पत्रकार महिलाको संख्या न्युन: सञ्चारिका
सुभाष साह,
काठमाडौं, २९ असार
पत्रकार महिलाको हकहितमा कार्यरत सञ्चारिका समुहले महिला महिला पत्रकारको संख्या न्युन रहेको जनाएको छ ।
नेपालमा पत्रकार महिलाको पेशागत अवस्थाबारेमा सञ्चारिका समुहले २०७२ सालमा गरेको अध्ययनको प्रतिबेदन बिहिबार ललितपुरमा सार्वजनिक गर्दै पत्रकार महिलाको संख्या नेपालमा न्युन रहेको जनाएको छ ।
सञ्चारिकाले नौं सय सात सञ्चारगृहमा अध्ययन गरेको छ । ति सञ्चारगृहमा कार्यरत सात हजार छौ सय ५० पत्रकार पत्रकार मध्ये पुरुषको संख्या पाँच हजार सात सय ११ जना र महिला पत्रकारको संख्या एक हजार नौं सय ३९ जना रहेको सञ्चारिकाको अध्ययन प्रतिबेदनले देखाएको छ । अध्ययन अनुसार २५.३ प्रतिशत मात्रै पत्रकार महिला रहेको देखिएको छ ।
अध्ययन अनुसार रेडियोमा कार्यरत कुल पत्रकारमध्ये ४६.५ प्रतिशत पत्रकार महिला छन् । तर रेडियोमा कार्यरत महिला र पुरुष पत्रकारको संख्या दुई हजार पाँच सय ६२ जना रहेको छ ।
यसैगरी िछापामाध्यममा कार्यरत चार हजार एक सय २६ पत्रकार मध्ये ४० प्रतिशत मात्रै पत्रकार महिला रहेका छन् । यस्तै नेपालभरमा टिभीमा कार्यरत सात सय ४९ पत्रकारमध्ये ११.३ प्रतिशत पत्रकार महिला रहेका छन् । अनलाईनमा कार्यरत कुल दुई सय २३ पत्रकार मध्ये १.६ प्रतिशत पत्रकार महिला रहेका छन् ।
अध्ययन अनुसार ६२ प्रतिशत रेडियो, २२.६ प्रतिशत छापामाध्यम, १०.७ प्रतिशत टिभी र ७ प्रतिशत पत्रकार महिला अनलाईनका रहेका छन् । अध्ययन प्रतिबेदन अनुसार पत्रकार महिलाहरुमा सबैभन्दा बढी सहभागिता बाहुन र क्षेत्रीय जातीका रहेका छन् ।
सबैभन्दा थोरै पत्रकार महिला दलित समुदायका रहेका छन् । दलित पत्रकार महिला ६.३ प्रतिशत रहेको छ । मधेसी पत्रकार महिला ६.६ प्रतिशत रहेको छ भने जनजाती समुदायका पत्रकार महिला २४.५ प्रतिशत रहेको सञ्चारिकाले जनाएको छ ।
सञ्चारिकाको अध्ययन प्रतिबेदन अनुसार सञ्चारमाध्ययमका व्यवस्थापकीय तथा नेतृत्वदायी पदमा भने महिलाको सहभागिता धेरै नै न्युन रहेको छ । देशभरका कुल ५३ प्रधानसम्पादकमध्ये ११.३ प्रतिशत मात्रै पत्रकार महिला रहेका छन् । ३७ कार्यकारी सम्पादक÷प्रबन्ध सम्पादकमध्ये १०.८ प्रतिशत र आठ सय ९४ सम्पदाकमध्ये १५.१ प्रतिशत मात्रै पत्रकार महिला रहेका छन् ।
कार्यस्थलको बाताबरण महिलाका लागि अुनुकुल नभएको र सहकर्मी तथा अग्रजहरुबाट पत्रकारले महिलासंग उचित व्यवहार नगर्ने गुनासा आईरहेका बेला अनुसन्धानले पछिल्लो समय यसमा सुधार हुदै गएको देखाएको छ ।
७३.३ प्रतिशत उतरदाता महिला पत्रकारले आफ्ना सहकर्मीले सहयोगी व्यवहार गरेको बताएका छन् । तर ४१ प्रतिशत उतरदाता पत्रकार महिलाहरुले अग्रज तथा बरिष्ठहरुको व्यवहारका बारेमा बोल्न नचाहेको अध्ययन प्रतिबेदनमा उल्लेख गरिएको छ ।
सञ्चारिका समुहका अध्यक्ष निर्मला शर्माले एक कार्यक्रमका बीचमा सार्वजनिक गरेको सो प्रतिबेदनप्रति सरोकारवालाहरुले टिप्पणी गरेका थिए । बिभिन्न बिषयलाई समेटेर पत्रकार लक्ष्मी बस्नेतले एक कार्यपत्र सार्वजनिक गरेकी थिईन् ।
काठमाडौंका बिभिन्न मिडियाका सञ्चालक, सम्पादक, वरिष्ठ पत्रकार सहित सरोकारवालाहरुले सार्वजनिक प्रतिबेदनप्रति आफ्ना रायसल्ला दिदै पत्रकार महिलाको संख्या, गुणस्तर, सुरक्षा लगायतका बिषयमा धारणा राखेको सञ्चारिकाका प्रतिमा सिलवालले बताईन् ।
सञ्चारिकाले पत्रकार महिलाको हकहितमा कार्यरत संस्था हो । पत्रकार महिलाको हकहित, सुरक्षा, गुणस्तर लगायतका बिषयमा कार्यरत सञ्चारिकाले पत्रकार महिलालाई सम्पादन कक्षमै बढी जिम्मेवारी दिनमा जोड दिएको छ । राजनीति, अर्थ, परराष्ट्र लगायत महत्वपुर्ण बिटमा पत्रकार महिलाको संख्या न्युन रहेकोमा उसले यसक्षेत्रमा संख्या बढाउँनुपर्नेमा जोड दिएको छ ।
Comments
Post a Comment