दुई दिनमा सरकार बिस्तार हुन्छ–प्रधानमन्त्री ओली


राजधानी समाचारदाता
काठमाडौ, ९ फागुन 

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिनभित्रमा सरकार बिस्तार हुने बताएका छन् । बुधबार काठमाण्डौको दहचोकमा पर्यटन उत्सवको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले भोली पर्सिमा सरकार बिस्तार हुने बताए । 
सरकारको अगामी हरेक पाईला विकासको बाटोमा हुने बताउँदै उनले सरकारको मुल प्राथमिकता नै समृद्धि र विकास भएको बताए । ‘मेरो हरेक पाइला विकाशका लागि र विकासको बाटोमा हुनेछ,  विकासका लागि हरेक जमिनको टुक्रा र हरेक थोपा पानीको पनि उपयोग हुन्छ’ प्रधानमन्त्री ओलीले भने ।
नेपालको ऐतिहासिक महत्वका किल्ला र गढीहरुको संरक्षण र पुननिर्माणको जिम्मा नेपाली सेनालाई दिने उनले बताए । ‘युद्धसँग जोडिएका ति किल्लाहरुको महत्व, अपनत्व, ऐतिहासिकता, दुःखकष्टसँग सेना जोडिएको हुन्छ’ प्रधानमन्त्री ओलीले ‘यस कामका लागि सरकारको पूर्ण सहयोग हुन्छ तर त्यसको अगुवाइ सेनाले गर्छ ।’
दहचोक मै  रहेको नेपाल एकिकरणका एक सारथी कालु पाण्डेको समाधिस्थलमा माल्यापर्ण गरेपछि महोत्सवको उद्ध्घाटन गर्न पुगेका उनले नेपाल एकिकरणसँग जोडिएको यस ठाउँलाई  ऐतिहासिक र पर्यटकीय स्थलको रुपमा समेत विकास गरिने बताए । 
गतबर्ष देखि हरेक बर्षको फागुन ९ गते कालु पाण्डेको समाधिस्थल पुग्ने प्रतिवद्धता गरेका  प्रधानमन्त्री ओलीले आगामी बर्ष आउँदा विकासमा यस ठाउँले फड्को मार्ने बिश्वास व्यक्त गरे । 

Comments

Popular posts from this blog

राजपा सहित गठबन्धनद्धारा निर्वाचन बिथोल्न आन्दोलनको घोषणा

नेकपा एकता कार्यदल , तोकिएकै समयमा आएन प्रतिबेदन

फोरम नेपालको निष्कर्षः काँग्रेस, माओबादी ‘सम्झौताबादी’, एमाले ‘मण्डले, खोक्रो राष्ट्रबाद’