युएस बंगालको बिमान दुर्घटना, राजनीतिक दलद्धारा दुःख व्यक्त, छानविन आयोग गठन हुने–प्रधानमन्त्री

सुभाष साह
काठमाडौं, २८ फागुन

प्रधानमन्त्री केपी शर्मा ओलीलले युएस बंगालको बिमान दुर्घटनाको सम्बन्धनमा सरकारले तत्काल छानविन आयोग गठन गरेर छानविन गर्ने बताएका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सोमबार भएको बिमान दुर्घटनाको अवलोकन गर्न पुगेका प्रधानमन्त्री ओलीले सरकारले उद्धार सहित स्वास्थ्य उपचार लगायतका कामहरु समेत सरकारले गर्ने बताउँदै उनले तत्काल छाविन आयोग गठन हुने बताए । 

घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री ओलीले मृतक परिवारप्रति समवेदना व्यक्त गरेका छन् । बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदलाई टेलिफोन सम्पर्कमा उनले बिमान दुर्घटनाप्रति दुख व्यक्त गर्दै उद्धार एवं उपचार लगायतका कार्य नेपाल सरकारले गरिरहेको बताए । 

बंगलादेशको राजधानी ढाकाबाट ६७ जनायात्रु लिएर काठमाडौं आएको यूएस बंगालको बम्बार्डियर जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ । घटना लगतै प्रधानमन्त्री ओलीका साथै रक्षा मन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा लगायत उच्चपदस्त व्यक्तिहरु बिमानस्थल पुगेका थिए । 
यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनले युएस बंगलादेश विमान दुर्घटनामा परी निधन भएकामा दुःख व्यक्त गर्दै शोकसन्तृप्त परिवाजनप्रति समवेदना प्रकट गरेका छन् । दुर्घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्दै राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दवाडीले बिज्ञप्तीमा उल्लेख गरेका छन् । 
उपराष्ट्रपति पुनले विमान दुर्घटना हुँदा भएको ठूलो मानवीय क्षतिप्रति दुःख प्रकट गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । घाइतेको उचित उपचारको व्यवस्था गर्न सरकारसँग उनले अनुरोध गरेका छन् । 
दुर्घटनाका कारणबारे गम्भीर छानविन गर्न तथा आगामी दिनमा दुर्घटना र दुर्घटनाबाट हुने क्षति न्यूनीकरणमा ध्यान दिन उपराष्ट्रपति पुनले सरकारको ध्यानाकर्षण गराएको उनका प्रेस संयोजक मनोज घर्तीले जनाएका छन् । 
एमाले सचिव एवं प्रचार बिभाग प्रमुख योगेश भट्टराईले बिमान दुर्घटना प्रति दुःख व्यक्त गर्दै पीडित परिवार प्रति सम्बेदना व्यक्त गरेका छन् । दुर्घटनाको निष्पक्ष छानविन, घाईतेको निशुल्क उपचार एवं पीडितपरिवारलाई क्षतिपुर्तिको व्यवस्था सरकारले गर्नुपर्ने माग उनले गरे । 
‘बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आउँदै गरेको युएस बंगालको विमान दुर्घटनाको खबरले अत्यन्तै दुःख लागेको छ’ भट्टराईले भने, ‘दुर्घटनामा निधन भएका यात्रुहरुप्रति हार्दिक  श्रद्धाञ्जली र परिवारजनप्रति गहिरो समवेदना ब्यक्त गर्दछु, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’
यसैगरी नेपाली काँग्रेसले बिमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले व्यवस्थित उद्धार र घाइतेको सम्पूर्ण उपचार तथा दुर्घटनाको छानविन गर्न सरकारसँग माग गरेका छन् । 
माओवादी नेता प्रभु साहले बिमान दुर्घटनाले अत्यन्त दुखित बनाएको बताए । विमान दुर्घटनाको खबरले अत्यन्तै दुःख लागेको बताउँदै उनले दुर्घटनामा निधन भएका यात्रुहरुप्रति हार्दिक  श्रद्धाञ्जली र परिवारजनप्रति गहिरो समवेदना, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना सहित छानविन हुनुपर्ने माग सरकारसंग गरे । 
राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादवले बिमान दुर्घटना प्रति दुख व्यक्त गर्दै शोकसन्तृप्त परिवाजनप्रति समवेदना प्रकट गरेका छन । 
ठाकुर र यादवले घटनाको निष्पक्ष छानबिन, निशुल्क उपचार एवं पीडित परिवारलाई क्षतिपुर्तिको व्यवस्था गर्न नेपाल सरकार सहित सम्बन्धीत पक्षसंग माग गरेका छन् । 

Comments

Popular posts from this blog

नेकपा बैठक अनिश्चित, एकता प्रतिबेदन ‘भद्रगोल’ र ‘बिवादित’ एवं शिर्ष नेता बिदेश भ्रमणमा

मधेस बिरोधी भनि व्याख्या गरिएको एमालेमै मधेसवादी दलका नेता प्रबेश गर्नेको होडबाजी

राजनीतिक पार्टीद्धारा कानून उल्लंघन, राष्ट्रिय दलले तिर्नुपर्ने जरिमाना डेढ करोड !