प्रधानमन्त्री ओलीको पहिलो बिदेश भ्रमण भारत

सुभाष साह
काठमाडौं, १६ 

प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मित्रराष्ट्र भारतको तीनदिने राजकीय भ्रमणको मिति सार्वजनिक गरिएको छ । दोस्रो पटक प्रधानमन्त्री भएका ओलीको पहिलो बिदेश भ्रमण भारत हुने भएको छ ।  

प्रधानमन्त्री ओलीले चैत २३, २४ र २५ सम्म तीन दिने राजकिय भ्रमण गर्ने मितिको तय भएको छ । परराष्ट्र मन्त्रालयले उनको भारत भ्रमणको मिति शुक्रबार घोषणा गर्दै दुई देश बीचको सम्बन्धन प्रागाढ हुने बिश्वास गरेको छ । 

दोस्रोपटक प्रधानमन्त्री भएका ओलीलाई भारत भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीनपटक फोनबाट र एक पटक औपचारिक पत्र पठाइसकेका छन् । पहिलो पटक प्रधानमन्त्री भएका ओलीले २०७२ फागुन ७ देखी ११ सम्म भारत भ्रमण गरेका थिए । 

यसअघि प्रधानमन्त्री ओलीको भारत भ्रमणको मिति भारतबाट नै सार्वजनिक भएको थियो । आन्तरिक तयारी नपुग्दै भारतले भारत पुगेका केही नेपाली पत्रकारहरूमाझ भ्रमणको मिति सार्वजनिक गरेको थियो । तर नेपालले भने भ्रमणको मिति तय भइनसकेको बताउँदै आएको थियो । भारतले २४ चैत देखी भ्रमणको तयारी गरेपनि नेपालको आग्रहमा २३ चैत देखी भ्रमण हुने तय भएको छ । 

दुई देशका परराष्ट्र मन्त्रालयको आन्तरिक तयारी सहित भ्रमणको मिति २३ गतेलाई निर्धारण गरिएको हो । नेपालको परराष्ट्र मन्त्रालय सहित भारतीय परराष्ट्र मन्त्रालय समेतले शुक्रबार नै प्रधानमन्त्री ओलीको भ्रमणको मिति सहितको कार्यतालिका एकैचोटी सार्वजनिक गरेको छ । 

प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीसहित राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति बंकैया नायडुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतीय राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री सहित मन्त्री एवं बिपक्षी दलका नेता समेतसंग ओलीले भेटघाट गर्ने बताईएको छ । 

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीको भारत भ्रमण टोलीमा पत्नी राधिका शाक्य, नेपाल सरकारका केही मन्त्री, उच्चपदस्थ कर्मचारी एवं सचिवालयका केही सदस्यहरुको सहभागिता हुनेछ । भ्रमण टोलीमा को को हुने भन्ने अन्तिम टुंगो लाग्न बाकी रहको र सोको बारेमा छलफल चलिरहेको बताईएको छ । 

भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओली उत्तराखण्डसमेत पुग्ने कार्यक्रम तय भएको छ । गोविन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयमा आयोजना हुने एक कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने छन् । 

भ्रमणका क्रममा हुने सम्झौता एवं सहमतीका बिषयमा केही सार्वजनि गरिएको छैन् । राजकीय भ्रमणका क्रममा पेट्रोलियम पाईपलाईन, हुलाकी राजमार्ग, रेलमार्ग, उर्जा लगायतका बिषयमा छलफल एवं सहमती हुने तयारी दुई मुलुकले गरिरहेका छन् । 

Comments

Popular posts from this blog

नेकपा बैठक अनिश्चित, एकता प्रतिबेदन ‘भद्रगोल’ र ‘बिवादित’ एवं शिर्ष नेता बिदेश भ्रमणमा

मधेस बिरोधी भनि व्याख्या गरिएको एमालेमै मधेसवादी दलका नेता प्रबेश गर्नेको होडबाजी

राजनीतिक पार्टीद्धारा कानून उल्लंघन, राष्ट्रिय दलले तिर्नुपर्ने जरिमाना डेढ करोड !