निर्वाचन सुरक्षा बिषयमा आयोग र सुरक्षा निकायबीच छलफल
सुभाष साह काठमाडौं, ११ असार राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनूपराज शर्माले निर्वाचनलाई शान्तिपूर्ण, भयरहीत तथा मानव अधिकारमैत्री बनाउन सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने भन्दै सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन आग्रह गरेका छन् । आईतबार काठमाडौंमा आयोग, गृह सचिव तथा सुरक्षा निकायका प्रमुखहरूवीच भएको छलफलमा आयोगका अध्यक्ष शर्माले १४ असारमा हुने दोस्रो तहको स्थानीय निर्वाचनलाई शान्तिपुर्ण बाताबरणमा सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् । पहिलो चरणको निर्वाचन अनुगमनका क्रममा आयोगको अनुगमन टोलीलाई केही स्थानमा निर्वाध प्रवेश गर्न रोक लगाइएको, सुरक्षाकर्मीहरुले पर्याप्त आरामको अवसर पाउन नसकेको तथा कार्यबोझ थपिएको, म्यादी प्रहरीको प्रयोग लगायतका विषयमा ध्यानाकर्षण गराइएको आयोगका प्रवक्ता मोहना अंसारीले बताईन् । पहिलो चरणको निर्वाचनबाट पाठ सिकेर दोस्रो चरणमा हुने निर्वाचनको सुरक्षा व्यवस्थाको तयारी तथा मानव अधिकारका विषयहरु बिशेषरुपमा छलफल भएको आयोगले जनाएको छ । छलफलका सहभागि गृह सचिव लोकदर्शन रेग्मीले सुरक्षा निकाय मानव अधिकारप्रति सचेत ...