ओली मन्त्रीपरिषदको नियमित पहिलो बैठक निर्णय नै गोप्य
सुभाष साह
काठमाडौं, ६ फागुन
प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीपरिषदको नियमित पहिलो बैठकको निर्णय नै गोप्य राखिएको छ । आईतबार बसेको नियमिति पहिलो मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न नमिल्ने मन्त्रीहरुले बताए ।
जनसंख्या तथा बातावरण मन्त्री लालबाबु पण्डितले मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्न नमिल्ने बताए । मन्त्रीपरिषद बैठकले के निर्णय गर्यो भन्ने राजधानी दैनिकको प्रश्नमा मन्त्री पण्डितले अहिले सार्वजनिक गर्न नमिल्ने बताए ।
‘मन्त्रीपरिषद बैठकले केही महत्वपुर्ण निर्णय गरेकोछ, तर त्यो अहिले नै सार्वजनिक गर्न मिल्दैन्’ पण्डितले भने, ‘अहिले सार्वजनिक गर्नैपर्छ भन्ने छैन्, जनताले पछि थाहा पाईहाल्छन नी, हामी ४८ घण्टा पछि सार्वजनिक गर्छौ, अहिले सार्वजनिक गर्न मिल्दैन् ।’
मन्त्रीपरिषद बैठकले निर्णय गर्न बितिकै सार्वजनिक गर्नुपर्ने आवश्यक नभएको बताउँदै उनले ४८ घण्टा पछि सार्वजनिक गर्ने बताए । सरकारले केही महत्वपुर्ण बिषयमा छलफल गरेर आवश्यक निर्णय गरेको उनले बताए ।
महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापाले मन्त्रीपरिषद बैठकले महत्वपुर्ण निर्णय गरेको स्वीकार गरिन् । तर ति निर्णय भन्न नमिल्ने उनले बताईन् । मन्त्रीपरिषदको पहिलो नियमित बैठकले केही महत्वपुर्ण निर्णय गरे पनि त्यो अहिले नै सार्वजनिक गर्न नमिल्ने उनले बताइ्र्रन् ।
‘मन्त्रीपरिषदको बैठकले केही महत्वपुर्ण निर्णय गरेको छ, तर अहिले नै भन्न मिल्दैन्’ राजधानी दैनिकसंग मन्त्री थापाले भनिन्, ‘मन्त्रीपरिषद बैठकले केही महत्वपुर्ण निर्णय गरेकै हो, तर सार्वजनिक गर्न मिल्दैन्, २÷४ दिन पछि सबैले थाहा पाउँनेछन् ।’
अतिआवश्यक बिषयमै बैठकमा छलफल भएको बताउँदै उनले २÷४ दिन पछि सबैले सो निर्णय थाहा पाउँने भन्दै भएको निर्णय सार्वजनिक गर्न नमिल्ने बताईन् ।
प्रधानमन्त्री ओली सपथ खाएकै दिन बसेको पहिलो बैठकको निर्णय भने सार्वजनिक गरिएको थियो । मन्त्रीपरिषद बैठकको पहिलो निर्णय लिखित रुपमै सार्वजनिक भएको थियो ।
प्रधानमन्त्रीका निजि सचिवालयले मन्त्रीपरिषद बैठकबाट महत्वपुर्ण निर्णय भएको बताउँदै सार्वजनिक गर्न नमिल्ने जनाएको छ ।
आयोग उपाध्यक्ष वाग्लेको राजिनामा स्वीकृत
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेले दिएको राजिनामा मन्त्रीपरिषद बैठकले स्वीकृत गरेको छ । आयोगका उपाध्यक्ष वाग्लेले विगतमा गरेका कामप्रति धन्यवाद दिँदै मन्त्रीपरिषद बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।
जनसंख्या तथा बातावरण मन्त्री लालबाबु पण्डितले आयोगका उपाध्यक्ष वाग्लेले दिएको राजिनामा मन्त्रीपरिषद बैठकले स्वीकृत गरेको बताए । आजका मितिसम्म वाग्लले पदमा रही गरेको काम प्रति धन्याबाद दिदै उनको राजिनामा स्वीकृत भएको मन्त्री पण्डितले बताए ।
ओली बालुवाटारमा
प्रधानमन्त्री केपी शर्मा ओली आइतबार प्रधानमन्त्री निवास बालुवाटार भित्रिएका छन् । गत बिहीबार प्रधानमन्त्री चयन भएका ओली बालुवाटार भित्रिनुभन्दा अघि सम्म भक्तपुर बालकोटस्थित निजी निवासमा बस्दै आएका थिए ।
ओलीले पहिलो पटक प्रधानमन्त्री पदबाट राजीनामा दिई बालुवाटारबाट बाहिरिने क्रममा २०७३ साउन १९ मा बालुवाटारको बगैंचामा पीपलको बिरुवा रोपेका थिए । दोस्रो पटक प्रधानमन्त्री बनेर बालुवाटार प्रवेश गरेर उनले पहिलो काम त्यही बिरुवामा पानी हालेका छन् ।
Comments
Post a Comment