निर्वाचन सार्ने सरकारको निर्णयले बिखण्डनकारी शक्तीको मनोबल बढाउँने काम भयो: एमाले
सुभाष साह
काठमाडौं, १ असार
प्रमुख प्रतिपक्षी दल एमालेले प्रदेश नं. २ को स्थानीय तह निर्वाचनको मिति सार्ने निर्णयप्रति आपति जनाएको छ ।
सरकारको प्रदेश नं. २ स्थानीय तह निर्वाचन २ असोजमा गर्ने निर्णयलाई एमालेले बिखण्डनकारी शक्तिको मनोबल बढाउँने काम भएको टिप्पणी गरेको छ ।
आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचनमा सहभागि गराउँन सरकारले यसअघि पनि निर्वाचन मिति सार्दै आएको छ । ३१ बैशाखमा गरिने निर्वाचन ३१ जेठ, ९ असार, १४ असार गर्ने निर्णय गर्दै अब प्रदेश नं. २ मा २ असोजमा तेस्रो चरणमा गर्ने निर्णय सरकारले गरेको छ ।
एमाले सचिव एवं प्रचार बिभाग प्रमुख योगेश भट्टराईले सरकारको निर्वाचन मिति सार्ने निर्णयले राष्ट्रिय एकतालाई कमजोर बनाउँदै बिखण्डनकारी शक्तीलाई मजबुत बनाउँने काम सत्तारुढ दलले गरिरहेको आरोप लगाएका छन् ।
‘प्रदेश नम्बर २ मा निर्वाचन पछि सार्ने कदमले त्यहा“का जनताको आफ्ना प्रतिनिधि आफै“ छानेर स्थानीय सरकारको अभ्यास गर्ने अधिकार मात्र कुण्ठित गरेको छैन, संविधान कार्यान्वयनमा गम्भीर धक्का पु¥याएको छ’ एमालेले जारी गरेको बिज्ञप्तीमा भनिएको छ, ‘यस घटनाले मुलुकको राष्ट्रिय एकतालाई कमजोर बनाउनुका साथै विखण्डकारी तत्वहरुको मनोबल बढाएको छ, कुनै ठोस कारण र औचित्यबिना निर्वाचन पर सारेर वर्तमान सत्तारुढ गठबन्धनले मुलुकमा विभाजनको मानसिकता तयार गर्ने गम्भीर अपराध गरेको छ ।’
सत्तारुढ गठबन्धनले निर्वाचनलाई पर सार्दै राजनीतिक अस्थिर्ता ल्याउँनुका साथै संबिधान कार्यान्वयनलाई ओझेलमा पर्ने काम गरिरहेको एमालेको निष्कर्ष अहिले प्रमाणित भएको एमाले सचिव भट्टराईले बताए ।
एमालेले संविधान र लोकतान्त्रिक प्रणाली कार्यान्वयनमा आघात पु¥याउने यस कदमका विरुद्ध सचेत रह“दै प्रदेश नम्बर २ मा पार्टीका नियमित कामहरु अघि बढाउन मातहत कमिटीहरुलाई निर्देशन दिएको छ ।
साथै प्रदेश नम्बर १, ५ र ७ मा १४ असारमा हुने निर्वाचनमा सक्रियतापूर्वक लाग्न आमजनसमुदाय, पार्टीका मातहत कमिटी तथा नेता–कार्यकर्ताहरुलाई एमालेले आहवान गरेको छ ।
Comments
Post a Comment