आन्दोलन दबाउँन सुरक्षाकर्मीको अस्वभाविक तथा अनुचित परिचालन बन्द गर्न राजपाको माग

सुभाष साह,
काठमाडौं, ६ असार

राष्ट्रिय जनता पार्टी नेपाल सहित संघीय गठबन्धनको जारी आन्दोलनका क्रममा प्रहरीको दमनमा परी घाईते एक आन्दोलनकारीको मृत्यु भएको छ । 
मंगलबार उपचारको क्रममा मृत्यु भएका सुनसरी जिल्लाको इनरुवा नगरपालिका–८ डुमराहाका ३८ बर्षीय दुखीलाल मेहतालाई शहिद घोषणा गर्न राजपाले माग गरेको छ । 
राजपाले घोषणा गरेको आन्दोलनका क्रममा मेहताको १ असारमा इनरुवामा प्रहरीको दमनमा परी घाईते भएका थिए । उनको उपचार धरानमा भईरहेको र उपचारकै क्रममा मृत्यु भएको राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले जनाएका छन् । 
राजपा नेपालले सरकारको यस्तो दमन र हत्याको प्र्रवृतिको घोर भत्सर्ना गर्दै मेहताको बलिदानलाई सम्मान गर्ने जनाएको छ । मेहताको आत्माको चीर शान्तिको कामना गर्दै ठाकुरले शोक सन्तप्त परिवारजन प्रति हार्दिक सम्बेदना व्यक्त गरेका छन् ।
राजपाले मधेशी, थारु, आदिवासी–जनजाति, शिल्पी, मुस्लिम सहितका सिमान्तिकृत जनता समानता, स्वशासन, जनसंख्यामा आधारित समान जनप्रतिनिधित्व, समानुपातिक समावेशिता लगायतका माँगहरु सम्बोधनका लागी जारी संघर्ष नरोकिने जनाएको छ । 
संविधान संशोधन नहुन्जेल विभेदकारी संविधानको जबरजस्ती कार्यान्वयनको नियतले मात्र घोषित स्थानीय तहको निर्वाचनलाई पूर्णतः अस्वीकार गर्ने अडानमा राजपा रहेको छ । 
‘राज्यले लोकतन्त्रको खिल्ली उडाउँदै निर्वाचनको नौटंकी मात्र गर्न चाहेको तथ्य  ४ असारमा उम्मेदवारी दर्ता गरिनु भन्दा एक दिन पहिला नै शान्तिपुर्ण आमसभामा गोली प्रहार तथा मधेश र थरुहट भरी उम्मेदवारी दर्ताको दिन ४५२ जनाको गिरफ्तारी, अश्रुग्यास र लाठी प्रहार तथा दमनवाट दुनियाका सामू छर्लङ्ग भएको छ’ ठाकुरले जनाएका छन् । 
सरकारले मधेसका नवलपरासी देखि कंचनपुरसम्मको मधेस–थरुहटका जिल्लाहरुलाई मधेसी र थारु बहुल इलाकाहरुमा अप्रत्याशित रुपमा सेना, जनपद र सशस्त्रका सुरक्षाकर्मीहरुको भारी मात्रामा परिचालन गरेर मधेस र थरुहटका यी जिल्लाहरुलाई व्यारेकको रुपमा परिणत गरेको आरोप लगाएको छ । 
सरकारको यस्तो क्रियाकलापबाट मधेस–थरुहटप्रति राज्यको मानसिकता र घोषित निर्वाचनको वास्तविकता छर्लङ्ग भएको जनाउँदै राजपाले राज्य र सरकारको यस्तो गतिविधि प्रति कडा आपत्ति जनाएको छ । 
स्वदेशी र विदेशी मानवाधिकारवादी संघसंस्था र निकायहरुको ध्यानाकर्षण गराउँदै राजपाले समानता र लोकतन्त्र प्रति आस्थावान जनताको शान्तिपूर्ण आन्दोलन विरुद्ध सुरक्षाकर्मीको अस्वभाविक तथा अनुचित परिचालन बन्द गर्न माँग गरेको छ । 




Comments

Popular posts from this blog

राजपा सहित गठबन्धनद्धारा निर्वाचन बिथोल्न आन्दोलनको घोषणा

नेकपा एकता कार्यदल , तोकिएकै समयमा आएन प्रतिबेदन

फोरम नेपालको निष्कर्षः काँग्रेस, माओबादी ‘सम्झौताबादी’, एमाले ‘मण्डले, खोक्रो राष्ट्रबाद’