नेकपा बैठक अनिश्चित, एकता प्रतिबेदन ‘भद्रगोल’ र ‘बिवादित’ एवं शिर्ष नेता बिदेश भ्रमणमा

सुभाष साह
काठमाडौं, १७ भदौ 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तल्लो कमिटी एकतामा देखिएको बिवादका कारण पार्टीको बैठक अनिश्चित बनेको छ । 

प्रदेश, जिल्ला, जनसंगठनहरुको एकताका लागि गठन भएको कार्यदलले दिएको प्रतिबेदन ‘भद्रगोल’ र ‘बिवादित’ देखिएकाले सो समस्या समाधानका लागि आन्तरिक गृहकार्यको अभाव भएपछि बैठक स्थिगित भएको छ । 

नेकपा स्थायी कमिटीका सदस्य अष्टलक्ष्मी शाक्यले स्थायी कमिटीको बैठक स्थगित भएको बताईन् । स्थगित बैठक कहिले हुने भन्ने जानकारी नपाएको उनले बताईन् । १९ र २० भदौका लागि बैठक निर्धारित गरिएको थियो । यस अघि ८ र ९ भदौमा स्थायी कमिटीको बैठक बस्ने तय गरिए पनि बैठक बस्नु अघि मिति सारिएको थियो । 

पार्टी सचिवालय बैठकले तयारी नपुगेको भन्दै बैठक पछि सार्दै आएको छ । त्यसभन्दा अघि बसेको स्थायी कमिटीको बैठकमा प्रस्तुत सबै एजेण्डामा छलफल नहुदै स्थगित भएको थियो । पार्टी एकता, सरकारका काम कारवाही लगायतका बिषयमा छलफल हुने एजेण्डा रहेको छ । 

‘१९ र २० भदौका लागि बैठक बोलाईएको थियो तर बैठक स्थगित भएको खबर आयो’ स्थायी कमिटीकी सदस्य शाक्यले भनिन्, ‘अर्को बैठक कहिले हुन्छ त्यो सूचना दिईएको छैन् तर सम्भवत बैठक चाडै बोलाईन्छ ।’

३ जेठमा तत्कालिन एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकता घोषणा भयो । पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका शिर्ष नेताहरुले तीन महिना भित्रमा पार्टी एकताको सम्पुर्ण काम सकिने उदघोष गरेका थिए । 

तल्लो कमिटीका साथै जनवर्गीय संगठनको एकताका लागि गठन भएका कार्यदलहरुले दिएको प्रतिबेदन भद्रगोल एवं बिवादित देखिएपछि त्यसलाई समाधान गर्न समय चाहिन्छ । पछिल्लो समयमा बिम्स्टेक सम्मेलन लगायतका बिभिन्न कारण बैठक धकेल्दिै गएको नेताहरु बताउँछन् । 

प्रदेश २ र प्रदेश १ बाहेकका प्रदेश कार्यदलको प्रतिबेदन पार्टी सचिवालयमा आईसकेको छ । उता जनवर्गीय संगठनहरुको कतिपय प्रतिबेदन अझै आएको छैन् । जुन प्रतिबेदन आएको छ त्यो भद्रगोल र बिवादित रहेकाले त्यसलाई समाधान गर्न शिर्ष नेता आन्तरिक गृहकार्यमा जुटेका छन् । 

काठमाडौमा असन्तुष्ट पक्षले समानान्तर कमिटी सिफारिस गरेको छ भने गण्डकी प्रदेशले कार्यदलको सहमतिमै दुई वेग्लावेग्लै कमिटी सिफारिस गरेको छ ।  

काठमाडौं जिल्लामा रामशरण ढुंगाना अध्यक्ष हुने गरी कार्यदलमा सिफरिस भयो । तर सो कमिटीमा एकलौटी रुपमा संस्थापन पक्षले सिफरिस गरेको भन्दै असन्तुष्ट पक्षले सागर नेपालको अध्यक्षतामा समानान्तर कमिटी सिफारिस गरेको छ । दुबै समुहले एक सय २५ सदस्सीय जिल्ला कमिटीको सिफारिस पार्टीमा गरेका छन् । 

काठमाडौं, बाके, अर्घाखाची, दाङ्ग, ललितपुर, भक्तपुर, रुपन्देही, मुगु, पाल्पा, रोल्पासहितका दर्जनौं जिल्लामा बिबाद देखिएको छ । असन्तुष्ट पक्षका नेताहरुले पार्टी शिर्ष नेतालाई भेटेर समस्या समाधानका लागि अनुरोध गर्दैछन् । शिर्ष नेताले सबैलाई न्याय दिने भन्दै आश्वासन दिएपनि बिवाद भने वढ्दो छ ।  

यसका साथै शिर्ष नेताहरुको बिदेश भ्रमणले पनि बैठक बस्नमा समस्या देखिएको छ । शिर्ष नेताहरु नै बिदेश भ्रमणमा व्यस्त भएपछि पार्टी एकता लगायतका काम समेत प्रभावित भएको एक नेताले बताए । 

नेकपाको ९ सदस्यीय सचिवालय छ । सचिवालयमा रहेका वरिष्ठ नेता नेपाल अमेरिकामा छ भने ईश्वर पोखरेल लेवनानमा छन् । पार्टी अध्यक्ष दाहाल २२ भदौमा भारत जादैछन् । नेता नारायणकाजी श्रेष्ठ सहितका नेताहरुको टोली चिनिया कम्युनिष्ट पार्टीको नियमन्त्रणामा चीन जादैछन् । श्रेष्ठ चीनमै रहेका बेला भारत भ्रमण सकेर अध्यक्ष दाहाल १ असोजमा चीन पग्ने कार्यक्रम रहेको छ । 

वरिष्ठ नेता नेपाल २० भदौ र पोखरेल लेवनान–पोल्यान्ड देशको भ्रमण सकेर २३ भदौमा स्वदेश फर्किने कार्यक्रम रहेको छ । नेकपा स्थायी कमिटीका सदस्य बिश्वनाथ साहले बिभिन्न कारणले बैठक स्थगित भएपनि छिटै नै बैठक बस्ने बताए । पार्टी एकता लगायतका बिषयमा गहन रुपमा छलफल बैठकमा हुने उनले बताए । 

Comments

Popular posts from this blog

राजपा सहित गठबन्धनद्धारा निर्वाचन बिथोल्न आन्दोलनको घोषणा

नेकपा एकता कार्यदल , तोकिएकै समयमा आएन प्रतिबेदन

फोरम नेपालको निष्कर्षः काँग्रेस, माओबादी ‘सम्झौताबादी’, एमाले ‘मण्डले, खोक्रो राष्ट्रबाद’