प्रदेश नं. २ मा उम्मेदवार टुंगो लगाउँमा ढिलाई


सुभाष साह
काठमाडौं, २९ जेठ

सर्वाधिक चासोको बिषय बनेको प्रदेश नं. २ मा स्थानीय तहको निर्वाचनका लागि दलहरुले उम्मेदवार छनौट गर्न सकेका छैनन् । 

१४ असारमा प्रदेश नं. २ का साथै प्रदेश नं. १, ५ र ७ मा स्थानीय तहको निर्वाचन हुने कार्यक्रम निर्वाचन आयोगले सर्वजनिक गरिसकेको छ । निर्वाचन हुने की पुन सार्ने भन्ने बिषयमा बढदै गएको अन्योलताका कारण उम्मेदवार छनौटमा पनि ढिलाई भएको हो । 

प्रमुख प्रतिपक्षी दल एमालेले प्रदेश नं. २ का उम्मेदवार टुंगो लगाउँन सोमबार स्थायी कमिटीको बैठक बोलाएको थियो । तर बैठक नबसी अनिश्चितकालका लागि स्थगित भएको छ ।

एमाले महासचिव इश्वर पोखरेलले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि प्रदेश नं. १, ५ र ७ मा उम्मेदवार टुंगो लागि सकेको बताए । वाँकी रहेको प्रदेश नं. २ को उम्मेदवार छिटै टुंगो लगाउँने उनले बताए । 

गाउँपालिका र नगरपालिकाका प्रमुख, उपप्रमुखको उम्मेदवार टुंगो लगाउँने जिम्मेवारी प्रदेश कमिटीलाई एमालेले दिएको छ । तर प्रदेश कमिटीले नै उम्मेदवार टुंगो लगाउँन सकिरहेको छैन् ।

उपमहानगर र महानगरको उम्मेदवार प्रदेश कमिटीको सिफारीमा स्थायी कमिटीले टुंगो लगाउँने एमालेले मापदण्ड बनाएको छ । तर प्रदेश कमिटीबाटै सिफारिस नआएकाले स्थायी कमिटीले छलफल गर्न सकेको छैन् । प्रदेश कमिटीको सिफारिस आउँने बितिकै स्थायी कमिटीको बैठक बसेर टुंगो लगाउँने पोखरेलले बताए । 

लोकतान्त्रिक फोरम र फोरम नेपालले पनि छान्न सकेन उम्मेदवार

नेपाल लोकतान्त्रिक फोरम र संघीय समाजवादी फोरम नेपालले पनि प्रदेश नं. २ मा उम्मेदवार टुंगो लगाउँन सकेको छैन् । 

लोकतान्त्रिक फोरमका महासचिव भारतेन्दुकुमार मल्लिकले मंगलबारसम्ममा उम्मेदवार छनौट गरिसक्ने बताएका छन् । जिल्ला जिल्लामा केन्द्रीय प्रतिनिधि पार्टीले खटाएको र जिल्लाको सिफारिस आएपछि पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर उम्मेदवार टुंगो लगाउँने उनले बताए । 

निर्वाचन जित्नका लागि चुनावी गठबन्धन गर्नका लागि जिल्ला कमिटीलाई अधिकार दिएको बताउँदै मल्लिकले काँग्रेस, एमाले, माओबादी, फोरम नेपाल लगायतसंग गठबन्धन बन्न सक्ने बताएका छन् । 

यता फोरम नेपालले उम्मेदवार छनौट नभएको जनाएको छ । राष्ट्रिय जनता पार्टी नेपालको आन्दोलनका कारण निर्वाचन हुने की नहुने भन्ने कुराकै सुनिश्चितता नभएकाले उम्मेदवार टुंगो लगाउँनमा ढिलाई भएको फोरमले जनाएको छ । 

फोरम नेपालका उपाध्यक्ष लालबाबु राउँतले राजपाको आन्दोलनका कारण निर्वाचन हुने की नहुने भन्ने कुराकै सुनिश्चितता नभएकाले उम्मेदवार टुंगो लगाउँनमा ढिलाई भएको बताए । 

उम्मेदवार कहिले सम्ममा टुंगो लगाउँने भन्ने राजधानीको प्रश्नमा राउतले अहिले भन्न नसक्ने बताएका छन् । 

Comments

Popular posts from this blog

राजपा सहित गठबन्धनद्धारा निर्वाचन बिथोल्न आन्दोलनको घोषणा

नेकपा एकता कार्यदल , तोकिएकै समयमा आएन प्रतिबेदन

फोरम नेपालको निष्कर्षः काँग्रेस, माओबादी ‘सम्झौताबादी’, एमाले ‘मण्डले, खोक्रो राष्ट्रबाद’