राप्रपा नेताहरु संशोधनको पक्षमा
सुभाष साह,
काठमाडौं, ५ साउन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अधिकांश केन्द्रीय सदस्य संबिधान संशोधनको पक्षमा उभिएका छन् । जारी केन्द्रीय समितिको बैठकमा बिहिबार आफ्नो धारणा राख्दै केन्द्रीय सदस्यहरुले देशको समस्या समाधान गर्न संशोधन गर्नुपर्ने आवश्यक्ता औल्याएका छन् ।
राप्रपा सहप्रवक्ता मोहन श्रेष्ठले बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरु संशोधनको पक्षमा आफ्नो धारणा राखेको बताएका छन् । जारी बैठकमा ८६ केन्द्रीय सदस्यले धारणा राखेका छन् । त्यसमा अधिकांशले संशोधनको पक्षमा मत राखेको उनले बताएका छन् ।
यसैगरी सम्मानजनक स्थान पाए सरकारमा सहभागि हुने नेताहरुले बताएका छन् । आफ्नो धारणा राख्ने क्रममा उनीहरुले सम्मानजनक स्थान पाए प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागि हुनुपर्ने बताएका छन् ।
राप्रपा अध्यक्ष कमल थापाले बैठकमा राजनीतिक कार्यपत्र, महामन्त्री जयन्त चन्दले सचिवालय संगठन सम्वन्धिकार्य पत्र, अर्का महामन्त्री धु्रवबहादुर प्रधानले स्थानीय तह निर्वाचनका विषयमा र कोषाध्यक्ष उद्धब पौडेलले पार्टीको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
अध्यक्ष थापाले केन्द्रिय सदस्य मनोनयन गरे देखि नै असन्तुष्ट रहँदै आएका वरिष्ठ नेता पशुपतिशमशेर राणा भने बैठकमा अनुपस्थित रहेका छन् । स्वास्थ्यका कारण उनी उपस्थित हुन नसकेको बताउँदै शुक्रबारको बैठकमा सहभागि बताईएको छ ।
राप्रपा केन्द्रीय कमिटीको बैठकले नर्भिकमा उपचार गराईरहेका पुर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्य लाभको कामना सम्बन्धी प्रस्ताव सर्वसहमले पारित गरेको छ ।
बिहिबारको बैठक सकेर पार्टी अध्यक्ष थापाले शाहलाई भेटन नर्भिक पुगेका छन् । शाहलाई भेटदै थापाले स्वास्थ्यलाभको कामना गरेका छन् ।
Comments
Post a Comment