Posts

Showing posts from July, 2017

मधेसबादी दलले छोडेको समग्र मधेस एक स्वायत प्रदेशको मुद्धा व्युत्याउँदै माओबादी

माओवादी केन्द्रका नेता यादवको पहलमा ‘मधेसी भ्वाइस एसेम्बली’ गठन  माओवादी केन्द्रदेखि नयाँ शक्तिका नेतासम्म अभियानमा सुभाष साह, काठमाडौं, ८ साउन मधेसवादी पार्टीले छोडिसकेको ‘समग्र मधेस एक स्वायत प्रदेश’को मागलाई सत्तारूढ दल नेकपा माओवादी केन्द्रका नेताको पहलमा ब्यँुताइने भएको छ ।  समग्र मधेस एक प्रदेशको मुद्दा ब्यँुताउन भन्दै माओवादी केन्द्रको भ्रातृ संगठन राष्ट्रिय मधेसी मुक्ति मोर्चाका संयोजक तथा हेडक्वार्टर सदस्य मातृका यादवको सक्रियतामा ‘मधेसी भ्वाइस एसेम्बली’ गठन भएको छ । शनिबार काठमाडौंमा एक भेलाको आयोजना गर्दै यादवसहितका नेताले समग्र मधेस एक प्रदेशको माग पूरा गराउन आन्दोलनको तयारीमा जुटन आह्वानसमेत गरेका छन् । नवगठित संगठनमा यादवका साथै मधेसवादी पार्टीका नेताहरूसमेत छन् । यो संगठनमा राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादव, नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष विकास तिवारी, नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारी, नयाँ शक्ति पार्टी नेपालका नेता डा. रामकेवल साहलगायतका नेता छन् । यादवसँगै माओवादी ...

राजनीतिक मुद्धाको समाधानसंगै एमालेको ध्यान समृद्ध नेपाल निर्माण गर्नेमा

सुभाष साह काठमाडौं, ८ साउन नेकपा एमालेले स्थानीय तहका जनप्रतिनिधिमार्फत जनता परिचालन गर्दै समृद्धिको लक्ष्य प्राप्तिको कार्ययोजना अघि सारेको छ ।  राजनीतिक दलहरू संविधान कार्यान्वयनसहितका राजनीतिक मुद्दामा केन्द्रित भइरहेका बेला आर्थिक समृद्धिविना मुलुक अघि बढ्न नसक्ने निष्कर्षसहित एमालेले स्थानीय तहमार्फत समृद्धिको पाँचवर्षे योजना बनाउने गृहकार्य थालेको छ ।  स्थानीय तह निर्वाचन घोषणापत्रमा नै आर्थिक समृद्धिका मार्ग्चित्र अघि सारेको एमालेले यसको कार्यान्वयनका लागि पार्टी्भित्र आन्तरिक छलफल र योजना निर्माणलाई तीव्र बनाएको छ ।  स्थानीय तहलाई अधिकार सम्पन्न बनाइए र जनप्रतिनिधिलाई प्रभावकारी रूपमा परिचालन गर्न सके मुलुकले समृद्धि हासिल गर्न सक्ने एमालेका निष्कर्ष छ । यसका लागि उसले निर्वा्चित जनप्रतिनिधिलाई प्रशिक्षणसमेत दिँदै छ । ‘सुखी नेपाली र समृद्ध नेपाल’ निर्माणका लागि पाँच वर्ष्भित्र नेपाललाई अल्पविकसित राष्ट्रको अवस्थाबाट माथि उठाउनेलगायतका लक्ष्य हासिल हुने गरी सार्थक योजना बनाउन स्थानीय तहका प्रतिनिधि तथा तल्ला पार्टी कमिटीलाई प्रशिक्षित गर्न लागेको ...

