जनप्रतिनिधिलाई प्रशिक्षण दिदै एमाले
सुभाष साह
काठमाडौं, ३ साउन
नेकपा एमालेले स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिलाई प्रशिक्षण दिदैछ । स्थानीय तह सञ्चालन गर्न आईपर्ने बिभिन्न समस्या समाधान गर्ने उदेश्य प्रशिक्षणको आयोजना गर्न लागिएको एमालेले जनाएको छ ।
एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार बसेको सचिवालय बैठकले पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यतालिका बनाएको छ । पार्टी महासचिव ईश्वर पोखरेलले हालै सम्पन्न स्थायी कमिटीको बैठकको निर्णय अनुसार प्रशिक्षण दिन लागिएको बताएका छन् ।
महासचिव पोखरेलको अध्यक्षतामा बसेको सचिवालय बैठकले जनप्रतिनिधिलाई स्थानीय तहको वित्त व्यवस्थापन, विकास निर्माण, स्रोत परिचालन, कानुनी प्रबन्ध लगायत राजनीतिक दायित्वका बारेमा विषय विज्ञ सहित पार्टी नेता समेतले प्रशिक्षण दिने निर्णय भएको छ ।
स्थानीय तहको निर्वाचन सम्पन्न भएको तहमा एमाले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुका लागि साउन महिनाभित्र अभिमुखीकरण तथा प्रशिक्षण दिने एमालेको स्थायी कमिटी बैठकले गत आईतबार गरेको थियो ।
एमाले सचिव एवं प्रचार बिभागका प्रमुख योगेश भट्टराईले प्रदेश नम्बर १ मा २१ र २२ साउनमा प्रदेश नम्बर ३ मा २७ र २८ साउन, प्रदेश नम्बर ४ मा २७ र २८ साउन, प्रदेश नम्बर ५ मा १० र ११ साउन, प्रदेश नम्बर ६ मा २९ र ३० साउन र प्रदेश नम्बर ७ मा ७ र ८ साउनमा प्रशिक्षण दिने निर्णय भएको बताएका छन् ।
सम्बन्धित प्रदेश संगठन कमिटीको व्यवस्थापनमा प्रशिक्षण कार्यक्रम हुने एमालेले जनाएको छ । आवश्य सम्पुर्णय तयारी एवं व्यवस्थापा प्रदेश कमिटीलाई गर्न पार्टीले निर्देशन दिईसकेको छ ।
प्रशिक्षण कार्यक्रम पार्टी कमिटीको नगरपालिका, गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरू, निर्वाचित नगरपालिका, गाउ“पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख एवं उपप्रमुखमा कुनै एकमात्र निर्वाचित भएमा सम्बन्धित तहबाट थप एकजना निर्वाचित बरिष्ठतम वडाध्यक्ष, प्रमुख र उपप्रमुख निर्वाचित नभएको स्थानीय तहभएमा सो तहबाट दुईजना बरिष्ठतम वडाध्यक्षहरू सहभागि हुनुपर्ने मापदण्ड सचिवालय बैठकले बनाएको छ ।
यसैगरी सोही प्रशिक्षणमा पार्टीका जिल्ला कमिटीका अध्यक्ष, स्थानीय निकाय विभाग प्रमुखहरू र प्रदेश संगठन कमिटीका स्थानीय निकाय विभाग प्रमुखहरू, पार्टीका जिल्ला इन्चार्जहरू, सम्बन्धित प्रदेश अन्तर्गतका व्यवस्थापिका–संसद्का सदस्यहरू समेत सहभागि हुनुपर्ने एमालेले जनाएको छ ।
Comments
Post a Comment