मन्त्रालयको बाँडफाँट नमिल्दा सरकार बिस्तारमा ढिलाई : फोरमलाई समेत सरकारमा सहभागि गराउँन छलफल शुरु

सुभाष साह
काठमाडौं, ९ फागुन

एमाले र माओवादी केन्द्र बीचमा मन्त्रालय भागबण्डा र मन्त्रालयको संख्यामा सहमती हुन नसक्दा मन्त्रीपरिषद बिस्तारमा ढिलाई भएको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका बीचमा मन्त्रिपरिषद बिस्तारको बिषयमा छलफल भए पनि सहमती हुन सकेको छैन् । 

मन्त्रीपरिषद बिस्तारका लागि प्रधानमन्त्री निवास बालुवाटरमा बुधबार ओली र दाहालका बीचमा मन्त्रालयको भागबण्डा र मन्त्रालयको संख्याको बिषयमा छलफल भएको छ । तर सहमती हुन सकेको छैन् । 

एमाले सचिव प्रदिप ज्ञवालीले मन्त्रालयको संख्या र र वरियताको बिषयमा छलफल भईरहेको बताए । एमाले १५ भन्दा बढी मन्त्रालय नराख्ने पक्षमा रहेको बताउँदै उनले दुई दलका बीचमा मन्त्रीको संख्या र मन्त्रालयको वाँडफाँटमा छलफल भईरहेको बताए । 

‘एमाले र माओवादी केन्द्रका बीचमा मन्त्रालयको संख्या र मन्त्रालय वाँडफाँटको बिषयमा छलफल भईरहेको छ’ ज्ञावालीले भने, ‘दुई दलका बीचमा छलफल भईरहेका मन्त्रालयको संख्या र मन्त्रालय वाँडफाँडमा टुंगो लागेर मन्त्रीपरिषद बिस्तार हुन्छ ।’ 

गहृ, अर्थ सहित महत्वपुर्ण मन्त्रालयहरु कुन दलले लिने लगायतका बिषयमा छलफल भईरहेको छ । साथै मन्त्रालयको संख्या १५ देखी १८ को बीचमा राख्ने बिषयमा समेत छलफल जारी रहेको छ । 

एमाले र माओवादीबाट को को मन्त्री हुने भन्ने बिषयमा अहिले नै टंगो लागिनसकेको बताउँदै उनले मन्त्रालयको संख्या र बाँडफाँट लगतै सोको बारेमा निर्णय हुने बताए । 

फोरम नेपाललाई सरकारमा ल्याउँने प्रयास

एमालेले संघीय समाजबादी फोरम नेपाललाई सरकारमा सहभागि हुन् प्रस्ताव गरेको छ । एमालेको प्रस्ताव सरकात्मक रुपमा लिएको फोरम नेपालले संबिधान संशोधन गर्नुपर्नेप शर्त अघि सारेको छ । 

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बसेको दुई दलको बैठकमा फोरमले संबिधान संशोधनका लागि एक कार्यदल गठन गर्नुपर्ने प्रस्ताव गरेको छ । 
एमालेबाट प्रदिप ज्ञवाली र स्थायी कमिटीका सदस्य सुबासचन्द्र नेम्वाङ तथा फोरम नेपालबाट वरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र महासचिव रामसहाय यादव छलफलमा सहभागि थिए । 

फोरम नेपालका महासचिव रामसहाय यादवले दुई दलका बीचमा सरकारमा सहभागिता र संबिधान संशोधनको बिषयमा छलफल भएको बताए । छलफल पश्चात आ–आफ्नो दलमा  छलफल गरेर पुन अर्को बैठक गर्ने सहमती भएको उनले बताए । 

‘एमाले र फोरमका बीचमा सरकारमा सहभागिता र संबिधान संशोधनको बिषयमा छलफल भएको छ, आ–आफ्नो दलमा छलफल गरेर पुन अर्को बैठक बस्ने सहमती भएको छ’ यादवले भने, ‘उहाँहरु एमाले संशोधनको बिरोधमा पहिला पनि नभएको र अहिले पनि नभएकाले थप छलफल गर्दै सहकार्य गरेर अगाडी बढन प्रस्ताव गर्नुभएछ ।’

संबिधान संशोधनीय बिषय भएकाले आवश्यक्ता र औचित्यका आधारमा संशोधन गर्न सकिने भन्दै एमालेले पार्टीमा छलफल गरेर दुई दलका बीचमा अर्को बैठक गर्ने पुन बस्ने उनले बताए  । 

संबिधानमा भएको कमजोरीकै कारण सांसदहरुले निर्वाचन भएको लामो समयसम्म सथप नखाएको, सरकार निर्माणमा ढिलाई भएको लगायतका कारणले संबिधान संशोधन गर्नैपर्ने तर्क पेश गरेका थिए । 

एमाले स्थायी कमिटीका सदस्य सुबासचन्द्र नेम्वाङले दुई दलका बीचमा प्राप्त जनादेश अनुसार सहकार्य गरेर अगाडी बढने बिषयमा छलफल भएको बताए । ताजा जनादेश अनुसार एमालेले फोरमसंग सहकार्य गर्दै जनताको समृद्धिको चाहना पुरा गर्न छलफल गरिरहेको उनले बताए । 

‘ताजा जनादेश अनुसार जनताको समृद्धिको चाहना पुरा गर्न जनादेश पाएका दलका बीचमा सहकार्यको आवश्यक्ता छ’ नेम्वाङले भने, ‘दुई दलका बीचमा अगामी दिनमा हुन सक्ने सहकार्यका बीचमा छलफल भएको हो ।’ 

एमाले र फोरमका बीचमा भएको छलफल सकारात्मक रुपमा अगाडी बढेको दुबै दलका नेताले दावी गरेका छन् । 

पछिल्लो समय एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले फोरम अध्यक्ष उपेन्द्र यादवसंग पनि गोप्य रुपमा छलफल गर्दै आएका छन् । प्रधानमन्त्री बन्नु अघि ओलीले निजि निवास बालकोटमा यादवसंग छलफल गरेका थिए । पछिल्लो समय प्रधानमन्त्री भएपछि ओलीले प्रधानमन्त्री निवास बालुवाटारमै यादवसंग सरकारमा सहभागि हुने बिषयमा छलफल गरेका छन् । 

छलफलमा प्रधानमन्त्री ओलीले यादवलाई सरकारमा सहभागि हुनका लागि प्रस्ताव गर्दै गर्दा फोरम अध्यक्ष यादवले संबिधान संशोधनको सर्त अगाडी सार्ने गरेका छन् । सोही अनुसार दुई दलको छलफल अगाडी बढेको छ । 



Comments

Popular posts from this blog

नेकपा बैठक अनिश्चित, एकता प्रतिबेदन ‘भद्रगोल’ र ‘बिवादित’ एवं शिर्ष नेता बिदेश भ्रमणमा

मधेस बिरोधी भनि व्याख्या गरिएको एमालेमै मधेसवादी दलका नेता प्रबेश गर्नेको होडबाजी

राजनीतिक पार्टीद्धारा कानून उल्लंघन, राष्ट्रिय दलले तिर्नुपर्ने जरिमाना डेढ करोड !