संघीय सरकारमा १७ मन्त्रालय पारित :प्रधानमन्त्री ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल


सुभाष साह
काठमाडौं, ११ फागुन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय बाहेक अब संघीय सरकारमा अब १७ वटा मन्त्रालय रहने भएको छ । बिभिन्न ३० मन्त्रालयलाई सम्बन्धित एकआपसका मन्त्रालयमा गाभेर १७ मन्त्रालय रहने निर्णय मन्त्रीपरिषद बैठकले गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटरमा शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले संघीय सरकारमा १७ मन्त्रालय रहने निर्णय गरेको जनसंख्या तथा बातावरण मन्त्री लालबाबु पण्डितले बताए । यस अघि प्रधानमन्त्री सहित केन्द्रीय सरकारमा ३० वटा मन्त्रालय रहेको थियो ।

‘मन्त्रिपरिषद बैठकले संघीय सरकारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय बाहेक १७ मन्त्रालय रहने निर्णय गरेको छ’ पण्डितले भने, ‘यस अघि प्रधानमन्त्री सहित ३० मन्त्रालय रहको थियो, अब सरकारको काम दुत गतिमा प्रभावकारी रुपमा अगाडी बढनेछ ।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्वशासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन, मन्त्रिपरिषद्को सचिवालय, जनशक्ति व्यवस्थापन रहने छ । मन्त्रीपरिषद बैठकको निर्णय अनुसार अब उधोग, बाणिज्य तथा आपुर्ति मन्त्रालय गाभेर उधोग, बाणिज्य र आपुर्ति मन्त्रालय हुनेछ । कृषी, पशु बिकास र भूमीसुधार मन्त्रालय गाभिएर कृषी, सहकारी तथा भूमिव्यवस्था मन्त्रालय बन्नेछ ।

सिँचाई, उर्जा र खानेपानीलाई गाभेर जलस्रोत तथा उर्जा मन्त्रालय बन्नेछ । वन र वातावरण मन्त्रालय गाभेर वन तथा बातावरण मन्त्रालय हुनेछ । यसैगरी अर्थ मन्त्रालय अब अर्थ नीति तथा योजना मन्त्रालय रहने छ । यसैगरी कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र ऐन नियम कानुन, संसदीय मामिला हुने व्यवस्था गरिएको छ ।

गृह मन्त्रालय अब गृह, तथा शान्ति व्यवस्था मन्त्रालय रहनेछ । परराष्ट्र मन्त्रालय अब परराष्ट्र मामिला मन्त्रालय हुनेछ । यसैगरी भौतिक पूर्वाधार तथा यातायात र सडक, यातायात र आवास मन्त्रालय, रक्षा मन्त्रालय रहने छ ।

संस्कृति पर्यटन, नागरिक उड्ययन मन्त्रालय अब कला संस्कृति, पर्यटन, नागरिक तथा हवाई उड्ययन मन्त्रालय, स्वास्थ्य तथा जनसख्ंया  अब स्वास्थ्य, जनसंख्या सम्बन्धी मन्त्रालय बन्नेछ ।
शहरी विकास तथा खानेपानी अब शहरी विकास, योजना तथा खानेपानी सम्बन्धी मन्त्रालय भएको छ । सञ्चार तथा सूचना प्रविधि अब सूचना, सञ्चार एवं प्रविधि सम्बन्धी मन्त्रालय भएको छ ।  संघीय मामिला तथा सामान्य प्रशासन अब स्थानीय, संघीय विकास, कर्मचारी तथा जनशक्ति व्यवस्थापन मन्त्रालय भएको छ ।



संघीय सरकारमा रहने मन्त्रालयहरुः 


१ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन, मन्त्रिपरिषद्को सचिवालय, जनशक्ति व्यवस्थापन

२. अर्थ नीति तथा योजना

३. उद्योग वाणिज्य र आपूर्ति सम्बन्धी कार्य

४. ऐन नियम कानुन, संसदीय मामिला

५. कृषि पशुपालन सहकारी तथा भूमिसुकार

६. गृह, तथा शान्ति व्यवस्था

७. सिंचाई, उर्जा, खानेपानी, जल उत्पन्न प्रकोप

८. परराष्ट्र मामिला

९.वन, वातावरण, भुसंरक्षण, जलाधार, जल तथा मौसम विज्ञान

१०.सडक, यातायात र आवास

११. महिला जेष्ठ नागरिक, तथा बालबालिका, श्रम तथा रोजगार सम्बन्धी कार्य

१२. रक्षा सम्बन्धी

१३. शिक्षा, विज्ञान, युवा, खेलकुद गतिविधि सम्बन्धी कार्य

१४. कला संस्कृति, पर्यटन, नागरिक तथा हवाई उड्ययन

१५. स्वास्थ्य, जनसंख्या सम्बन्धी कार्य

१६ शहरी विकास, योजना तथा खानेपानी सम्बन्धी

१७ सूचना, सञ्चार एवं प्रविधि सम्बन्धी कार्य

१८ स्थानीय, संघीय विकास, कर्मचारी तथा जनशक्ति व्यवस्थापन



राजनीतिक सल्लाहकारमा रिमाल

मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार एमाले नेता विष्णु रिमाललाई नियुक्त गरेको मन्त्री थममाया थापाले बताईन् । एमाले पोलिटव्युरो सदस्य रिमाल यस अघि पनि पहिलो चोटी प्रधानमन्त्री हुँदा ओलीका प्रमुख राजनीतिक सल्लाहकार थिए ।

रिजाल अखिल नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष एवं सबिधानसभाका पुर्व सभासद हुन् ।

Comments

Popular posts from this blog

राजपा सहित गठबन्धनद्धारा निर्वाचन बिथोल्न आन्दोलनको घोषणा

नेकपा एकता कार्यदल , तोकिएकै समयमा आएन प्रतिबेदन

फोरम नेपालको निष्कर्षः काँग्रेस, माओबादी ‘सम्झौताबादी’, एमाले ‘मण्डले, खोक्रो राष्ट्रबाद’