मधेसवादी सरकारमा जान सकारात्मक

सुभाष साह
काठमाडौं, १४ फागुन

राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाल वाम गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुन सकारात्मक देखिएका छन् । 
एमाले र माओवादी केन्द्रले संविधान संशोधन गर्न सोमबार मौखिक प्रतिबद्धता जनाएपछि मधेसवादी दल सरकारमा जान सकारात्मक भएका हुन् ।
मधेसवादी दलले आफ्नो पार्टीमा छलफल गर्दै निर्णय सार्वजनिक गर्ने भएका छन् । एमाले र माओवादीका नेताहरूसँग भएको छलफलपछि मधेसवादी दल सरकारमा जान सकारात्मक भएका हुन् । मन्त्रालयको बाँडफाँटमा सहमति जुटे मंगलबार संविधान संशोधनमा दुवैतर्फबाट लिखित सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । 
तर, मधेसवादी दलका नेताले अहिलेकै अवस्थामा सरकारमा सहभागी नहुने जनाएका छन् । संविधान संशोधनको अडानमा रहेका राजपा नेपाल र फोरम नेपालसँग संशोधनका लागि एमाले र माओवादीले लिखित प्रतिबद्धता गर्ने सहमति गरेका छन् । तर, मन्त्रालयको बाँडफाँटमा सहमति जुट्न सकेको छैन् । 
एमाले, माओवादी केन्द्र र मधेसवादी दलका नेताबीचमा भएको छलफलमा मधेसवादी दलका नेताले चार मन्त्रालयसहित उपराष्ट्रपति र उपसभामुखमध्ये एक पाउनुपर्ने दाबी गरेका छन् । 
तर, एमाले एक मन्त्री, एक राज्यमन्त्री दिन सहमत भएको छ । साथै, उपराष्ट्रपति र उपसभामुखमध्ये एक दिन सक्ने विषयमा दुवै दल सकारात्मक देखिएका छन् । 
मन्त्रिपरिषद् विस्तारसँगै सरकारमा संघीय समाजवादी फोरम नेपाललाई सहभागी गराउने प्रयास एमाले र माओवादी केन्द्रले गरेको थियो । तर, फोरमसँग कुरा नमिलेपछि फोरम सरकारमा सहभागी भएन । 
फोरम नेपाल स्रोतका अनुसार संविधान संशोधनमा एमाले र माओवादी केन्द्र सकारात्मक रहेका छन् । तर, संशोधनका विषयमा लिखित सम्झौता भएपश्चात शक्तिको बाँडफाँट गर्दै सरकारमा सहभागी हुन सकिन्छ । राजपा नेपालका महासचिव अजय गुप्ताले संविधान संशोधन नभई पार्टी सरकारमा नजाने बताए । 
एमाले स्थायी कमिटी बैठकले सरकारमा सहभागी गराउनका लागि फोरम र राष्ट्रिय जनता पार्टी नेपालसँग छलफल गर्नका लागि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई जिम्मेवारी दिएको थियो । 
यसबीचमा एमाले र फोरम नेताका बीचमा सरकारमा सहभागी हुने विषयमा छलफलसमेत भएको थियो । तर, फोरम नेताले संविधान संशोधनका लागि संयुक्त कार्यदल बनाउन प्रस्ताव गरेका थिए ।
सरकारमा सहभागी गराउनका लागि एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोरमका अध्यक्ष उपेन्द्र यादवसँग समेत छलफल गरेका थिए । 

Comments

Popular posts from this blog

राजपा सहित गठबन्धनद्धारा निर्वाचन बिथोल्न आन्दोलनको घोषणा

नेकपा एकता कार्यदल , तोकिएकै समयमा आएन प्रतिबेदन

फोरम नेपालको निष्कर्षः काँग्रेस, माओबादी ‘सम्झौताबादी’, एमाले ‘मण्डले, खोक्रो राष्ट्रबाद’