मन्त्रीपरिषद बिस्तारको तयारीमा प्रधानमन्त्री : मधेसवादी दललाई सहभागिता गराउँन लिखित राजनीतिक सहमती हुने
सुभाष साह काठमाडौं, १५ फागुन प्रधानमन्त्री केपी शर्मा ओलीले यही एक सात्ताभित्रमा सरकारलाई पुर्णता दिने तयारीमा जुटेका छन् । प्रधानमन्त्रीमा पद तथा गोपनियताको सपथ लिएसंगै तीन सदसीय मन्त्रीपरिषद बिस्तार गरेका उनले सोमबार चार जना मन्त्री नियक्त गर्दै सात सदसीय मन्त्रीपरिषद निर्माण गरेका छन् । एमाले र माओवादी केन्द्रको वामगठबन्धनबाट प्रधानमन्त्री भएका ओलीले सरकारमा राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाललाई पनि सम्मानजनक स्थान दिने तयारी गरेका छन् । प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले एक साताभित्रमा सरकारले पुर्णता पाउँने बताए । सरकारलाई पुर्णता दिनका लागि सत्तासाझेदार माओवादी केन्द्रका साथै राजपा नेपाल र फोरम नेपालसंग निरन्तर छलफल चलिरहेको उनले बताए । ‘एक सात्ताभित्रैमा सरकारले पुर्णता पाउँछ, छलफल चलिरहेको छ’ प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार रिमालले भने, ‘काँग्रेस बाहेक अरु सबै दलसंग छलफल भईरहेको छ, अहिले सम्म भएको छलफल सकारात्मक रहेकाले छलफल भईरहेका दलहरु सहितको सम्मानजनक सहभागिता गराएर सरकार बिस...