निर्वाचनको मुखमा निहु खोजेर भाग्न मिल्दैन -माधवकुमार नेपाल


बर्तमान राजनीतिक अवस्था, मधेस आन्दोलन, स्थानीय तहको निर्वाचन लगायतका बिषयमा नेकपा एमालेका वरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री माधवकुमार नेपालसँंग राजधानी दैनिकका सुभाष साहले गरेको कुराकानीको सम्पादित अंश, 

पछिल्लो राजनीतिक घटनाक्रमलाई तपाईले कसरी हेर्नुभएको छ ? 

अहिले नेपालको राजनीति आफ्नै हिसाबले अगाडी बढीरहेको छ । नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धनमा नयाँ सरकार गठन भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार हटाईसकेपछि प्रचण्डजीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाजीसंग प्रधानमन्त्री बन्ने सहमती गर्नुभएको हो । त्यो सहमती अनुसार उहाँ प्रधानमन्त्री हुनुभयो । प्रचण्डजीपछि साहीे पदमा (नौं महिना पछि) अर्थात स्थानीय निर्वाचन पछि देउवाजीलाई दिने÷ सुम्पिने सहमती गर्नुभएको थियो । त्यो सहमती स्वरुप नै अहिले नयाँ सरकार बनेको छ । एमाले प्रमुख प्रतिपक्षी दलको भुमिका निर्वाह गरिरहेको छ । अहिले काँग्रेस र माओबादीको यो गठबन्धन त्यती सहज देखिदैन्, स्वस्थ देखिदैन्, स्वभाविक देखिदैन् अस्वभाविक देखिन्छ । तर पनि प्रचण्डजीले जुनसुकै तहमा पनि स्वार्थका निम्ति सहमती र सम्झौता गर्नुभएको छ । माओबादी केन्द्रको कुनै निश्चित सिद्धान्त नभएकाले कुनै पनि तहको सहमती उहाँले राष्ट्रिय हितलाई दाउँमा राखेर सम्पर्णवादी नीति, लम्पसारबाद नीति लिएर भएपनि आफ्नो र आफ्नो पार्टीको स्वार्थ कसरी पुरा गर्न सकिन्छ त्यही अनुसार उहाँले सम्झौता गर्नुभएको हो । सिंगो देश नै अहिले निर्वाचनमा होमिएको छ । बडो खुशीको बिषय हो उपेन्द्र यादवजी, बिजय गच्छदारजीदेखी  नयाँ शक्ति अन्यरु नयाँ पार्टी र युवा जमात पुरै निर्वाचनमा होमिएको छ । पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ ,एउटा ठाउँ बाहेक । त्यहाँ माओवादीले अधिकतम गडबडी गर्न खोजिरहेको छ । अब हामी दोस्रो चरणको निर्वाचनको संघारमा छौं । केही पार्टीले निर्वाचनमा आउँछौ भनेपछि उहाँहरुका लागि धेरै कोशिस गर्यौ तर एक पछि अर्को माग सारेर बढाउँदै बढाउँदै गएको अवस्थामा अहिलेको राजनीति अगाडी बढिरहेको छ । राजनीतिक हिसावले स्थानीय तहको निर्वाचनलाई पर सार्न सकिन्छ कि भन्ने दाउपेज पनि चलिरहेको छ । 

निर्वाचनको समाना गर्ने उहाँहरुमा आट छैन 
                                निर्वाचनलाई बार्गेनिङ्ग, व्यालेकमेलिङङ्गको विषय किन बनाइदैछ ?
काँग्रेस भित्रै संघीयताको बिरोधमा आवाज आएको छ त्यो पनि पुरा गर्ने ?
                               प्रचण्डजी स्वार्थका निम्ति सम्झौता गर्दे हिड्नुहुन्छ 
एमालेका कारण कहा कहा अप्ठ्यरो भयो ?

नवगठित सरकारको प्रमुख दायित्व के हो ? 

