यूरोपीयन यूनियनलाई प्रतिबेदन सच्याउँन प्रधानमन्त्री ओलीको आग्रह
सुभाष साह
काठमाडौं, चैत ११
प्रधानमन्त्री केपी शर्मा ओलीले यूरोपीयन यूनियनका नाममा नेपालको सामाजिक प्रवन्ध, संवैधानिक व्यवस्था र उपलब्धीहरुलाई कम नआक्न चेतावनी दिदै आफ्नो प्रतिबेदन सच्याउँनुपर्ने बताए ।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले प्रतिनिधिसभा तथा प्रदेसभा सदस्यको निर्वाचन पर्यवेक्षणको मूल प्रतिवेदन आईतबार सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले युरोपीयन युनियनलाई प्रतिबेदन सच्याउँन बताए ।
‘इयूका नाममा आएको प्रतिवेदन सच्याउन सरकारले आग्रह गरेको तर उसले झन जिद्धी गरे जस्तो छ’ प्रधानमन्त्री ओलीले भने, ‘म फेरी आग्रह गर्न चाहन्छु, यो प्रतिवेदनमा पुनर्बिचार गर्नुहोस ।’
प्रतिवेदनले नेपाललाई हेप्ने काम गरेको भन्दै प्रधानमन्त्री ओलीले प्रर्यवेक्षणका नाममा आएका केही ‘धर्म प्रचारक’ पर्यवेक्षकलाई नेपालले फिर्ता पाठएको प्रतिशोध पर्यवेक्षण प्रतिवेदनमा साँध्नु उपयुक्त नहुने बताए ।
नेपालको लोकतन्त्रप्रतिको निष्ठामा कसैले आशंका गर्नुनपर्ने प्रधानमन्त्री ओलीले बताए । ‘लोकतन्त्रप्रतिको हाम्रो निष्ठा अरुभन्दा कम छैन’ उनले भने, ‘हामीलाई लोकतन्त्र र समावेशीताको पाठ सिकाउनेहरुले नेपालमा भन्दा १÷२ प्रतिशत कम भए पनि नीति निर्माण तहमा महिलाको संख्या देखाउन सक्क्छन् ?’
गरिब छन् भनेर नेपालीलाई हेप्न र जे गरे पनि हुन्छ मानसिकता त्याग्न अन्तराष्ट्रिय समुदायलाई उनले आग्रह समेत गरे । नेपालमा मतदाता सचेत रहेका बताउँदै उनले ८० प्रतिशत मतदाताले लोकतन्त्रप्रतिको निष्ठा देखांउदै मतदान गरेको बताए । केही मत बदर भए पनि मतदानमा सहभागी हुनु भनेको आम जनताले लोकतन्त्रप्रति गरेको सम्मान रहेको बताए ।
निर्वाचन आयोगलाई शसक्तिकरण गर्न आवश्यक भएको बताउँदै उनले आयोगको विश्वशनीयता बढाउन निष्पक्ष भूमिकामा हुनुपर्ने बताए । कसैको दबाबमा परेर आयोगले निर्वाचनको दौरानमा केही नाजायज काम गरेको बताउँदै प्रधानमन्त्री ओलीले त्यस्ता काम भविष्यमा नदोहोरियाउँन सुझाव दिएका छन् ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन हुने÷नहुने दुविधाका बीचमा ११ महिनाका अवधिमा विभिन्न समस्याको समाधान गर्दै आठ निर्वाचन सम्पन्न गर्न सफल भएको बताए ।
नियोकका अध्यक्ष हिमालयशम्शेर जबराले निर्वाचनमा मतदान शिक्षा कमजोर भएको र गोप्य मतदान भनिए तापनि पैसा लिएर मत माग्ने काम भएको बताए । संकल्पका महासचिव शोभा बस्नेतले अपाङ्ग, वृद्धवृद्धा, सुत्केरी र गर्भवतीमैत्री खालको मतदानस्थल नभएको बताउँदै आगामी दिनमा त्यसलाई ध्यान दिनुपर्ने आवश्यक्ता रहेको बताईन् ।
Comments
Post a Comment