भ्रष्टाचार, अनियमितता र बहानाबाजीमा काम पन्छाउने कार्य सरकारलाई स्वीकार्य नहुने प्रधानमन्त्री ओलीको चेतावनी
सुभाष साह
काठमाडौं, ४ चैत
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार, अनियमितता र बहानाबाजीमा काम पन्छाउने कार्य सरकारलाई स्वीकार्य नहुने चेतावनी दिएका छन् । सरकारको योजना एवं जनताको काम पन्छाउने प्रवृत्ति सरकारलाई स्वीकार्य नहुने भएकाले आफ्नो जिम्मेवारी ईमन्दारिताका साथ समयमै पुरा गर्न निर्देशन उनले दिएका छन् ।
सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आईतबार मन्त्रीहरु, मुख्यसचिव, सचिवहरु एवं सुरक्षा निकायका प्रमुखहरु लगायतकालाई प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् ।
परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले विशेष निर्देशन दिँदै प्रधानमन्त्री ओलीले ईमन्दारिताका साथ काम गर्न निर्देशन दिदै भ्रष्टाचार, अनियमितता एवं वहानाबाजी गर्नेलाई कुनै किसिमको सरकारले छुट नदिने निर्देशन दिएको बताए ।
ऐतिहासिक दायित्व एवं जिम्मेवारी पूरा गर्न गठन भएको सरकार सोही अनुरुप कार्यसम्पादन गर्न प्रधानमन्त्री ओलीले विशेष निर्देशन दिएको उनले बताए । वाहानावाजी गर्ने वा जिम्मेवारी पुरा नगर्नेलाई सरकारले कारवाही गर्ने निर्देशन बैठकमा प्रधानमन्त्री ओलीले दिएका छन् ।
‘भ्रष्टाचार, अनियमितता र बहानाबाजीमा काम पन्छाउने कार्य सरकारलाई स्वीकार्य नहुने प्रधानमन्त्री ज्युले निर्देशन दिदै आफ्नो जिम्मेवारी ईमनदारिताका साथ पुरा गर्न निर्देशन दिनुभएको छ’ ज्ञवालीले भने, ‘सुशासन कायम गर्दै भ्रष्टाचार एवं आपराध रोक्नमा सबैले आफ्नो काम जिम्मेवार तरिकाले गर्नुपर्ने हुन्छ ।’
सरकार सन २०३० सम्ममा दिगो विकासको लक्ष्य लिएकाले सोही अनुसार कार्यसम्पादनमा जुटन प्रधानमन्त्रीले दिर्नेशन दिएका छन् । आर्थिक समृद्धि एवं जनताको आकांक्षा पुरा गर्न आफ्नो काम सहित तरिकाले गर्नुपर्ने प्रधानमन्त्रीले बैठकमा निर्देशन दिए ।
सरकार असमान्य जिम्मेवारी बोकेर गठन भएकाले ति जिम्मेवारी पुरा गर्नुपर्ने बताउँदै उनले संविधानको कार्यान्वयनका साथै जनताको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सुरक्षा निकायलाई प्रधानमन्त्रीले निर्देशन दिए । आपराधलाई जरैदेखी उखेल्नुपर्ने बताउदै उनले शान्ति व्यवस्था कायम गर्न निर्देशन दिए ।
संबिधान एवं सरकारका योजना कार्यान्वयन गर्दै नतिजा देखिने गरी कार्यसम्पादन हुनुपर्ने प्रधामन्त्री ओलीको भनाई रहेको छ । जनताले ठुलो आशा तथा भरोसा सरकारमाथि गरेकाले जनताको काममा ढिलाई गर्नेलाई सरकारले नछोडने उनले बताए ।
वर्तमान सरकार सबैको सुझाव लिने तर कसैको दबाबमा नपर्ने बताउँदै प्रधानमन्त्री ओलीले सरकार सबैको सुझाव लिन्छ तर कसैको दबाबमा परेर निर्णय नलिने बताए । ‘हामी नेपाललाई मगन्ते रहित बनाउन चाहन्छौं’ प्रधानमन्त्री ओलीले भने, ‘सडकमा मागेर दिन कटाउनेहरुले अब रोजगारी गरेर आफ्ना परिवार पाल्ने अवसर पाउने छन् ।’
प्रधानमन्त्री ओलीले वर्तमान सरकार नेपालको पहिचान बदल्ने लक्ष्यमा रहेकोले यसका लागि नीति निर्माण तहमा बस्नेहरुको सोचाइ पनि परिवर्तन हुनु पर्ने बताए । अब पनि परम्परागत मानसिकता नै राखेर काम भए मुलुकमा परिवर्तन नहुने तर्क गर्दै परिणाम देखिने गरी काम हुनुपर्ने उनले बताए ।
सरकारको मुल लक्ष्य समृद्ध नेपाल, सुखी नेपाली भएकोले त्यसै आधारमा सम्पूर्ण संरचनाहरु परिचालन गर्न प्रधानमन्त्री ओलीले मन्त्री तथा सचिवहरुलाई निर्देशन दिए । सरकारको यो लक्ष्य हासिल गर्न सबैले योजनावद्ध ढंगले काम गर्नुपर्ने हुन्छ ।
उर्जा, पर्यटन, सेवा, व्यापार, उद्योग आदि क्षेत्रमा उर्वर भए पनि नेपाल सधैं अभाव र गरिबीमा रहीरहने कुरा अब मान्य नुहने प्रधानमन्त्री ओलीले बताए । हरेक क्षेत्रमा उपलब्धी हासिल गर्नका लागि मन्त्रालय मन्त्रालयका बीच समन्वयात्मक ढंगले काम गर्दै कसैको दबाव वा प्रभावमा कोही पनि पर्नुनहुने उनले बताए ।
सरकारले व्यबहार मै भ्रष्टाचारलाई शुन्य सहनशिलताको नीति अपनाउने उनले बताए । ‘हिजोका सरकारले पनि शुन्य सहनशिलता भन्थे तर कार्यन्वयनमा देखिएन’ प्रधानमन्त्री ओलीले भने, ‘अबको सरकारले भ्रष्टाचार निर्मूल गर्छ, यसप्रति असहिष्णु हुन्छ ।’
Comments
Post a Comment