मन्त्रीपरिषद निर्णयः प्रदेशमन्त्रीलाइ कुटनीतिक स्थानीय प्रमुखलाई बिशेष राहदानी

सुभाष साह
काठमाडौं, १२ चैत

सरकारले प्रदेश सरकार देखी जिल्ला समन्वय समितिका प्रमुखलाई कुटनीतिक राहदानी र स्थानीय सरकार प्रमुखलाई बिशेष राहदानी प्रदान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको बिशेष पहलमा मन्त्रीपरिषदले यस्तो सेवा प्रदेश एवं स्थानीय सरकार प्रमुखलाई दिने निर्णय भएको हो ।  

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रीपरिषद बैठकले प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुखलाई कुटनीतिक राहदानी (रातो पासपोर्ट) र नगरपालिका तथा गाउँपालिका प्रमुख एवं अध्यक्षलाई बिशेष राहदानी प्रयोग गर्न पाउँने निर्णय गरेको छ । 

सञ्चार तथा सूचना प्रबिधि राज्यमन्त्री गोकुल बास्कोटाले मन्त्रीपरिषदको निर्णय अनुसार प्रदेश सरकार, सांसद, जिल्ला समन्वय समितिका प्रमुखले कुटनीतिक राहदानी (रातो पासपोर्ट) तथा स्थानीय सरकारका प्रमुखले बिशेष राहदानी प्रयोग गर्न पाउँने निर्णय भएको बताए । 

‘मन्त्रीपरिषद बैठकले प्रदेश सरकार, प्रदेश सांसदका साथै जिल्ला समन्वय समितिका प्रमुखले कुटनीतिक राहदानी तथा स्थानीय सरकारका प्रमुखले बिशेष राहदानी प्रयोग गर्ने निर्णय गरेको छ’ बास्कोटाले भने, ‘राहदानी प्रयोग गर्न पाउँनेहरुको सूची संशोधन गर्दै मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।’

मन्त्रीपरिषद बैठकले १५ चैतमा बस्ने संघीय संसदमा राष्ट्रपति बिद्यादेबी भण्डारीले सम्बोधन गर्ने निर्णय गरेको छ । राष्ट्रपति भण्डारीले संघीय ससंदमा ४ बजे सम्बोधन गर्ने निर्णय भएको हो । निर्वाचन सम्पन्न भएपछि राष्ट्रपतिले संघीय संसदलाई पहिलो पटक सम्बोधन गर्न लागेकी हुन् ।

नेपाली सेनाका १३ जना महासेनानीको सेवा अवधि दुई बर्ष थप गर्ने निर्णय समेत बैठकले गरेको छ । रक्षामन्त्री ईश्वर पोखरेलको प्रस्ताव अनुसार मन्त्रीपरिषद बैठकले उनीहरुको सेवा अवधि थप गर्ने निर्णय गरेको राज्यमन्त्री बास्कोटाले बताए । 

घरजग्गामा दोहोरो कर हट्यो 

यसैगरी बैठकले घरबहालमा दोहोरो कर नलगाउँने, रानीजमरा सिंचाई आयोजनाको जग्गाको क्षतिपुर्ति व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
मन्त्रीपरिषद बैठकले हालै सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा, स्थानीय तहको निर्वाचनमा बम बिष्फोट तथा महिला हिंसाका घटनामा परी घाईते भएकाहरुको उपचार खर्च सरकारले दिने निर्णय गरेको छ । 
प्रधानमन्त्रीमा ओली निर्वाचित भएपछि सर्वाधिक चर्चा हुने गरेको छिमेकी मित्रराष्ट्र भारत भ्रमणका बारेमा मन्त्रीपरिषदमा छलफल भएन् । नेपाल र भारतका परराष्ट्र एवं दुताबासले भ्रमणको तयारी गरिरहेको भए पनि भ्रमण बारे बैठकमा छलफल नभएको बताईएको छ । राज्यमन्त्री बास्कोटाले प्रधानमन्त्री ओलीको भारत भ्रमणको एजेण्डा बैठकमा प्रबेश नपाएको स्पष्ट गरे । 

प्रेस सल्लाहकारमा डा. अर्याल 

मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकारमा डा. कुन्दन अर्याल नियुक्त भएकाछन्  । 

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त भएका डा. अर्याल त्रिभुवन बिश्वविद्यालयको पत्रकारिता बिभागमा प्राध्यापनरत छन्् । ‘सन १९९० पछि दलीय पक्षधरताबाट व्यापरिकतामा नेपाली छापा पत्रकारिताको संक्रमण’ बिषयमा बिद्यावारिधी गरेका अर्यालले मानवअधिकारको क्षेत्रमा समेत काम गरेका छन् । 

अंग्रेजी बिषयमा दर्शनाचार्य समेत गरेका डा. अर्याल दुई दशक भन्दा बढी समयसम्म क्रियाशिल पत्रकारिता गरेका छन् । उनी बिभिन्न सञ्चारमाध्यका सम्पादक, नेपाल टेलिभिजनको अध्यक्ष, आमसञ्चार नीति तर्जुमा समिति तथा सार्वजनिक सेवा प्रसारण कार्यदलका सदस्यको रुपमा समेत काम गरेका छन् । 

जनसम्पर्क सल्लाहकारमा मैनाली

प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा अच्युत मैनाली नियुक्त भएका छन् । राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक मैनाली २०३६ सालको बिद्यार्थी आन्दोलनबाट कम्युनिष्ट राजनीतिमा क्रियाशिल बनेका हुन । 
एमाले बाराको सचिव, नेपाल ल क्याम्पसको सभापति हुदै एमाले केन्द्रीय सल्लाहकार समितिका सदस्य लगायत बिभिन्न जिम्मेवारी सम्हालेको अनुभव उनीसंग छ । 

Comments

Popular posts from this blog

राजपा सहित गठबन्धनद्धारा निर्वाचन बिथोल्न आन्दोलनको घोषणा

नेकपा एकता कार्यदल , तोकिएकै समयमा आएन प्रतिबेदन

फोरम नेपालको निष्कर्षः काँग्रेस, माओबादी ‘सम्झौताबादी’, एमाले ‘मण्डले, खोक्रो राष्ट्रबाद’