प्रदेश २ निर्वाचन, काठमाडौमै बन्दैछ योजना

सुभाष साह, काठमाडौं, ६ साउन निर्वाचन आयोगले आगामी २ असोजमा हुने प्रदेश २ को स्थानीय तह निर्वाचनका कार्यतालिका सार्वजनिक गरिसकेको छ । तर राजनीतिक दलहरु भने अझै निर्वाचन केन्द्रीत कार्यक्रम बिहिन अवस्थामा छन् ।  पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न गरेर आयोगले प्रदेश २ मा रहेका एक सय २७ स्थानीय तहमा तेस्रो चरण अन्तरगत हुने निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।  व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने ठुला दलमात्र होइन प्रदेश २ लाइ आफ्नो पकड क्षेत्र मान्ने मधेशकेन्द्रति दलको समेत प्रदेश २ मा निर्वाचन गतिविधि शुन्य  देखिएका छन् ।  आयोगले २१ भदौमा उम्मेदवारी दर्ता र २ असोजमा मतदान गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । तर राजनीति दलले प्रदेश २ मा हुने स्थानीय तह निर्वाचन केन्द्रीत आमसभा, भेला, उम्मेदवारी छनौट, कार्यकर्ता प्रशिक्षण लगायतका कार्यक्रम कहिले र कहाँ गर्ने भन्ने कार्यतालिका अझै बनाएका छैनन् ।  अन्य प्रदेशका स्थानीय तह निर्वाचन सम्पन्न भएर त्यहाँका निर्वाचित जनप्रतिनिधिले काम थालिसकेका छन्  । तर दलहरुको चहलपहल ...

राप्रपा नेताहरु संशोधनको पक्षमा

सुभाष साह, काठमाडौं, ५ साउन राष्ट्रिय प्रजातन्त्र पार्टीका अधिकांश केन्द्रीय सदस्य संबिधान संशोधनको पक्षमा उभिएका छन् । जारी केन्द्रीय समितिको बैठकमा बिहिबार आफ्नो धारणा राख्दै केन्द्रीय सदस्यहरुले देशको समस्या समाधान गर्न संशोधन गर्नुपर्ने आवश्यक्ता औल्याएका छन् ।  राप्रपा सहप्रवक्ता मोहन श्रेष्ठले बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरु संशोधनको पक्षमा आफ्नो धारणा राखेको बताएका छन् । जारी बैठकमा ८६ केन्द्रीय सदस्यले धारणा राखेका छन् । त्यसमा अधिकांशले संशोधनको पक्षमा मत राखेको उनले बताएका छन् ।  यसैगरी सम्मानजनक स्थान पाए सरकारमा सहभागि हुने नेताहरुले बताएका छन् । आफ्नो धारणा राख्ने क्रममा उनीहरुले सम्मानजनक स्थान पाए प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागि हुनुपर्ने बताएका छन् ।  राप्रपा अध्यक्ष कमल थापाले बैठकमा राजनीतिक कार्यपत्र, महामन्त्री जयन्त चन्दले सचिवालय संगठन सम्वन्धिकार्य पत्र, अर्का महामन्त्री धु्रवबहादुर प्रधानले स्थानीय तह निर्वाचनका विषयमा र कोषाध्यक्ष उद्धब पौडेलले पार्टीको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।  अ...