यो सरकारको प्रमुख दायित्व नै स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन गराउँने हो । प्रधानमन्त्री देउवाजीले पनि स्वयम यसमा प्रतिबद्धता व्यक्त गरिसक्नुभएको छ । १४ असारमा तोकिएको दोस्रो चरणको निर्वाचन गराउँन आउँने बाधा, अडचन, दबाब सामना गरेर भए पनि निर्वाचन गराउँने संकेत गर्नुभएको छ, जुन सकारात्मक छ । सरकारको अर्को महत्वपुर्ण कार्यभार भनेको बिकासका काम सहज रुपमा अगाडी बढोस्, आर्थिक लगानीका बाताबरण बनोस्, भ्रष्टाचार र कुशासनको अन्त्य गरी सुशासनको प्रत्याभुति दिन सकोस् । त्यस्तै स्थानीय तहको निर्वाचन भईसकेको ठाउँमा सहज ढंगले काम गर्ने बाताबरण बनाउँनु हो । यस्तै अर्को महत्वपुर्ण काम भनेको छिमेकी मुलुक लगायत अन्य मित्र राष्ट्रहरुसँग सन्तुलित र सुमधुर सम्बन्धन बनाउँने हो । कसैका सामु पनि आत्मसम्पर्ण नगर्ने, अरुका अगाडी लम्पसारबादी नीति अवलम्बन नगर्ने, नेपाली स्वाभिमानको रक्षा गर्ने, नेपाली देशभक्तीप्रति गौरव बोध गर्ने, नेपालको आन्तरिक मामिलाको बारेमा दुनियाभरी गीत गाएर नहिडने, अरुको सल्लाह भन्दा पनि आफ्नो बिबेक प्रयोग गर्ने, आफ्नै शक्तिमा भरोसा गर्ने, नेपालको हितका लागि अरुका सदभाव प्राप्त गर्ने, नेपालको आन्तरिक समस्या आफै समाधान गरी अरुलाई हात हाल्ने काम निरुत्साही गर्नुपर्छ । परराष्ट्र नीति, सुरक्षा नीति राम्रोसंग कायम गर्न सकियो भने सरकार सफल भएको मान्निछ । 


१४ असारमा दोस्रो चरणको निर्वाचन हुदैछ, राजपा नेपाल आन्दोलनमा छ, राजपालाई निर्वाचनमा ल्याउँन प्रतिपक्षी दलले के गर्दै छ ?

प्रतिपक्षी दलले हाम्रो पार्टी नेकपा एमालले अधिकत्म लचकता देखाएको छ । उहाँहरु पनि निर्वाचनमा आउँनुहुन्छ भनेर एकै चरणमा घोषणा भएको निर्वाचन कार्यातालिकालाई दुई चरणमा गर्ने भनेपछि हामीले बिरोध जनाएनौं । बैशाख ३१ गर्ने गर्ने भनेको निर्वाचन जेठ ३१ मा गर्ने निर्णय भयो, फेरी त्यसलाई सारेर असार ९ गते गर्ने पुनः सारेर १४ गते मध्यबर्षामा गर्ने सरकारी निर्णयलाई हामीले सहयोग नै गर्र्यो । के का लागि भन्दा यो राजपा नेपाललाई निर्वाचनमा ल्याउँने कामका लागि । यति मात्रै नभई हस्ताक्षर बुझाउँन ऐन पनि संशोधन गर्ने काम भयो । एमालेले उहाँहरु पनि निर्वाचनमा आउँनुहुन्छ भनेर यो सबै काम गरेको हो । एमालेले राजपालाई निर्वाचनमा ल्याउँन अझै लचकता अपनाउँन तयार छ । तर उहाँहरुले भने जस्तै अब निर्वाचन सार्ने पक्षमा हामी छैनौं । उहाँहरु चुनवामा हार्छु भन्ने कुराले डराउँनुभएको छ । चुनावलाई सामना गर्ने उहाँहरुमा आट छैन् । चुनावसंग निहु खोजेर, भागेर वा बहाना बनाएर चुनाव हुन सक्दैन् । उहाँहरुकै पछाडी लागेको भए संबिधान कहिल्लै बन्ने थिएन् । उहाँहरुले पोजेटिभ नलिई निगेटिभ लिएर डिस्र्टब गर्न खोज्नुभएको छ । उहाँहरु चुनावमा आउँनुहुन्छ भन्ने सबैमा आशांका रहेको छ तैपनि हामीले उहाँहरुलाई चुनावमा ल्याउँन अधिकतम लचकता अपनाएका छौं । 

राजपाको माग सम्बोधन गर्न पटक पटक निर्वाचन सार्ने काम भयो   तर संबिधान संशोधनको काम त भएन नि ? 

