमा अघि सार्ने बताए । संसद् सचिवालयले राष्ट्रिय सभाको अध्यक्षका लागि ...

एमालेले अघि सारेको राष्ट्रपति भण्डारीको पक्षमा मतदान गर्ने राजपा नेपालको निर्णय

Image
सुभाष साह काठमाडौं, २५ फागुन एमालेले अघि सारेको राष्ट्रपतीका उम्मेदवार बिद्यादेवी भण्डारीको पक्षमा मतदान गर्ने निर्णय राष्ट्रिय जनता पार्टी नेपालले गरेको छ ।  राजपा नेपालको केन्द्रीय कार्यालय बिजुलीबजारमा शुक्रबार बसेको अध्यक्ष मण्डलको बैठकले राष्ट्रपति भण्डारीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । संबिधान संशोधन र सरकारमा सहभागिता बिषयमा एमाले र माओवादी केन्द्रको वामगठबन्धन सरकारसंग भईरहेको छलफल सकारात्मक बन्दै गईरहेको निष्कर्ष सहित अध्यक्ष मण्डलले यस्तो निर्णय गरेको हो ।  राजपा नेपालका महासचिव अजय गुप्ताले बिगत केही दिनदेखी आफुहरुको मागको बिषयमा वामगठबन्धनको सरकारसंग भईरहेको छलफल सकारात्मक रहेकाले एमालेले अघि सारेको उम्मेदवारको पक्षमा नै मतदान गर्ने निर्णय भएको बताए ।  संघीय समाजवादी फोरम नेपाल र राजापा नेपालको प्रदेश २ सरकारलाई वामगठबन्धनले समर्थन गरिसकेको छ । बिगत केही दिनयता भईरहेको दलहरुको छलफल पनि सकारात्मक रहेकाले मधेसवादी दल पनि केन्द्रीय सरकारमा सहभागि हुने वातावरण बन्दै गईरहेको नेताहरुले बताउँदै आईरहेका छन् ।  राजपा नेपालले राष्...

महिलाले भोग्नु परेका भेदभाव हटाउन सरकार गम्भिर– प्रधानमन्त्री ओली

सुभाष साह काठमाडौं, २४ फागुन प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाले सामाजिक वा कानुनी रुपबाट भोग्नु परेका भेदभाव हटाउन सरकार गम्भिर रहेको बताएका छन् ।  १०८ औं अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा बिहिबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सामाजिक पछौटेपन, अन्धविश्वास, कुरिती र त्यसबाट महिलाहरुले भोग्नु परेका समस्या अन्त्यका लागि सरकारले विभिन्न प्रयास जारी राख्ने बताएका हुन् । ‘यस्ता कुराहरुको अन्त्यका लागि सरकारले शिक्षा, सचेतना, कानुनी एवं व्यवहारिक रुपमा प्रभावकारी कदम उठाउने विश्वास दिलाउन चाहन्छु’ प्रधानमन्त्री ओलीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ ।  सरकारका विभिन्न प्रयास हुँदाहुँदै पनि गुणस्तरीय शिक्षा, आधारभुत स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रमा महिलाको पहुँच अझै पनि न्यून भएको प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ । प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा भनेका छन् ‘यस्तो अवस्थाको सुधारका लागि सबै सरोकारवाला निकायहरुले अझै प्रभावकारी भूमिका निर्वाह गर्न आवश्यक छ ।’ नीति निर्माण तहमा महिलाको संख्या बढाउन संवैधानिक रुपमा विशेष...

फेरी पनि राष्ट्रपतिमा भण्डारी हुने निश्चित

Image
सुभाष साह काठमाडौं, २२ फागुन एमाले स्थायी कमिटी बैठकले राष्ट्रपतिमा बिद्यादेवी भण्डारीलाई नै दोहर्याउँने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटरमा मंगलबार मध्यराती सम्पन्न बैठकले बर्तमान राष्ट्रपति भण्डारीलाई नै दोहर्याउँने निर्णय गरेको छ ।  एमाले उपाध्यक्ष बामदेव गौतमले दोस्रो कार्यकालका लागि भण्डारी राष्ट्रपतिमा दोहर्याउँने निर्णय भएको बताए । एमाले, माओवादी सरकारमा राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालसमेत सहभागी हुने आन्तरिक गृहकार्यसंगै सत्तारूढ गठबन्धनको प्रतिनिधिसभामा दुईतिहाइ मत पुगेको छ ।  राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य गरी ८ सय ८० जना मतदाता कायम रहेका छन् । ४ जनाले मतदान गर्न पाउने छैनन् । राष्ट्रपति निर्वाचनका लागी संघ र प्रदेशका सदस्यको मतभार फरक फरक हुने छ । संघीय संसद्मा कायम प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ गरी कुल ३ तीन ३४ सदस्यको मतभार एक सांसद बराबर ७९ र प्रदेश सभाका कुल ५ सय ५० सांसदको एक सांसद बराबर ४८ हुने छ । देशमा भएको वामआन्दोलन एवं लोकतान्त्रिक आन्दोलनकी सशक...

मधेसवादी दलको निष्कर्ष संबिधान संशोधनको सहमतीसंगै वामगठबन्धनको सरकारमा सहभागि हुने

Image
सुभाष साह काठमाडौं, २२ फागुन राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालको मधेसवादी दल वाम गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने भएका छन् ।  फोरम नेपालको तीनकुने स्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको पादाधिकारी बैठकले वामगठबन्धनको सरकारले संबिधान संशोधनमा सहमत भएकाले राजनीतिक सहमती गर्दै सरकारमा सहभागि हुने निष्कर्ष निकालेको छ ।  फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बिगत केही दिनदेखी एमाले र माओवादी केन्द्रका नेतासंग भएको छलफललाई पार्टीले सकारात्मक रुपमा लिएको जानकारी पार्टी पदाधिकारी बैठकमा गराईएको बताए । छलफल सकारात्मक रहेकाले राजनीतिक सहमती गर्दै पार्टी सरकारमा सहभागि हुने बैठकले निष्कर्ष निकालेको उनले बताए ।  ‘बिगतमा एमाले र माओवादी केन्द्रका नेतासंग संबिधान संशोधन र सरकारमा सहभागिता बिषयमा भएको छलफलका बारेमा बैठकमा जानकारी गरायौ’ श्रेष्ठले भने, ‘छलफल सकारात्मक नै रहेकोछ, लिखितरुपमै राजनीतिक सहमती गर्दै सरकारमा सहभागि हुनेछौं ।’ संबिधान संशोधनमा एमाले र माओवादी केन्द्र सहमत भएको निष्कर्ष सहित राजपा नेपाल र फोरम नेप...