एमालेमा बढयो ‘दण्डहिनता’ – अनुशासन आयोग

सुभाष साह
काठमाडौं, २९ फागुन


एमालेको केन्द्र देखी तल्लो तह सम्मको नेतृत्व स्वच्छाचारी बनेका कारण पार्टी भित्र दण्डहिनता मौलाएको अनुशासन आयोगको ठहर छ । 

पार्टीको केन्द्रीय किमटी देखी लिएर तल्लो कमिटीमा नेतृत्वमा रहेका नेताहरुका स्वच्छारी कार्यले दण्डहिनता मौलाएको ठहरसहित एमालेको केन्द्रीय अनुशासन आयोगले पार्टीको गम्भिर ध्यानाकर्षण गराएको छ । एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार बसेको आयोगको बैठकले यस्तो ठहर गरेको छ । 

एमाले अनुशासन आयोगका सदस्य अगम वान्तवाले पार्टीको केन्द्र देखी लिएर तल्लो तहसम्मको कमिटीका नेतृत्वमा देखिएको स्वच्छाचारिता अन्त्य गर्दै अनुशास कायम गर्नुपर्ने सुझाव आयोगले दिएको बताए । 

‘पार्टीको केन्द्र देखी लिएर तल्लो तहसम्मको कमिटीमा रहेका नेतृत्व वर्गमा व्यक्तिबादी सोच, स्वच्छाचारीता एवं अनुशासनहिता देखिएको छ’ वान्तवाले भने, ‘यि कारणले पार्टीको बैठकहरु समेत बिधान अनुसार बस्न सकेको छैन, नियमित बैठक सञ्चालन गर्दै अगाडी बढनुपर्ने आवश्यक्ता अहिले रहेको छ ।’

पार्टी भित्र बढदै गईरहेको दण्डहिनता अन्त्य गर्दै आन्तरिक अनुशासन कायम गर्न आयोगले एमाले नेतृत्वको ध्यानाकर्षण गराउँदै पार्टीलाई बैधानिक रुपमा सञ्चालन एवं देखिएका बिकृतीको अन्त्य हुनुपर्नेमा जोड दिएको छ । 

पार्टीका बिबिध गतिबिधिको बिषयमा छलफल गर्दै यस्तो निष्कर्ष निकालेको आयोगका अध्यक्ष अमृतकुमार बोहराले बताए । पार्टीमा बढेको दण्डहिनतासंगै पार्टीमा अनुशासनहिनता समेत बढदै गईरहेको आयोगले जनाएको छ । 