राजपाले एउटापछि अर्को अर्कोपछि थप अर्को माग थप्दै जान्छ ,  सबै सबैको माग त पुरा गर्न सकिदैन् । एमालेको पनि प्रत्यक्ष निर्वाचन कार्यकारी प्रधानमन्त्रीको माग छ त्यो पुरा गर्न तयार छन् अरु ? काँग्रेस भित्रै पनि संघीयताको बिरोधमा आवाज आउँछ के त्यो सबै पुरा गर्ने ? हामीले निर्वाचनमा सहभागि होऔं भन्यौ । पार्टी अध्यक्षले पनि निर्वाचन पछि छलफल गर्ने भन्नुभयो ।  देउवाजीले पनि निर्वाचनपछि छलफल गर्ने भनिसकेपछि एक पछि अर्को माग अगाडी सार्दै जाने हो भने निर्वाचन कसरी गर्ने ? उहाँहरु सधै माग थप्दै जाने र समस्या सुल्झाउने भन्दा पनि अल्झाउने तर्फ लाग्नु भएकोे छ । 

काँग्रेस र माओवादी केन्द्रले एमालेकै कारण संबिधान संशोधन हुन सकेको छैन् भन्ने आरोप लगाउछन ।  राजपा संशोधन नभई निर्वाचनमा नजाने  आन्दोलन गर्ने भनिरहेको छ यस्तो अवस्थामा शान्तिपुर्ण वाताबरणमा निर्वाचन कसरी सम्भव छ ? 

राजपाले १० बर्ष सम्म चुनावका लागि मानेन भने के गर्ने ? चुनावै नगरेर बस्ने ? अनि कुनै पनि एक पार्टीले धम्की दिएपछि के गर्ने ? बिप्लवले पनि धम्की दिइरहेको छ बहिष्कार पनि गरिरहेको छ  , लिम्वुवान मुक्ति मोर्चाले धम्की दिएको छ । अनि चुनाव नै नगर्ने ? के भारतमा धम्की दिनेहरु छैनन् र, तर चुनाव त भईरहेकै छ । संसारमा धम्की दिनेहरु छैनन्, धम्की दिनेहरु लोकतन्त्र प्रति प्रतिबद्ध छैनन भनेर बुझनुपर्छ । लोकतन्त्रमा जनताको मतबाट निर्णय गर्ने सार्वभौम अधिकारमा उनीहरुको बिश्वास नै छैन् । र अर्को कुरा अब एमालेका कारण कहा संशोधन रोकिएको छ ? एमाले त पहिला निर्वाचन गरौ त्यसपछि नमिलेका बुदाहरु कहा के छन छलफल गरेर मिलाउने , संशोधनमा जाने भनिरहेको छ । यो हल्ला सबै एमाले विरुद्ध अफवाह फैलाउनका लागि काग्रेस माओवादीले भ्रम छरेका हुन । 

त्यसो हो भने आन्दोलनका बीचमा शान्तिपुर्ण बाताबरणमा चुनाव कसरी सम्भव छ ? 

हुन्छ, जनताले चुनाव चाहिरहेका छन् । २० बर्ष पछि चुनाव हुदैछ । १५ बर्ष सम्म जनतासंग जोडिएका निकायहरु जनप्रतिनिधि बिहिन भएका छन् । अर्बौको बजेट दुरुपयोग भईरहेको छ । यि सबै निकायमा जनताका प्रतिनिधि आए भने बजेटको सदुपयोग हुने आधार बन्छ । जनता सबै प्रक्रियामा सहभागि हुने आधार बन्ने छ । स्थानीय तहलाई अधिकार सम्पन्न बनाएर जनताको प्रतिनिधि ल्याउँने काम लोकतन्त्रमा हुन्छ । लोकतन्त्रमा उहाँहरुको बिश्वास, प्रतिबद्धता छ भने निर्वाचनलाई बार्गेनिङ्ग, व्यालेकमेलिङङ्गको बिषय बनाउँनुहुदैन् । 

भनेपछि राजपा चुनावमा आयो भने एमालेले संबिधान संशोधनमा छलफल गर्न तयार छ ? 

छ, हाम्रो पार्टी अध्यक्षले भनिसक्नुभएको छ हामी छलफल गर्न तयार छौं । एक अर्काको बिचार, भावना राम्रोसंग बुझछौं । सहमती र सहकार्य गरेर एउटा बिन्दुमा पुग्छौं । एमालेका कारण कहा कहा अप्ठ्यरो भयो त्यसको विवरण ल्याउनुस भन्दा नल्याउने अनि एमलाई दोष लगाउने काम राम्रो होइन । 

बर्षौ देखीको मधेस आन्दोलनमा सयौं जनाले शाहाद प्राप्त गर्दा पनि उनीहरुको माग सम्बोधन नगर्ने ? काँग्रेस र माओबादीले उनीहरुको माग सम्बोधन गर्नमा जसरी अगाडी बढेको छ एमालेले बिरोधमा किन गर्छ भन्ने मधेशवादी दलहरुको आरोपलाई तपाई के भन्नुहुन्छ ? 


