रुपन्देहीमा राजपाद्धारा स्वतन्त्र उम्मेदवारी

काठमाडौं, 

बिभिन्न माग गर्दै निर्वाचन नै बिथोल्ने गरी आन्दोलन गरिरहेको राष्ट्रिय जनता पार्टी नेपालका स्थानीय नेता निर्वाचनमा सहभागि हुन उम्मेदवारी दर्ता गराएका छन् । 

प्रदेश नं. ५ को रुपन्देही जिल्लामा राजपा नेपालका स्थानीय नेताले उम्मेदवारी दर्ता गराएका छन् । राजपा नेपालका वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्लाको क्षेत्रमा रहेका स्थानीय तहका प्रमुख एवं उपप्रमुखका साथै वडा अध्यक्ष एवं सदस्यमा समेत स्वतन्त्र उम्मेदवारी परेको छ । 

राजपा नेपाल संबिधान संशोधन स्थानीय तहको संख्या पुनर्संरचना लगायतका माग गर्दै निर्वाचन बिथोल्ने गरी आन्दोलन गरिरहेको छ । तर राजपाकै नेता शुक्लाले आन्तरिक रुपमा स्वतन्त्र उम्मेदवारी दिन लगाएको राजपाले जनाएको छ । राजपाले पार्टीको तर्फबाट कही कतै उम्मेदवारी नदिएको जनाएको छ ।  

रुपन्देहीको कोटहीमाई, सम्मरीमाई र मर्चवारीमाई गाउँपालिकामा राजपाका नेताले स्वतन्त्र उम्मेदवारी दिएका छन् । कोटहीमाई गाउँपालिकामा प्रमुखमा बालकिशुन तिवारी र उपप्रमुखमा असर्फी यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

सम्मरीमाई गाउँपालिकाको प्रमुखमा अशोककुमार शुक्ल र उपप्रमुखमा कमालुदिन शेखले उम्मेदवारी दिएका छन् ।  यसैगरी मर्चवारीमाई गाउँपालिकामा राजकुमार सिंह प्रमुख र जानकीप्रसाद चौधरीले उपप्रमुखमा उम्मेदवारी दिएका छन् । 

Comments

Popular posts from this blog

राजपा सहित गठबन्धनद्धारा निर्वाचन बिथोल्न आन्दोलनको घोषणा

नेकपा एकता कार्यदल , तोकिएकै समयमा आएन प्रतिबेदन

फोरम नेपालको निष्कर्षः काँग्रेस, माओबादी ‘सम्झौताबादी’, एमाले ‘मण्डले, खोक्रो राष्ट्रबाद’