राजपा नेपाल भित्रको आन्तरिक बिबाद मिलाउँन केन्द्रीय कमिटीको बैठक बस्दै


सुभाष साह,
काठमाडौं, ५ साउन 

राष्ट्रिय जनता पार्टी नेपाल भित्र देखिएको आन्तरिक बिबादको बिषयमा छलफल गर्नका लागि केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ । 

बिजुलीबजार स्थित पार्टी कार्यालयमा बिहिबार बसेको राजपा नेपाल अध्यक्ष मण्डलको बैठकले पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउँने बिषयमा छलफल गरेको छ । 

अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाउँने बिषयमा बिहिबार अध्यक्ष मण्डलका बीचमा छलफल भए पनि निर्णय हुन नसकेका बताएका छन् । 

बैठकमा साउन महिनाको दोस्रो हप्तामा पार्टी पदाधिकारी बैठक र तेस्रो हप्तामा केन्द्रीय कमिटी बैठक बस्ने बिषयमा छलफल भएको र शुक्रबार बस्ने अध्यक्ष मण्डलको बैठकले मिति तोक्ने महतोले बताएका छन् । 

राजपा नेपालमा हाल केन्द्रीय पदाधिकारी १ सय ३४ रहेका छन् भने, केन्द्रीय सदस्य ८ सय १५ जना रहेका छन् । पार्टी सञ्चालन, महत्वपुर्ण निर्णय लगायतका बिषयमा राजपा भित्र बिबाद भएपछि अध्यक्ष मण्डलले पदाधिकारी र केन्द्रीय कमिटीको बैठक बोलाएर निकास खोज्ने प्रयास थालेको हो । 

राजपा नेपालका सहअध्यक्ष हृदयेश त्रिपाठी, संसदीय दलका नेता बृजेश गुप्ता, सर्वेन्द्रनाथ शुक्ला लगायतका नेताहरुले गत १ साउनमा भैरहवामा भेला गरेर पार्टी निर्वाचन आयोगमा दर्ता गर्दा बिधान, घोषणापत्र लगायतका बिषयमा छलफल नभएको भन्दै असन्तुष्टि व्यक्त गरेपछि अध्यक्ष मण्डलले केन्द्रीय कमिटीको बैठक बोलाउँन लागेको हो । 

त्रिपाठी, गुप्ता, शुक्ला लगायतका नेताहरुले १५ साउन भित्रमा केन्द्रीय कमिटी बोलाउँन आग्रह गरेका थिए । उनीहरुको आग्रह पश्चात पार्टीको बिधान, घोषणापत्र, आर्थिक नियमावली, निर्देशिका लगायतका बिषयमा बिस्तृत छलफल गर्न केन्द्रीय कमिटीको बैठकको तयारी पार्टीले गरेको छ । 

बिहिबार बसेको बैठकमा पार्टीको आन्तरिक गतिबिधिको बिषयमा मात्रै छलफल भएको अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले बताएका छन् । पछिल्लो समय पार्टी भित्रै केही नेताहरुको असन्तुष्टि बाहिर आएपछि सोको बिषयमा छलफल गर्न बैठक बोलाउँन लागिएको उनले बताएका छन् । 

बैठकमा पार्टीको आन्तरिक गतिबिधिका साथै पछिल्लो राजनीति लगायतका बिषयमा छलफल हुने राजपाले जनाएको छ । 

Comments

Popular posts from this blog

राजपा सहित गठबन्धनद्धारा निर्वाचन बिथोल्न आन्दोलनको घोषणा

नेकपा एकता कार्यदल , तोकिएकै समयमा आएन प्रतिबेदन

फोरम नेपालको निष्कर्षः काँग्रेस, माओबादी ‘सम्झौताबादी’, एमाले ‘मण्डले, खोक्रो राष्ट्रबाद’