पहिले प्रदेशको निर्वाचन गर्नुपर्ने फोरम नेपाल र नयाँ शक्तिको माग

काठमाडौं, १ साउन

संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालले केन्द्रीय संसदको निर्वाचन अघि प्रदेशको निर्वाचन गर्न माग गरेका छन् । 

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आईतबार संयुक्त बिज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन् । 

संघीय व्यवस्थाको प्रणालीमा राज्यप्रवेश गरिसकेको अवस्थमा फेरी व्यवस्थापिका संसदको निर्वाचन पुरानै २४० अनुरुप नै गर्ने आश्यका वार्ताहरुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै प्रतिकूल प्रभाव पार्ने भएकाले फोरम र नयाँ शक्तिले प्रदेशको चुनावपहिले नै गर्नुपर्ने माग गरेका हुन् । 
दुबै पार्टीले तत्कालै निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न माग गरेका छन् । संसद र प्रादेशिक निर्वाचन क्षेत्र निर्धारण कार्य सुरु गरेर प्रदेशको निर्वाचन पहिले गर्नुपर्ने माग दुबै पार्टीले गरेको छ । 
राज्यपुनर्संरचनाको कुनै पनि बहस हुँदा आन्दोलनका उपलब्धिहरुबाट पछि हट्न नपाइने चेतावनी दिदै राष्ट्रिय एकतालाई असर पार्ने कुनै पनि कार्य आफ्नो पार्टीलाई स्वीकार्य नहुने जनाएका छन् । 
साथै देशको समस्या समाधानका लागि अल्झिएर थाती रहेको संबिधान संशोधन बिषयलाई सम्बन्धित पक्षसंग बार्ता गरेर तत्काल टुंगोमा पुर्याउँन दुई पार्टीले माग गरेका छन् । 

सदनमा समेत टेबुल गरिएको संविधान संशोधनको विषयलाई आवश्यक परिमार्जन सहित संशोधन गरी टुंग्याएर मात्रै अगामी निर्वाचनहरुका लागि सहज वातावरण बन्ने ठहर उनीहरुको रहेको छ । संशोधन प्रक्रियालाई अल्झयाएर राख्नाले गम्भीर राजनीतिक संकट ल्याउन सक्ने आशंका फोरम र नयाँ शक्तिले गरेको छ । 
नेपाली जनताले लामो संघर्ष गरेर प्राप्त गरेको संघीयता, गणतन्त्र, धर्मनिरेपक्षता, समावेशिता आदि जस्ता विषयलाई नकारात्मक प्रभाव पार्ने र उल्ट्याउन खोज्ने कुनै पनि गतिविधि आफ्नो पार्टीलाई स्वीकार्य नहुने स्पष्ट गरेका छन् । 

Comments

Popular posts from this blog

राजपा सहित गठबन्धनद्धारा निर्वाचन बिथोल्न आन्दोलनको घोषणा

नेकपा एकता कार्यदल , तोकिएकै समयमा आएन प्रतिबेदन

फोरम नेपालको निष्कर्षः काँग्रेस, माओबादी ‘सम्झौताबादी’, एमाले ‘मण्डले, खोक्रो राष्ट्रबाद’