सत्तारुढ दलले सत्ता, साधन र स्रोतको दुरुपयोग गर्यो–एमाले

सुभाष साह,
काठमाडौं, ६ असार

प्रमुख प्रतिपक्षी दल एमालेले निर्वाचनलाई व्यवस्थित, स्वच्छ र धाँधलीरहित रुपमा सम्पन्न गर्नका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई सरकारले ठाडै उल्लंघन गरिरहेको आरोप लगाएको छ । 

१४ असारमा हुने दोस्रो चरणको स्थानीय निर्वाचनलाई प्रभावित पार्ने गरी सत्ता, साधन र स्रोतको सत्तारुढ दलले व्यापक रुपमा दुरुपयोग गर्दै तिकडमबाजी गरिरहेको आरोप एमालेले लगाएको छ । 

एमाले महासचिव ईश्वर पोखरेलले सत्तारुढ दलबाट निर्वाचनलाई प्रभावित गर्न व्यापक रुपमा सत्ता, साधन र स्रोतको दुरुपयोग भईरहेको जनाएका छन् । 

‘एमालेका नेता–कार्यकर्तामाथि आक्रमण गर्ने, उनीहरुको ज्यान लिने, शान्तिपूर्ण कार्यक्रममा अवरोध सिर्जना गर्ने र सरकारी तहबाट आचारसंहिताको ठाडो उल्लंघन गर्नेसम्मका क्रियाकलाप भएका छन्’ महासचिव पोखरेलले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
व्यवस्थित, स्वच्छ र धाँधलीरहित रुपमा निर्वाचन हुनुपर्ने माग एमालेले गर्दै आएको भए पनि सत्तारुढ दलले निर्वाचनलाई आफ्नो प्रभावमा पार्नका लागि तिकडमबाजी गरिरहेको एमालेको आरोप रहेको छ । 
यसैवीच निर्वाचनलाई लक्षित गरी कपिलवस्तुमा भएको बम विस्फोटप्रति पनि एमालेको ध्यानाकर्षण भएको छ । ४ असारमा बाजुराको छेडेदह–६ मा निर्वाचनमा मनोनयनपत्र दर्ता गर्न गइरहेको एमाले जुलुसमाथि आक्रमण गरेर सत्ताधारी नेपाली कांग्रेसका कार्यकर्ताले एमाले कार्यकर्ता हंसबहादुर रावतको हत्या गरेका एमालेले जनाएको छ । 
घटनामा संलग्न अपराधीहरुका विरुद्ध मुद्दा दर्ता गर्न खोज्दा सत्ताको दुरुपयोग गर्दै मुद्दा दर्तासमेत गरिएको नगरी अपराधमा संलग्न सबै जनालाई पक्राउ समेत नगरी सत्तारुढ दलले घटनामा संलग्नहरुलाई बचाउन प्रहरी–प्रशासनको चरम दुरुपयोग गरेकोमा एमालेले आपती जनाएको छ । 
यसैगरी बाँकेकमा एमालेले आमसभा गरिरहेको बेला अर्को सत्ताधारी दल माओवादी केन्द्रका कार्यकर्ताले नजिकै गएर माइकिङ गर्ने र उत्तेजना फैलाउने काम गर्दै सभा विथोल्ने दुस्प्रयास गरेका छन् । 
सोलुखुम्बुको नेचा–सल्यानटार गाउँपालिकामा कांग्रेसका सांसदकै उपस्थितिमा एमालेका कार्यकर्तामाथि हातपात गरिएको छ भने दार्चुलामा सत्तापक्षका कार्यकर्ताबाट एमाले कार्यकर्तामाथि आक्रमण गरिएको छ ।  
यता सत्ताको आडमा गृहमन्त्री जनार्दन शर्माले सरकारी साधन–स्रोत दुरुपयोग गरी बाँके, कैलाली लगायतका जिल्लामा माओवादीको कार्यक्रममा गई निर्वाचनलाई प्रभावित पार्न गरेको क्रियाकलापप्रति एमालेले आपती जनाएको छ । 
सत्तारुढ दलले अघिल्लो चरणको निर्वाचनमा धाँधली र ज्यादती भएको स्वीकार गर्दै व्यवस्थापिका–संसद्बाट संसदीय छानबिन समिति गठन हुँदा समेत यसपटक सत्तापक्षले आफ्नो पुरानौ रवैया जारी राख्नु अत्यन्त खेदजनक रहेको एमाले महासचिव पोखरेलले जनाएका छन् । 
सत्तारुढ दलले व्यापक रुपमा निर्वाचन आचारसंहिता ठाडै उल्लंघन गर्दा समेत निर्वाचन आयोग समेत मौन बसेकोप्रति एमालेले आश्चर्य व्यक्त गरेको छ । 

Comments

Popular posts from this blog

राजपा सहित गठबन्धनद्धारा निर्वाचन बिथोल्न आन्दोलनको घोषणा

नेकपा एकता कार्यदल , तोकिएकै समयमा आएन प्रतिबेदन

फोरम नेपालको निष्कर्षः काँग्रेस, माओबादी ‘सम्झौताबादी’, एमाले ‘मण्डले, खोक्रो राष्ट्रबाद’