एमालेद्धारा मन्त्री छनौट गर्ने जिम्मेवारी ओलीलाई

सुभाष साह
काठमाडौं, ११ फागुन

एमाले स्थायी कमिटीको बैठकले मन्त्री छनौट गर्ने जिम्मेवारी पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको छ । 

प्रधानमन्त्री निवास बालुवाटरमा शुक्रबार बसेको स्थायी कमिटीको बैठकले मन्त्री छनौट गर्ने जिम्मेवारी पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई दिइएको छ । 

एमाले सचिव एवं प्रचार बिभाग प्रमुख योगेश भट्टराईले भुगोल, समावेशीता, क्षमता एवं पार्टीमा दिएको योगदान लगायतका आधारमा मन्त्री छनौट गर्ने जिम्मेवारी बैठकले पार्टी अध्यक्षलाई नै दिईएको बताए । बैठकमा मन्त्री छनौट, पार्टी एकता, मधेसवादी दललाई सरकारमा सहभागिताको बिषयमा छलफल भएको बताउँदै उनले मन्त्री छान्ने जिम्मेवारी अध्यक्षलाई दिएको बताए । 

‘बैठकमा मन्त्री छनौट, पार्टी एकता, मधेसवादी दललाई सरकारमा सहभागि गराउँने बिषयमा छलफल भयो’ भट्टराईले भने, ‘मन्त्री छनौट गर्ने जिम्मेवारी अध्यक्षलाई नै दिईएको, मधेसवादी दललाई सरकारमा सहभागि गराउँन छलफल गर्ने र पार्टी एकता गर्ने सहमतीको बैठकले अनुमोदन गरेको छ ।’

पछिल्लो समयमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपाल समेतसंग छलफल अगाडी बढाएर सरकारमा सहभागि गराउँने जिम्मेवारी ओलीलाई नै दिईएको उनले बताए । साथै बैठकले हालै एमाले र माओवादीका बीचमा पार्टी एकताका लागि गरेको सात बुन्दे सहमतीको अनुमोदन गरेको छ  । 

एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकताका लागि फागुन ७ गते भएको ७ बुन्दे सहमती सकारात्मक भएको निष्कर्ष निकाल्दै बैठकले थप छलफल अगाडी बढाउँदै पार्टी एकता टुंगो लगाउँन जोड दिएको छ । 

यसैगरी बैठकले एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकता प्रक्रिया अगाडी बढेकाले पार्टीको जनवर्गीय संगठनहरुका अधिबेशन, सम्मेलन नगर्ने निर्णय गरेको छ । जनसंगठनहरुको सम्मेलन वा अधिबेशन गर्ने मिति तोकिएको भए सोलाई स्थगीत गरिने उनले बताए । तर पार्टीको सदस्यता नविकरण, बिस्तार एवं आन्तरिक प्रशिक्षण जस्ता कार्य जारी नै राखिने निर्णय भएको बताए । 



Comments

Popular posts from this blog

राजपा सहित गठबन्धनद्धारा निर्वाचन बिथोल्न आन्दोलनको घोषणा

नेकपा एकता कार्यदल , तोकिएकै समयमा आएन प्रतिबेदन

फोरम नेपालको निष्कर्षः काँग्रेस, माओबादी ‘सम्झौताबादी’, एमाले ‘मण्डले, खोक्रो राष्ट्रबाद’