मन्त्रीपरिषद बिस्तारको तयारीमा प्रधानमन्त्री : मधेसवादी दललाई सहभागिता गराउँन लिखित राजनीतिक सहमती हुने
सुभाष साह
काठमाडौं, १५ फागुन
प्रधानमन्त्री केपी शर्मा ओलीले यही एक सात्ताभित्रमा सरकारलाई पुर्णता दिने तयारीमा जुटेका छन् । प्रधानमन्त्रीमा पद तथा गोपनियताको सपथ लिएसंगै तीन सदसीय मन्त्रीपरिषद बिस्तार गरेका उनले सोमबार चार जना मन्त्री नियक्त गर्दै सात सदसीय मन्त्रीपरिषद निर्माण गरेका छन् ।
एमाले र माओवादी केन्द्रको वामगठबन्धनबाट प्रधानमन्त्री भएका ओलीले सरकारमा राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाललाई पनि सम्मानजनक स्थान दिने तयारी गरेका छन् ।
प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले एक साताभित्रमा सरकारले पुर्णता पाउँने बताए । सरकारलाई पुर्णता दिनका लागि सत्तासाझेदार माओवादी केन्द्रका साथै राजपा नेपाल र फोरम नेपालसंग निरन्तर छलफल चलिरहेको उनले बताए ।
‘एक सात्ताभित्रैमा सरकारले पुर्णता पाउँछ, छलफल चलिरहेको छ’ प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार रिमालले भने, ‘काँग्रेस बाहेक अरु सबै दलसंग छलफल भईरहेको छ, अहिले सम्म भएको छलफल सकारात्मक रहेकाले छलफल भईरहेका दलहरु सहितको सम्मानजनक सहभागिता गराएर सरकार बिस्तार हुन्छ ।’
संसदमा रहेका सबैभन्दा ठुल्लो दलको हैसियले माओवादी केन्द्रको समर्थनमा एमालेले सरकार बनाएको छ । व्यवस्थापिका संसदको चौथो ठुल्लो दल राजपा नेपाल र पाँचौ ठुल्लो दल फोरम नेपालसंग सरकारमा सहभागिताका बिषयमा छलफल भईरहेको उनले बताए ।
एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका तर्फबाट राजपा नेपाल र फोरम नेपालसंगको छलफल गर्न जिम्मेवारी पाएका एमाले नेता सुवासचन्द्र नेम्वाङले छलफल सकारात्म भएको बताए ।
मधेसवादी दलका नेतासंग निरन्तर छलफलमा रहेका नेता नेम्वाङले मंगलबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा फोरम नेपालसंग छलफल गरेका छन् । फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र महासचिव रामसहाय यादवसंग छलफल गरेका नेम्वाङले छलफल सकारात्मक भएको बताउँदै फोरम पनि सरकारमा सहभागि हुने बताए ।
‘सरकारमा सहभागिता र संबिधान संशोधनका बिषयमा उहाँहरुसंग छलफल भईरहेको छ, अहिले सम्म भएको बैठक र छलफल सकारात्म नै रहेको छ’ नेम्वाङले भने, ‘हामी बीच भएको छलफल सकारात्मक नै रहेकोछ, छिटै निष्कर्षमा पुग्नेछौं, उहाँहरुको समेत सरकारमा सहभागिता हुन्छ ।’
एमालेसंग निरन्तर छलफलमा जुटेको फोरम नेपालका नेताले अहिले सम्म भएको प्रगतिका बिषयमा राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, नेताहरु राजेन्द्र महतो, महेन्द्रराय यादव, शरतसिंह भण्डारी लगायतका नेतालाई समेत जानकारी गराएका छन् ।
फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले संबिधान संशोधनका लागि एमाले र माओवादी केन्द्र सहमत देखिएको बताउँदै लिखित प्रतिबद्धता भएसंगै पार्टी सरकारमा सहभागि हुने बताए । संबिधानको धारा २७४ सहित बिभिन्न बिषयमा संशोधन गर्नुपर्ने बताउँदै उनले संशोधनको सवालमा राजनीतिक सहमती भए मात्रै फोरम सरकारमा सहभागि हुने बताए ।
‘एमालेसंगको छलफल सकारात्मक नै छ, हामीले संबिधानको धारा २७४ सहित बिभिन्न बिषयमा संशोधन खोजेका छौं’ श्रेष्ठले भने, ‘संबिधान संशोधनका लागि राजनीतिक सहमती भएसंगै पार्टी सरकारमा जान्छ ।’
संबिधान संशोधन नभई पार्टी कुनै पनि हालतमा सरकारमा सहभागि नहुने अडान मधेसवादी दलको रहेका छ । आवश्यक्ता र औचित्यका आधारमा संशोधन गर्न सकिने बताउँदै आएको एमाले दुई तिहाई सहितको सरकारका लागि संशोधन गर्न तयार भएको हो ।
फोरम नेपालका महासचिव रामसहाय यादवले एमालेसंगको छलफलमा संशोधनका बिभिन्न बिषयका बारेमा छलफल चलिरहेको बताए । अहिले सम्म भएको छलफल सकारात्मक भएको बताउँदै उनले लिखित सम्झौता गर्न वाँकी रहेको बताए ।
राजपा नेपालले संबिधान संशोधन नभई सरकारमा सहभागि नहुने बताउँदै आएको छ । राजपा नेपालका उपाध्यक्ष सत्यनारायण मण्डलले संशोधन बिना पार्टी सरकारमा सहभागि नहुने बताए । सरकारमा सहभागिताका बिषयमा राजपासंग कुनै किसिमको सहमती वा छलफल नभएको उनले बताए ।
प्रधानमन्त्री ओलीले सोमबार दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्दै सात सदस्यीय मन्त्रीपरिषद बनाएका छन् । एमालेबाट पार्टी महासचिव ईश्वर पोखरेल रक्षामन्त्री र डा. युवराज खतिवडा अर्थमन्त्री तथा माओवादी केन्द्रबाट वरिष्ठ नेता रामबहादुर थापा गृहमन्त्री र मातृका यादव उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भएका छन् ।
Comments
Post a Comment