राजपा नेपाल भित्रको आन्तरिक बिबाद मिलाउँन केन्द्रीय कमिटीको बैठक बस्दै

Image
सुभाष साह, काठमाडौं, ५ साउन  राष्ट्रिय जनता पार्टी नेपाल भित्र देखिएको आन्तरिक बिबादको बिषयमा छलफल गर्नका लागि केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ ।  बिजुलीबजार स्थित पार्टी कार्यालयमा बिहिबार बसेको राजपा नेपाल अध्यक्ष मण्डलको बैठकले पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउँने बिषयमा छलफल गरेको छ ।  अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाउँने बिषयमा बिहिबार अध्यक्ष मण्डलका बीचमा छलफल भए पनि निर्णय हुन नसकेका बताएका छन् ।  बैठकमा साउन महिनाको दोस्रो हप्तामा पार्टी पदाधिकारी बैठक र तेस्रो हप्तामा केन्द्रीय कमिटी बैठक बस्ने बिषयमा छलफल भएको र शुक्रबार बस्ने अध्यक्ष मण्डलको बैठकले मिति तोक्ने महतोले बताएका छन् ।  राजपा नेपालमा हाल केन्द्रीय पदाधिकारी १ सय ३४ रहेका छन् भने, केन्द्रीय सदस्य ८ सय १५ जना रहेका छन् । पार्टी सञ्चालन, महत्वपुर्ण निर्णय लगायतका बिषयमा राजपा भित्र बिबाद भएपछि अध्यक्ष मण्डलले पदाधिकारी र केन्द्रीय कमिटीको बैठक बोलाएर निकास खोज्ने प्रयास थालेको हो ।  राजपा नेपालका सहअध्यक्ष हृदय...

आन्तरिक मतभिन्ताले राजपा नेपाल भित्र अन्योल बढदै

Image
संसदको परिणाम स्वीकार्दै निर्वाचनमा सहभागि हुन ठाकुर समुह तयार, संशोधन पारित नभए आन्दोलन चर्काउँने पक्षमा महतो समुह सुभाष साह काठमाडौं, ४ साउन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) भित्रको आन्तरिक मतभिन्ताले निर्वाचनमा सहभागि हुने की नहुने भन्ने बिषयमा अन्योल बढदै गएको छ ।  सत्तारुढ दलसंग राजपा नेपालका नेताहरुको सामुहिक बैठक होस् वा वान टु वान बैठकमा राजपाको आन्तरिक मतभिन्ताले समस्या सृजना हुने गरेको छ । राजपा नेपालको अध्यक्ष मण्डलमा रहेका ६ नेता दुई चिरामा बिभाजित भएपछि अन्योलता बढदै गएको हो ।  बिभिन्न ६ पार्टी मिलेर राजपा नेपाल बनेको हो । पार्टी एकिकरण पश्चात राजपा नेपालको महत्वपुर्ण निर्णय राजपा नेपालको अध्यक्ष मण्डलले गर्ने गर्छ । तर अध्यक्ष मण्डलमा रहेका ६ नेता नै दुई गुटमा बिभाजित भएका छन् । त्यसको असर अन्य दलसंगको बैठकमा पनि देखिने गरेको छ ।  अध्यक्ष मण्डलका संयोजक समेत रहेका महन्थ ठाकुर, सदस्यद्धय महेन्द्रराय यादव र शरदसिंह भण्डारी निर्वाचनको पक्षमा रहेका छन् । ठाकुर, यादव र भण्डारीले संबिधान संशोधन बिधेयक संसदबाट पारित वा फेल जे भए...

आयोगको सिफारिस सरकारद्धारा उलंघन

Image
काठमाडौं, ५ साउन राष्ट्रिय मानव अधिकार आयोगले विभिन्न समयमा गरेको सिफारिस सरकारले उलंघन गरेको जनाएको छ । आयोगले सिफारिस गरेका निर्णयहरु कार्यान्वयन न्यून रहेको तथा आयोगद्वारा औल्याइएका मानव अधिकार उल्लंघनमा संलग्न रहेका व्यक्तिहरुलाई नेपाल सरकारद्वारा पदोन्नति र विभुषित गरिएको सम्बन्धमा आयोगले आपति जनाएको छ । आयोगका अध्यक्ष अनूपराज शर्माले आयोगद्वारा छानविन गरी हत्या, बेपत्ता, यातना जस्ता गम्भीर मानव अधिकार हनन् र मानवीय कानूनको उल्लंघन जस्ता अपराधमा संलग्न दोषीहरुको पहिचान गरी कानुनी कार्यवाहीका लागि सरकारलाई सिफारिस गरेका व्यक्तिहरुलाई नै पदोन्नति तथा विभूषित गरिनु दुःखद् भएको बताएका छन् । आयोगको केन्द्रीय कार्यालय ललितपुरमा बिहिबार नेपाल प्रहरी प्रमुख तथा गृह मन्त्रालयका सहसचिवसँग छलफल गर्दै अध्यक्ष शर्माले आयोगका सिफारिसहरुलाई गम्भीर रुपमा लिन समेत आग्रह गरेका छन् । सुन्तली तामाङ्गमाथि बलत्कार गरी हत्या भएको घटनालाई हत्यामा मात्र मुद्दा चलाइएको र न्यायमा ढिलाई भएको सम्बन्धमा आयोगको ध्यानाकर्षण भएको आयोगका सदस्य एवं प्रवक्ता मोहना अन्सारीले बताएकी छन् । दयाराम परियारको हत...

