राजपा सहित गठबन्धनद्धारा निर्वाचन बिथोल्न आन्दोलनको घोषणा


सुभाष साह
काठमाडौं, २८ जेठ

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) सहितको संघीय गठबन्धनले १४ असारमा हुने दोस्रो चरणको स्थानीय निर्वाचन बिथोल्ने गरी आन्दोलनको घोषणा गरेको छ । 

बिजुलीबजार स्थित राजपा नेपालको पार्टी कार्यालयमा आईतबार गठबन्धनले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । 

राजपा नेपालका नेता एवं गठबन्धनका संयोजक महन्थ ठाकुरले संबिधान संशोधन, स्थानीय तहको संख्या जनसंख्याका आधारमा निर्धारण, झुठा मुद्धा फिर्ता लगायतका माग पुरा नभएकाले आन्दोलनको घोषणा गर्नुपरेको बताए ।

‘हामीले पटक पटक बार्तामा बस्यौ, सहमती गर्यौ तर जनताका माग सम्बोधन गर्न चाहदैनन्,’ ठाकुराले भने, ‘हामी निर्वाचन बिरोधी होईनौं, निर्वाचनमा हामी पनि सहभागि हुन्छौ तर जनताका माग पुरा नगरी हुने निर्वाचनमा कसरी सहभागि हुने ?’ 

जनताको माग पुरा नगरी हुने निर्वाचन जनता आफैले हुन नदिने चेतावनी उनले दिएका छन् । यि शासकले मान्छे मार्न मात्र जान्या छन्, जनताको माग पुरा गर्न नजानेको बताउँदै ठाकुरले द्धन्द्ध रोकेर जनताको गुनासो सुन्न आग्रह गरेका छन् । 

सरकारले १४ असारमा निर्वाचन गर्ने र त्यसका लागि तयारी तिब्र बनाईरहेका बेला निर्वाचन बिथोल्ने गरी गठबन्धनले आन्दोलन घोषणा गरेको छ । सत्तारुढ दल समेत रहेको राजपाले सरकारले घोषणा गरेको कार्यक्रम नै बिथोल्ने गरी आन्दोलनमा जुटन आह्वान समेत गरेको छ । 

गठबन्धनले २९ जेठमा प्रत्येक सदरमुकाममा मशाल जुलुश, ३० जेठ देखी २ असार सम्म मधेस, थरुहट र लिम्बुवान बन्दको घोषणा गरेको छ । यही बन्दका बीचमा गाउँपालिका, नगरपालिका, महानगरपालिकामा निर्वाचन बिरोधी कार्यक्रम, प्रदर्शन, खबरदारी सभा तथा शहिदका फोटोमा माल्यार्पण गर्ने कार्यक्रम गठबन्धनले सार्वजनिक गरेको छ । 

३ र ४ असारमा सबै निर्वाचन केन्द्रमा शहिदहरुको सम्झनामा सबै निर्वाचन केन्द्रमा प्रदर्शन, ५ गते सदरमुकाममा लाठी जुलुश प्रदर्शन, ६ देखी १४ सम्म निर्वाचन सम्बन्धी सबै कार्यक्रम र गतिबिधिलाई अवरुद्ध गर्ने, ८ गते सदरमुकाममा मोटरसाईकल र्याली, ९ गते मसाल जुलुश र १० गते देखी अनिश्चितकालिन आम अडतालको घोषणा गठबन्धनले गरेको छ । 


यसैबीच आईतबार नै संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीले आन्दोलनको घोषणा गरेको राजपा नेपाललाई निर्वाचनमा सहभागि हुन आग्रह गरेको छ । 
स्थानीय तहको निर्वाचनलाई पनि संघर्षकै रुपमा लिएर संगै अगाडी बढन उनीहरुले राजपासंग आग्रह गरेका हुन् । 

नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवले संयुक्त बिज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेका हुन् । 

‘देशमा भइरहेको प्रतिक्रान्तिकारीहरुको षड्यन्त्रलाई परास्त गर्न तथा आन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै पहिचान र अधिकार सहितको संघीयता प्राप्तिको आन्दोलनलाई थप उचाइमा पुर्याउँन लागि निर्वाचनलाई समेत आन्दोलनको रुपमा उपयोग गर्न राष्ट्रिय जनता पार्टी लगायत सबै आन्दोलनरत दलहरुलाई पनि हामी हार्दिक अनुरोध गर्दछौं,’ संयुक्त बिज्ञप्तीमा उल्लेख गरिएको छ । 

तर राजपा नेपालका नेताले जनताको माग सम्बोधन नभएको र शहिदको सम्मान एवं मुद्धा सम्बोधनका लागि निर्वाचन छोडेर आन्दोलनमा सहभागि हुन फोरमलाई सुझाव दिएका छन् । 

Comments

Popular posts from this blog

नेकपा एकता कार्यदल , तोकिएकै समयमा आएन प्रतिबेदन

फोरम नेपालको निष्कर्षः काँग्रेस, माओबादी ‘सम्झौताबादी’, एमाले ‘मण्डले, खोक्रो राष्ट्रबाद’