आयोग अध्यक्ष बोहराका अनुसार बैठकले आयोगको आन्तरिक संगठनात्मक व्यवस्थापनको साथै पार्टी र राष्ट्रको केही समसामायिक सवालमा छलफल गरी यस्तो निष्कर्षमा पुगेको छ । आउँने दिनमा पार्टीमा बढेको दण्डहिनता अन्त्य हुने बिश्वास आयोगले गरेको छ । 
‘लामो समयदेखि पार्टीको केन्द्रदेखि आधारभूत तहसम्मका कमिटीका बैठकहरु राम्ररी नभएको, पार्टी कमिटीहरु प्राय निस्क्रिय रहेको, पार्टीको विधि, पद्धति र प्रणालीहरु क्रमशः कमजोर बन्दै गएको, पार्टीमा स्वच्छन्दता, व्यक्तिवाद, आचरणहीनता र अनुशासनहीनता बढेको, गलत कार्यउपर छानविन नगरी दण्डहिनता मौलाइरहेको वर्तमान स्थितिप्रति आयोगले पार्टीको ध्यानाकर्षण गरेको छ’ बैठक पछि आयोगले जारी गरेको बिज्ञप्तीमा भनिएको छ । 
यसैगरी बैठकले तीनै तहको निर्वाचनका क्रममा भएका अनुशासनहीन क्रियाकलापहरु, घात–अन्तरघातजस्ता अवाञ्छित कार्यहरुको यथासमयमा छानविन भई कारवाही हुनुपर्नेमा अनेकौं बहानामा आजसम्म पन्छाउँदै आउने काम भएकाले तत्काल समीक्षा प्रतिवेदन मागी कारवाही प्रक्रिया अघि बढाउन पार्टी नेतृत्वको ध्यानाकर्षण गराएको छ । 
केही समयदेखि देशका विभिन्न भागमा तीव्ररुपमा ‘बलात्कार’, ‘हत्या’ र ‘बोक्सी’ आरोपजस्ता जघन्य सामाजिक अपराधका घटनाहरु एकपछि अर्को गरी श्रृखलाबद्धै बढिरहेकोमा त्यसलाई नियन्त्रण गर्न सम्बन्धित सरकारी निकाय असफल भएको निष्कर्ष आयोगको बैठकको रहेको छ । 
यस्ता जघन्य आपराधलाई नियन्त्रण एवं आपराधिलाई कारवाहीका लागि सरकार निकायले तदारुकतासाथ धयान दिएकोमा बैठकले दुःख व्यक्त गर्दै गम्भीर चिन्ता प्रकट गरेको छ । 
आयोगले वर्गीय र सामुदायिक सरोकारको विषयमा आवाज बुलन्द गर्नुपर्ने पार्टीका स्थानीय कमिटीहरु, अनेमसंघ, युवा संघ लगायत पार्टीका जनसंगठनहरु तथा जनप्रतिनिधिमूलक निकाय स्थानीय सरकार किन उदासिन निस्क्रिय र मूकदर्शक बनिरहेका भन्ने गम्भिर प्रश्न उठाएको छ । 
कतै पार्टीपंक्तिहरु राजनीतिक र वैचारिक दृष्टिकोणबाट बिमुख बन्दै गरेको संकेत त होइन भन्दै बैठकले पार्टी नेतृत्वप्रति यस्ता विषयहरुमा सचेत हुन गम्भीर ध्यानाकर्षण गराएको छ । 
एमाले र माओवादी केन्द्र समेतको संयुक्त वामपन्थी सरकार अहिले बनेकोमा आयोगले खुशी व्यक्त गर्दै नेपाली जनताको समृद्धिको चाहना पुराहुने बिश्वास व्यक्त गरेको छ ।   सुशासन, राजनीतिक स्थिरता र समृद्ध हुँदै न्यायपूर्ण समाजवादी दिशामा मुलुकलाई अघि बढाउने अत्यन्त महत्वपूर्ण उपलब्धि भएको आयोगको ठहर छ । 
परीक्षाको यो घडीमा बिना बिलम्बन चाँडो, चुस्त, सक्षम, सन्तुलित र निस्कलंकित मन्त्रिपरिषद् बनाएर जनता र राष्ट्रको आकांक्षा पूरा गर्ने काममा दृढतापूर्वक अघि बढ्न शुभकामना सहित आयोगले पार्टीलाई आग्रह गरेको छ । 
आयोगमा प्रदेश २ बाट प्रतिनिधित्व गर्ने क. धर्मनाथ यादव पार्टी केन्द्रीय कमिटीमा मनोनित भएपछि रिक्त सो पदमा सर्लाही निवासी पार्टीमा लामो समयदेखि विभिन्न जिम्मेवारीमा सक्रिय रहदै आएका राजनारायण साहलाई बैठकले मनोनयन गरेको छ । 
आयोगको कार्यालय सचिवमा आयोगकै सदस्य क. शिवबहादुर देउजालाई मनोनयन गर्दै एमाले र माओवादी केन्द्रका बीचमा हुने पार्टी एकिकरण सम्बन्धनमा पार्टी एकीकरण विधान मस्यौदा समितिलाई अन्तरिम विधानको सम्बन्धमा आवश्यक सुझाव दिने निर्णय गरेको छ । 
बैठकले संसदको राष्ट्रियसभा र प्रदेश सभामा निर्वाचित आयोगका सदस्यहरु अगम वान्तवा, अर्जुन राई र मित्रकुमारी गुरुङ सुवेदीलाई बधाई एवं शुभकामना व्यक्त गरेको छ । 

Comments

Popular posts from this blog

राजपा सहित गठबन्धनद्धारा निर्वाचन बिथोल्न आन्दोलनको घोषणा

नेकपा एकता कार्यदल , तोकिएकै समयमा आएन प्रतिबेदन

फोरम नेपालको निष्कर्षः काँग्रेस, माओबादी ‘सम्झौताबादी’, एमाले ‘मण्डले, खोक्रो राष्ट्रबाद’