छाउपडी कुरीति विरुद्ध कानुन निर्माण गर्न आयोगको आग्रह

Image
काठमाडौं राष्ट्रिय मानव अधिकार आयोगले छाउपडी लगायतका कुरीति विरुद्ध प्रभावकारी कानुन निर्माण तथा कार्यान्यन गर्नुपर्नेमा नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।  आयोगका सदस्य एवं प्रवक्ता मोहना अन्सारीले कुरीतिको नाममा मानव अधिकारको उलंघन हुने गरेको बताउँदै प्रभावकारी कानुन निर्माणका साथै कार्यान्वयन गर्नुपर्ने बताएकी छन् ।  महिनावारी भएको तथा सुत्केरी अवस्थामा महिलाप्रति छुवाछुतको व्यवहार गरिने, घरभन्दा टाढा छाउगोठमा जोखिमयूक्त अवस्थामा राखिने तथा पोषणयूक्त खानेकुरा खान नदिइने परम्परा र संस्कारका कारण महिलाहरु समानताको अधिकार, पोषणयूक्त खाना खानपाउने अधिकार, स्वच्छ वातावरणमा बस्न पाउने अधिकार, सम्मानपुर्वक बाँच्न पाउने अधिकार र जीवनको अधिकारबाट समेत वञ्चित हुनु परेको आयोगले जनाएको छ ।  पछिल्लो समय दैलेख जिल्लामा मात्रै छाउगोठमाबस्ने क्रममा दुइजनाको मृत्यु भएको घटनप्रति आयोग गहिरो दुःख व्यक्त गर्दै घटनाको सत्यतथ्य छानवीन गरी दोषीलाई कानुनी कार्यबाहीको दायरामा ल्याउन आयोगले सरकारसंग आग्रह गरेको छ । भविष्यमा यस्ता प्रकृतिका घटना दोहोरिन नदिनेतर्फ सचेत रहन समेत ...

जनप्रतिनिधिलाई प्रशिक्षण दिदै एमाले

Image
सुभाष साह काठमाडौं, ३ साउन नेकपा एमालेले स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिलाई प्रशिक्षण दिदैछ । स्थानीय तह सञ्चालन गर्न आईपर्ने बिभिन्न समस्या समाधान गर्ने उदेश्य प्रशिक्षणको आयोजना गर्न लागिएको एमालेले जनाएको छ ।  एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार बसेको सचिवालय बैठकले पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यतालिका बनाएको छ । पार्टी महासचिव ईश्वर पोखरेलले हालै सम्पन्न स्थायी कमिटीको बैठकको निर्णय अनुसार प्रशिक्षण दिन लागिएको बताएका छन् ।  महासचिव पोखरेलको अध्यक्षतामा बसेको सचिवालय बैठकले जनप्रतिनिधिलाई स्थानीय तहको वित्त व्यवस्थापन, विकास निर्माण, स्रोत परिचालन, कानुनी प्रबन्ध लगायत राजनीतिक दायित्वका बारेमा विषय विज्ञ सहित पार्टी नेता समेतले प्रशिक्षण दिने निर्णय भएको छ ।  स्थानीय तहको निर्वाचन सम्पन्न भएको तहमा एमाले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुका लागि साउन महिनाभित्र अभिमुखीकरण तथा प्रशिक्षण दिने एमालेको स्थायी कमिटी बैठकले गत आईतबार गरेको थियो ।  एमाले सचिव एवं प्रचार बिभागका प्रमुख योगेश भट्टराई...