यो बिषयमा हामीले पछि छलफल गरौं ,पार्टी अध्यक्षले भन्नुभएकै छ । मधेशवादी दलहरुले जसरी एमाललाई आरोप लगाएका छन वा काग्रेस माओवादीले जसरी एमालेका विरुद्ध भ्रम छरेका छन ती सबै मिथ्या हुन । एमालले मधशी नेतालाई माया गर्ने होइन त्यहा जनातालाई माया गर्ने हो । त्यसकारण त्यहा माग हेर्नुस न पहिला नेपाली भाषालाई कमजोर बनाउँन हिन्दी भाषालाई ल्याउँन खोजिएको छ । र अचम्म के छ भने नेपालका भनिएका पार्टीहरु यसमा लागेका छन् । नेपालको मैथिली, भोजपुरी, अवधी भाषाका लागि चिन्ता छैन्, हिन्दी भाषाको चिन्ता छ । नेपाली नागरिकको चिन्ता छैन्, भारतीय नागरिक नेपालमा आएर नेपाली नागरिकत्ता कसरी लिने भन्ने कुराको चिन्ता छ । उनीहरु नेपाली जनताका प्रतिनिधि हुन की बिदेशी जनताका प्रतिनिधि हुन गम्भिर आशांका छ । यस्ता विषयलाई लिएर नेपाली जनतालाई मराउँने ?, नेपाली जनतालाई केही पर्दा नबोल्ने, सिमाक्षेत्रमा एसवीआईले केही गर्दा चुक्क पनि नबोल्ने, तराईका धर्ती डुवानमा पर्दा केही नबोल्ने, नेपालको सिमाना मिचिएको ठाउँमा एक शब्द पनि नबोल्ने भनेपछि उहाँहरु प्रति गम्भिर आशांका छ । नेपाली देशभक्ती प्रति उहाँहरुको भावाना छ की छैन् भन्ने कुरामा गम्भिर आशांका छ । नेपालको तराई मधेसका जनताप्रति उहाँको प्रतिबद्धता छ की छैन् भन्ने कुरा त्यहीका मान्छेले प्रश्न गर्न थालेका छन् । त्यसैले उहाँहरुले आफ्नो कामबाट, व्यवहारबाट हामी सही छौ भने देखाउँनुपर्छ । 

मधेसमा बलात्कार हुदाँ, दलितलाई दुव्र्यवहार हुदा एक शब्द पनि नबोल्ने ? 

तराई मधेसको गरिबी, अभाव, बेरोजगारीको समस्या छ भने त्यसलाई समाधान गर्ने एउटा पनि काम नगर्ने । उहाँहरु मन्त्री हुदाँ पनि एउटा काम गरेको पाईदैन् । मधेसको समस्या समाधान गर्न, सिचाईको व्यवस्था गर्न, बेरोजगारी, अशिक्षा हटाउँन उहाँहरुको चिन्ता चासो छैन् । उहाँहरुले उठाएको बिषय बस्तु जनतासंग कति जोडिएको छ भन्ने कुरा त प्रदेश नं. ५ का जनताले नै हामीलाई त्यस्तो चाहिदैन भन्ने कुरा अस्वीकार गरिसकेका छन् । प्रदेशलाई छिन्नभिन्न पार्ने काम हामीलाई स्वीकार्य छैन भन्ने कुरा त जनताले भनिसकेका छन् । उहाँहरुको माग के कस्ता छन आउँने दिनमा छलफल त हुन्छ नै तर मधेसी जनतालाई भ्रम फिजाएर आन्दोलनमा होमेर मर्न लगाएर  गलत कुरा गर्ने हो भने १६÷१७ हजार जनतालाई माओबादीले मर्न लगाए । आफ्नो एकलौटी सत्ता कायम गर्न, कम्युनिष्ट सत्ता स्थापना गर्ने, सर्वहारा सत्ता कायम गर्नका लागि तर सफल त भएनन् । संसदीय व्यवस्था धवस्त पार्छौ भन्नेहरु त संसदीय व्यवस्थामा आउँनुपर्यो । मान्छे मारेर माग पुरा भईदिएको भए भारतमा अहिले माओवादी आन्दोलनमा ६० हजार भन्दा मारिएका छन् अनि उनीहरुको माग पुरा गरे भईदियो नि । कास्मिरमा त मान्छे दिनदिनै मरेका मरेकै छन अनि उनीहरुको माग पुरा गरे हुन्छ नि । त्यसैले मान्छे मरेको आधारमा तुलना गर्ने होईन् । उनीहरुको बिषय बस्तु कतिको उपयुक्त छ भन्ने मुख्य कुरा हो । साना साना बालबालिकालाई ढुंगा हान्न सिकाउँने, अरुको कार्यक्रम बिथोल्ने यो मधेसलाई बर्बाद गर्ने काम भएको छ । मधेसको शिक्षा, स्वास्थय, व्यापार, उधोगलाई बर्बाद गर्ने काम उनीहरुले गरेर त्यहीका जनतालाई दुख दिने काम गरिरहेका छन् । यसर्थ राजपाले समस्या खडा गर्ने काम गरेको छ । 

भनेपछि राजपाले भारतीय योजना बोकेको छ, मधेसलाई धवस्त बनाउँने योजना लिएको छ ? 

