निधिकै डिजाईनमा निर्वाचन सारियो–पोखरेल


काठमाडौं, २ असार

प्रमुख प्रतिपक्षी दल एमाले महासचिव ईश्वर पोखरेलले सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले आफ्नो बर्चस्व बढाउँन डिजाइन गरेर राष्ट्रिय जनता दल (राजपा) लाई प्रयोग गरी प्रदेश २ को चुनाव सारिएको खुलासा गरेका छन । 

प्रेस चौतारी नेपालले शुक्रवार आयोजना गरेको अन्तर सम्वादमा बोल्दै महासचिव पोखरेलले चुनावमा नराम्रोसँग पराजित हुने निश्चित भएपछि कांग्रेसले राजपालाई प्रयोग गरी प्रदेश नं. २ को निर्वाचत मिति सारेको तथ्य खुलासा गरेका छन् । 

‘कसैले भ्रम नपाल्नोस चुनाव सार्ने काम राष्ट्रिय जनता पार्टीले गरेको होइन, उस्लाई प्रयोग गरेर कांग्रेसले चुनाव सारेको हो, राजपा त प्रयोग मात्रै भयो,’ पोखरेलले भने, ‘मैले नामै किटेर भन्न मिल्छ कि मिल्दैन तर, भन्छु, कांग्रेसमा पनि चुनाव सार्ने प्रमुख डिजाइनर पूर्वगृहमन्त्रीसमेत रहेका नेता विमलेन्द्र निधी हुन् ।’ 

पोखरेलले तराई मधेसमा आफ्नो अवस्था निकै कमजोर बनेपछि सुधार गर्न र तराई मधेसका जनतालाई दोस्रो दर्जाका नागरिक हुन भन्ने देखाउनका लागि प्रदेश २ को चुनाव सारिएको हो ।

एमाले महासचिव पोखरेलले केही दिन अघि मात्र कांग्रेसले आफू निकटका मधेसका सांसद् र नेताहरुलाई बोलाएर चुनाव सार्ने डिजाइन बनाएको र सोहीअनुसार राजपालाई देखाएर चुनाव सारेको बताए 

पोखरेलका अनुसार कांग्रेसले मधेसमा हार्ने निश्चित भएपछि आफ्नो बर्चस्व बढाउन चुनाव सार्ने डिजाइन गरेको हो । 

चुनाव सारिएको विषयलाई जनताको बीचमा लैजाने र दोस्रो चरणको चुनावमा यसलाई सत्तापक्षको बेइमानीको रुपमा भण्डाफोर गर्ने बताए ।  

निर्वाचन सार्दा एमालेसँग मात्र नभई निर्वाचन आयोगसँग समेत सल्लाह नगरेको भन्दै संसदको म्याद थप्ने षडयन्त्रले त्यसो गरेको हुन सक्ने आशंका व्यक्त गरे ।

 ‘जननिर्वा्चित संस्थालाई भंग गर्ने इतिहास बनाएका ब्यक्तिहरु अहिले सत्ताको नेतृत्वमा छन्, त्यसैले उनीहरुले त्यो प्रयास नगर्लान भन्न सकिन्न,’ पोखरेलले भने, ‘एमाले त्यसमा सजग छ, कुनै पनि हालतमा त्यो प्रयास सफल हुन दिदैन ।’

पहिलो चरण जस्तै दोस्रो चरणको निर्वाचनमा समेत एमाले पहिलो शक्ति बन्ने ठोकुवा पोखरेलले गरेका छन् । दोस्रो चरणको निर्वाचनमा सहभागि जुनसुकै दलसंग सहकार्य हुन सक्ने बताउँदै उनले बिराटनगर वा अन्य ठाउँमा पनि एमाले सहकार्य गर्ने बताए । 

प्रेस चौतरीका अध्यक्ष गणेश बस्नेतले दुई राष्ट्रियता कायम गर्न सरकारले निर्वाचन मिति सारेको आरोप लगाए । राजपाको समेत असहमती रहेको तर सरकारले उसकै सहमतीमा निर्वाचन मिति सारेको बताएर प्रदेश नं. २ का जनतालाई मतदान गर्नबाट बञ्चित गराउँन खोजेको षडयन्त्रमा सरकार लागेको उनले बताए । 

Comments

Popular posts from this blog

राजपा सहित गठबन्धनद्धारा निर्वाचन बिथोल्न आन्दोलनको घोषणा

नेकपा एकता कार्यदल , तोकिएकै समयमा आएन प्रतिबेदन

फोरम नेपालको निष्कर्षः काँग्रेस, माओबादी ‘सम्झौताबादी’, एमाले ‘मण्डले, खोक्रो राष्ट्रबाद’