मतदाता नामावलीमा नाम दर्ता गर्ने समय बढाउँनुपर्ने दलहरुको आयोगसंग माग

सुभाष साह, काठमाडौं, २ साउन निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य एवं प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि तोकेको मतदाता नामावलीमा नाम दर्ता गर्ने समय बढाउँनुपर्ने माग प्रमुख दलहरुले गरेका छन् ।   प्रमुख प्रतिपक्षी दल एमालेले सोमबार आयोगको कार्यालयमै पुगेरै मतदाता नामावलीमा नाम दर्ता समय गर्नुपर्ने समय बढाउँनुपर्ने माग गरेको छ । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवलाई ध्यानाकर्षणपत्र बुझाउँदै यस्तो माग गरेका छन् ।  ‘निर्वाचनका लागि आवश्यक मतदाता नामावली अद्यावधिक गर्ने सन्दर्भमा आम मतदाताको सुविधा, सहजता र सरोकार समेतलाई दृष्टिगत गरी पर्याप्त समय र उपर्युक्त तथा आवश्यक प्रक्रिया अवलम्बन गर्ने’ एमालेले आयोगलाई बुझाएको ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।  एमालेले आयोगद्धारा भईरहेको मतदाता नामावली संकल कार्य सदरमुकाम केन्द्रीत भएकाले त्यसलाई गाउँपालिकाको वडा स्तरबाटै गर्नुपर्ने सुझाव समेत दिएको छ । १५ दिनको समय प्रयाप्त नभएकाले यसलाई एक महिना सम्म बढाउँनुपर्ने सुझाव एमालेको रहेको छ ।   ...

आफ्नै नेतृत्वमा मधेसबादी दलसंग बार्ता गर्ने एमालेको निर्णय

Image
निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न सरकारसंग माग सुभाष साह, काठमाडौं, १ साउन  प्रमुख प्रतिपक्षी दल एमालेले मधेसबादी दलहरुसंग आफ्नै नेतृत्वमा बार्ता गर्ने निर्णय गरेको छ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोट स्थित निवासमा आईतबार सम्पन्न स्थायी कमिटी बैठकमा पछिल्लो समय मधेसबादी दलसंग भएको बार्ताका बिषयमा छलफल गर्दै अगामी दिनमा पनि बार्ता जारी राख्ने निर्णय भएको हो ।  बैठकमा मधेसबादी दलका नेतासंग पछिल्लो समयमा शुरु भएको छलफललाई निरन्तर्ता दिने निर्णय भएको एमाले सचिव एवं प्रचार बिभागका प्रमुख योगेश भट्टराईले बताए ।  ‘उहाँहरुको सबै एजेण्डाका बिषयमा हामी छलफल गर्न तयार छौं, पछिल्लो समयमा शुरु भएको छलफललाई पनि निरन्तर्ता दिन्छौं’ भट्टराईले राजधानीसंग भने, ‘हामी हाम्रो कुरा पनि राख्छौं र उहाँहरुको कुरा पनि सुन्छौं, जुन बिषयमा कुरा मिल्छ त्यो बिषयमा मिलेर अगाडी बढने प्रयास गर्छौ ।’  एमालेलाई मधेसबिरोधीको रुपमा प्रचार गरेर हल्ला फिजाएपछि पछिल्लो समयमा पार्टीले मधेसबादी दलका नेता एवं मधेसका बुद्धिजिविहरुसंग निरन्तर छलफल शुरु गरिरहेक...

