राजपाद्धारा आन्दोलन जारी राख्ने निर्णय, माग सम्बोधन नभई निर्वाचनमा सहभागि नहुने


सुभाष साह,
काठमाडौं, २ असार

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा ) सहितको संघीय गठबन्धनले संबिधान संशोधन, स्थानीय तहको संख्या मधेसमा थप्ने लगायतका माग सम्बोधन नभएकाले जारी आन्दोलन नरोकिने निर्णय गरेको छ । 

शुक्रबार बिजुलीबजार स्थित राजपा नेपालको कार्यालयमा बसेको पार्टीको अध्यक्ष मण्डल र गठबन्धनको संयुक्त बैठकले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । 

पुर्वघोषित आन्दोलनका कार्यक्रमलाई यथावत राख्दै बैठकले शनिबार मधेस÷थरुहटका जिल्ला सदरमुकाममा लाठी जुलुश प्रदर्शन गर्ने निर्णय गरेको छ । यसैगरी मधेस÷थरुहट आईतबार बन्द गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ । 

सरकारले राजपाकै सहमतीमा प्रदेश नं. २ को निर्वाचन २ असोजमा गर्ने निर्णय गरेको थियो । निर्वाचन आयोगले सरकार र राजपाको सहमती अनुसार प्रदेश नं. १, ५ र ७ को उम्मेदवारी दुई दिन सार्दै ४ असारमा गर्ने निर्णय गरेको थियो । 

तर राजपा नेपाल सहितको गठबन्धनका संयोजक रहेका महन्थ ठाकुरले बिगतको सहमती कार्यान्वयन नभएकाले आन्दोलन जारी राख्ने र निर्वाचनमा सहभागि नहुने बताए । सरकारले आफ्नो सहमतीमा निर्वाचन मिति सार्ने निर्णय नभएको बताउँदै उनले सरकारको निर्णय नमान्ने र निर्वाचन बिथोल्ने चेतावनी दिएका छन् । 

ठाकुर, महतो, यादव र झा आन्दोलनको पक्षमा
यादव र भण्डारी निर्वाचनको पक्षमा 


राजपा नेपाल अध्यक्ष मण्डलको बैठकमा सरकारको पछिल्लो निर्णयलाई लिएर दुई धार देखिएको छ । 

सरकारको पछिल्लो निर्णयलाई सकारात्मक लिदै संबिधान संशोधन, स्थानीय तहको संख्या मधेसमा थप्ने लगायतका मागलाई थाती राख्दै निर्वाचनमा सहभागि हुनुपर्ने राजपा नेता महेन्द्रराय यादव र शरतसिंह भण्डारीले बैठकमा राखेका थिए । 

यादव र भण्डारीले सरकारको पछिल्लो निर्णय सकारात्मक रहेको र वाँकी मागलाई मुद्धाका रुपमा अगाडी सार्दै निर्वाचनमा सहभागि हुनुपर्ने धारणा बैठकमा राखेको स्रोतले जनाएको छ । 

‘प्रमुख दलका साथै संगै आन्दोलनमा रहेको दल फोरम नेपाल निर्वाचनमा सहभागि हुदैछ, २० बर्ष पछि भईरहेको निर्वाचनमा जनता पनि निर्वाचनकै पक्षमा देखिएकाले हामी निर्वाचनमा सहभागि हुनुनै राम्रो हो’ यादव र भण्डारीको भनाई उद्धृत गर्दै स्रोतले राजधानीसंग भने, ‘आन्दोलनमात्रै गर्यौ भने संबिधानले सुरक्षित गरेको गणतन्त्र, संघियता, समानुपातिक समाबेशिता लगायतका मुद्धा पनि खतरामा पर्न सक्छ ।’ 

यादव र भण्डारीले आन्दोलन स्थगित गर्दै निर्वाचनमा सहभागि हुनुपर्ने धारणा राखेपनि बहुत सदस्यले आन्दोलनकै पक्षमा देखिएकाले जारी आन्दोलनलाई नरोकिने निर्णय भयो । 

राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक समेत रहेका महन्थ ठाकुर, सदस्यहरु राजेन्द्र महतो, राजकिशोर यादव, अनिलकुमार झाले मधेसको मुद्धा सम्बोधन नभएकाले आन्दोलन स्थगित गर्न नहुने पक्षमा उभिएका थिए । 

संबिधान संशोधन, स्थानीय तहको संख्या मधेसमा थप्ने, शहिद घोषणा, मुद्धा फिर्ता, क्षतिपुर्ति लगायतका मुद्धा पुरा गर्ने भनेर पटक पटक सहमती भए पनि सम्बोधन नभएकाले निर्वाचनमा सहभागि नभई आन्दोलनलाई निरन्तरता दिनुपर्ने अडानमा ठाकुर, महतो, यादव, र झा रहेका छन् । 

यसअघि झाले सरकारको निर्णय सकारात्म रुपमा लिएर निर्वाचनमा सहभागि हुनुपर्ने धारणा राखेको भए पनि बैठकमा ठाकुर, महतो र यादवको लाईनमा उभिए । पटक पटक सहमती भए पनि सहमती कार्यान्वयन नगरी भईरहेको आन्दोलन जसरी पनि बिथोल्ने गरी आन्दोलनको पक्षमा जनता रहेको र आन्दोलनबाटै माग सम्बोधन गराउँनुपर्ने धारणा ठाकुर, महतो, यादव, र झाले राखेको स्रोतले जनाएको छ । 

राजपा नेपाल अध्यक्ष मण्डलमा रहेका ६ जना मध्ये बहुमत चार जना नेता आन्दोलनको पक्षमा धारणा राखेपछि यादव र भण्डारीको मत अल्पमतमा परेको र अन्तमा आन्दोलनलाई नै निरन्तरता दिने निर्णय भएको हो । 

Comments

Popular posts from this blog

राजपा सहित गठबन्धनद्धारा निर्वाचन बिथोल्न आन्दोलनको घोषणा

नेकपा एकता कार्यदल , तोकिएकै समयमा आएन प्रतिबेदन

फोरम नेपालको निष्कर्षः काँग्रेस, माओबादी ‘सम्झौताबादी’, एमाले ‘मण्डले, खोक्रो राष्ट्रबाद’