गरेकै छ, योजना नै धवस्त पार्ने बोकेको त म भन्दिन, तर त्यसको कामबाट त्यही भएको देखिन्छ । बरु म उपेन्द्र यादवजीलाई धन्याबाद दिनचाहन्छु उहाँले नेपालको माटोको माया छ, यहाँको लोकतन्त्र, जनताको लागि चुनावमा सहभागि हुनुभयो । 

पहिलो चरणको निर्वाचन जस्तै दोस्रो चरणको निर्वाचनमा एमाले पहिलो स्थान सहित जित्ने आधार के छ ?


बिकास, समृद्धि, राष्ट्रिय स्वभिमानका पक्षमा लिएको अडान, बृद्ध देखी युवाबालबालिका सम्मको भावना बुझने, हुलाकी राजमार्ग, बारा अन्तर्राष्ट्रिय बिमानस्थल, काठमाडौं–तराई मधेस फास्ट ट्याक, भैरहवा बिमानस्थल, दुतगतिको रेल निर्माण लगायतका महत्वपुर्ण कुरा एमालेले अगाडी बढाएकाले एमाले जित्ने सुनिश्चित छ । 

एमालेमा गुटबन्दीकै आधारमा टिकट बितरण भएको, एमाले नेताले नै आफ्नै नेतालाई हराएको र सोही कारणले पहिलो चरणको निर्वाचनमा चाहे जस्तो रिजल्ट आउँन नसकेकाले दोस्रो चरणको निर्वाचनमा पनि यही प्रवृत्ति दोहोरिन्छ भन्ने हल्ला छ नि ?  

पहिलो चरणको निर्वाचनमा आवश्यक्ता अनुसार उपयुक्त उम्मेदवार भएन्न । कतिपय ठाउँमा उपयुक्त उम्मेदवार हुदाहुदै पार्टी भित्रैबाट उसलाई हराउँने काम भएको छ । यि सबै कारणले जतिसिट ल्याउँनुपर्ने हो त्यस्तो आउँन नसकेकै हो । त्यसमा पनि माओबादी र काँग्रेसको गठबन्धन, सत्ताको दुरुपयोग भएको छ । यि सबै चुनौतीका बाबजुद पनि राम्रै रिजल्ट आएको छ । पहिलो चरणको निर्वाचनमा एमाले एकसय ५० भन्दा बढी तहमा जित्नुपर्ने हो । गुटबन्दी गर्ने, आफ्नै पार्टीका उम्मेदवारलाई चुनाव हराउँन खोज्नेलाई तुरुन्त कारवाही गर्नुपर्छ । आफ्ना मान्छे भन्दै जोगाउँने कारवाही नगर्ने, गुटबन्दीमा लागे पार्टी वा अरु कसैलाई फाईदा हुदैन् । काठमाडौंकै दक्षिणकालि, ललितपुर, सुर्खेत, दैलेख लगायतका ठाउँमा पार्टीका नेतालाई पार्टीकै नेताले हराउँने काम भएको छ । यो सबै कुरा मैले बैठकमा उठाएको छु । दोस्रो चरणको निर्वाचन पश्चात कारवाहीको बिषय बन्छ । तर निर्वाचनको बेला सबै विषयहरु उठाएर अघि बढ्न सकिदैन निर्वाचनपछि गल्ती भएका विषयमा यथोचित प्रश्नहरु उठ्नेछन कार्याकर्ताहरुको मनोभावना अनुसार वैठकमा कुरा उठ्नछन । 







Comments

Popular posts from this blog

राजपा सहित गठबन्धनद्धारा निर्वाचन बिथोल्न आन्दोलनको घोषणा

नेकपा एकता कार्यदल , तोकिएकै समयमा आएन प्रतिबेदन

फोरम नेपालको निष्कर्षः काँग्रेस, माओबादी ‘सम्झौताबादी’, एमाले ‘मण्डले, खोक्रो राष्ट्रबाद’