पहिले प्रदेशको निर्वाचन गर्नुपर्ने फोरम नेपाल र नयाँ शक्तिको माग

काठमाडौं, १ साउन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालले केन्द्रीय संसदको निर्वाचन अघि प्रदेशको निर्वाचन गर्न माग गरेका छन् ।  फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आईतबार संयुक्त बिज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन् ।  संघीय व्यवस्थाको प्रणालीमा राज्यप्रवेश गरिसकेको अवस्थमा फेरी व्यवस्थापिका संसदको निर्वाचन पुरानै २४० अनुरुप नै गर्ने आश्यका वार्ताहरुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै प्रतिकूल प्रभाव पार्ने भएकाले फोरम र नयाँ शक्तिले प्रदेशको चुनावपहिले नै गर्नुपर्ने माग गरेका हुन् ।  दुबै पार्टीले तत्कालै निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न माग गरेका छन् । संसद र प्रादेशिक निर्वाचन क्षेत्र निर्धारण कार्य सुरु गरेर प्रदेशको निर्वाचन पहिले गर्नुपर्ने माग दुबै पार्टीले गरेको छ ।  राज्यपुनर्संरचनाको कुनै पनि बहस हुँदा आन्दोलनका उपलब्धिहरुबाट पछि हट्न नपाइने चेतावनी दिदै राष्ट्रिय एकतालाई असर पार्ने कुनै पनि कार्य आफ्नो पार्टीलाई स्वीकार्य नहुने जनाएका छन् ।  साथै देशको समस्...

फोरम नेपालको निष्कर्षः काँग्रेस, माओबादी ‘सम्झौताबादी’, एमाले ‘मण्डले, खोक्रो राष्ट्रबाद’

सुभाष साह, काठमाडौं, ३१ असार संघीय समाजवादी फोरम नेपालले प्रमुख तीन दललाई पहिचान बिरोधी पार्टीको संज्ञा दिदै झुठा कुरा गर्दै भ्रम फैलाएर जनताको मत लिईरहेको आरोप लगाएको छ ।  हालै सम्पन्न भएको पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा नराम्रो पराजय व्यहोरेको फोरम नेपालको शुरु भएको राजनीति समिति बैठकमा निर्वाचनको समिक्षा गर्दै यस्तो निष्कर्ष निकालेका छन् ।  फोरम नेपालले सत्तारुढ दल नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्रलाई ‘सम्झौताबादी’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई ‘मण्डले र खोक्रो राष्ट्रबाद’ को संज्ञा दिएको छ । फोरम नेपालका उपाध्यक्ष रकम चेम्जोङ्गले प्रमुख तीन दललाई पहिचान बिरोधी पार्टी रहेको बताउँदै यिनीहरुबाट सचेत हुनुपर्ने बताउँछन् ।  ‘काँग्रेस, माओबादी सम्झौताबादी र एमालेको मण्डले एवं खोक्रोराष्ट्रबादले जनताले धोखा पाएका छन्’ चेम्जोङ्गले राजधानीसंग भने, ‘झुठा कुरा गरेर जनतामा भ्रम फैलाउँदै यिनीहरुले मत लिदैछन्, शक्ती, सत्ता र पैसाको व्यपाक दुरुपयोग गरेका छन् ।’ सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा काँग्रेस र माओबादीले सत्ताको चरम दुर...

प्रदेश २ निर्वाचन, अलमलमा राजपा

सुभाष साह, काठमाडौं, ३१ असार प्रदेश–२ मा आगामी २ असोजमा हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनलाई सदुपयोग गर्ने कि बहिष्कार गर्ने विषयमा राजपा नेपाल कुनै निर्णयमा पुग्न सकेको छैन ।  राजपा नेपालको आधार क्षेत्र मानिएको सो प्रदेशमा प्रमुख तीन दलसहित संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिकसमेतका दलले निर्वाचन केन्द्रित अभियान थालिसक्दा पनि राजपा नेपाल भने अलमलमै देखिन्छ ।  राजपा नेपालले संविधान संशोधन, स्थानीय तहको संख्या जनसंख्याका आधारमा वृद्धि गर्नुपर्नेलगायत माग गर्दै पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन बहिष्कार गरेको थियो । तेस्रो चरणको निर्वाचनमा सहभागी हुन राजपामाथि चर्काे दबाब छ ।  तर, संसद्बाट तत्काल संविधान संशोधन नहुने पक्कापक्की भएकाले राजपा नेताहरू निर्वाचनमा के एजेन्डा लिएर जाने भनेर अलमलमा परेका हुन् ।  आन्दोलनरत राजपा नेपालसँग अहिले आन्दोलनका कार्यक्रम पनि केही छैनन् । प्रदेश–२ मा उसका कार्यक्रम अहिले शून्य अवस्थामा छन् ।  राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले मधेसवादी दलहरुसँग सरकारले गर...

पत्रकार महिलाको संख्या न्युन: सञ्चारिका

सुभाष साह, काठमाडौं, २९ असार पत्रकार महिलाको हकहितमा कार्यरत सञ्चारिका समुहले महिला महिला पत्रकारको संख्या न्युन रहेको जनाएको छ ।  नेपालमा पत्रकार महिलाको पेशागत अवस्थाबारेमा सञ्चारिका समुहले २०७२ सालमा गरेको अध्ययनको प्रतिबेदन बिहिबार ललितपुरमा सार्वजनिक गर्दै पत्रकार महिलाको संख्या नेपालमा न्युन रहेको जनाएको छ ।  सञ्चारिकाले नौं सय सात सञ्चारगृहमा अध्ययन गरेको छ । ति सञ्चारगृहमा कार्यरत सात हजार छौ सय ५० पत्रकार पत्रकार मध्ये पुरुषको संख्या पाँच हजार सात सय ११ जना र महिला पत्रकारको संख्या एक हजार नौं सय ३९ जना रहेको सञ्चारिकाको अध्ययन प्रतिबेदनले देखाएको छ । अध्ययन अनुसार २५.३ प्रतिशत मात्रै पत्रकार महिला रहेको देखिएको छ ।  अध्ययन अनुसार रेडियोमा कार्यरत कुल पत्रकारमध्ये ४६.५ प्रतिशत पत्रकार महिला छन् । तर रेडियोमा कार्यरत महिला र पुरुष पत्रकारको संख्या दुई हजार पाँच सय ६२ जना रहेको छ ।  यसैगरी िछापामाध्यममा कार्यरत चार हजार एक सय २६ पत्रकार मध्ये ४० प्रतिशत मात्रै पत्रकार महिला रहेका छन् । यस्तै नेपालभरमा टिभीमा कार्यरत सात सय ४९ पत्रकारमध्...

ठूला दलको ध्यान प्रदेश–२ मा, पहिलो शक्ति बन्न आ–आफ्नै रणनीति

सुभाष साह, काठमाडौं, २९ असार  २ असोजमा हुने प्रदेश–२ को स्थानीय तह निर्वाचनका लागि दलहरूले आ–आफ्ना रणनीतिसहितको तयारी अघि बढाएका छन् ।  स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा प्राप्त परिणाम र प्रदेश–२ मा हुन बाँकी निर्वाचनलाई लक्षित गर्दै दलहरूले तराई मधेसका नेताहरूको भेलादेखि प्रचारप्रसारको अभियानलाई तराई केन्द्रित गर्ने रणनीतिसहितको तयारी अघि बढाएका हुन् ।  व्यवस्थापिका–संसद्को ठूलो दल नेपाली कांग्रेस, दोस्रो दल नेकपा एमाले र तेस्रो दल माओवादी केन्द्रसहित तराई मधेसमा नै केन्द्रित दलहरूले समेत प्रदेश–१, ३, ४, ५, ६ र ७ मा निर्वाचन सकिएलगत्तै चुनावी माहोललाई आफ्नो पक्षमा पार्न सक्दो प्रयास गरिरहेका छन् । त्यसैअनुरूप प्रदेश–२ मा हुने निर्वाचनलाई यतिबेला दलहरूले परिणाम पक्षमा पार्ने अन्तिम मौकाका रूपमा लिन तराई केन्द्रित रणनीति बनाएका हुन् ।   कांग्रेसले तेस्रो चरणमा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरेर प्रदेश–२ का जिल्लाहरूको चुनावी अवस्था बुझ्न र रणनीति बनाउन ५ साउनमा आफ्ना तराई मधेसबाट संसद्मा प्रतिनिधित्व गर्ने सांसद, पूर्वसांसद, केन्द्रीय सदस...

राजपाको जम्बो केन्द्रीय समिति, केन्द्रीय पदाधिकारी १ सय ३४ सहित ८ सय १५ केन्द्रीय समिति

Image
सुभाष साह, काठमाडौं, २८ असार राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय समितिमा १ सय ३४ पदाधिकारीसहित ८ सय १५ केन्द्रीय सदस्यलाई समावेश गरिएको छ । निर्वाचन आयोगमा बुधबार दल दर्ताका लागि निवेदन दिँदा राजपा नेपालले सो संख्या उल्लेख गरेको हो ।  तराई–मधेसकेन्द्रित दलका रूपमा चिनिने राजपा नेपालको केन्द्रीय समिति माओवादी केन्द्रपछाडिकै ठूलो हो । माओवादी केन्द्रमा ३ हजार ९ सय ९९ केन्द्रीय महाधिवेशन आयोजक कमिटी रहेको छ ।  ७ वैशाखमा विभिन्न ६ मधेसवादी दल मिलेर राजपा नेपाल गठन भएको हो । तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, मधेसी जनअधिकार फोरम गणतान्त्रिक र नेपाल सद्भावना पार्टी एकीकृत भई राजपा नेपाल घोषणा गरिएको हो ।  २३ असारमा निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका राजपा नेपालका नेताहरू बाँकी कागजातसहित बुधबार दोस्रोपटक आयोग पुगेका हुन् । उनीहरूले बुधबार पार्टीको विधान, घोषणापत्र बुझाएका थिए । एकीकृत पार्टी घोषणाअघि ६ वटै दलको केन्द्रीय कमिटीको पार्टी एकीकरण गर्ने निर्णय र एकीकृतपछिको के...

हाम्रो आन्दोलन ‘मधेस’ देशका लागि होइन्– राजेन्द्र महतो

Image
संविधान संशोधन हुनुपर्ने मुख्य मागबाट राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) अझै टसको मस भएको छैन । राजपा बरू स्थानीय तहको दुई चरणको चुनाव छाड्न तयार भयो, तर संविधान संशोधनको मागप्रति अडिग नै रह्यो । स्थानीय तहका कार्यकर्ताहरू चुनावमा होमिए पनि पार्टीका नेताहरूले आफ्नो मूल मागलाई पुनर्विचार गर्न पटक्कै आवश्यक ठानेनन् । दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको राजपा तेस्रो चरणको स्थानीय निर्वाचनमा पनि सहभागी नहुने कडा अडानमा देखिन्छ । संविधान संशोधन, मधेस आन्दोलनसहित पछिल्लो राजनीति घटनाक्रमलगायतका विषयमा राजपा नेपालको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो सँग राजधानी दैनिकका सुभाष साह ले गरेको कुराकानीको सम्पादित अंश: सातमध्ये ६ वटा प्रदेशमा भएको स्थानीय तह निर्वाचन बहिष्कार गर्नुभयो, पछि परेको जस्तो लागेको छैन ?  चुनाव लड्नकै लागि मात्रै हामी जन्मेको होइनौं । हाम्रो पार्टी अधिकार प्राप्तिका लागि संघर्ष गरिरहेको छ । संविधानमा हाम्रो अधिकार नभएकाले हामी संघर्षमा छौं । अधिकार प्राप्तिका लागि भएको आन्दोलनमा दर्जनौले शाहदत प्राप्त गरेका छन् । हाम्रो आन्दोलन मुखिया र मेयर बन...