हामी नयाँ प्रदेशको पक्षमा छौ
एमालेकोे राजनीतिक बिचारप्रति असहमित जनाउदै पार्टी छोडेका संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ सो पार्टीभित्र बौद्धिक नेताका रुपमा चिनिन्छिन् । भौतीक योजना मन्त्री समेत भइसकेका श्रेष्ठ संघीयता बिज्ञको रुपमा समेत चिनिन्छन् । संघीयता सम्बन्धी उनका विभिन्न पुस्तक प्रकाशित छन् । प्रदेश २ मा पहिलो पार्टी बनेर सरकार नेतृत्वको हकदार बनेको उनको पार्टीका भावी रणनीति र सरकार संचालन विधि कस्ता छन् ? राष्ट्रिय राजनीतिमा पार्टीको भुमिका कस्तो हुने लगायतका बिषयमा श्रेष्ठसंग राजधानी दैनिकका वरिष्ठ समाचारदाता सुभाष साहले कुराकानी गरेकाछन् ।
बर्तमान राजनीतिक घटनाक्रमलाइ कसरी हेरिरहनु भएको छ ?
माघ २४ गते राष्ट्रिय सभाको निर्वाचन सकिएपछि प्रतिनिधिसभाको पुर्णताको बाटो खुलेको छ । प्रतिनिधिसभाका सबै उम्मेदवारलाई बिजयी भएको घोषणा निर्वाचन आयोगले गरेसंगै नयाँ सरकार निर्माणको बाटो खुलेको छ ।
सरकार बनाउँन बिभिन्न राजनीतिक दलका बीचमा क्रिया अन्तरक्रिया हुन शुरु भएको छ । अब जनताको जुन आकांक्षा छ, संघीयता कार्यान्वयन भईसकेपछि त्यसबाट कस्तो किसिमको संघीयता र कस्तो किसिमको शासन हुने भन्ने कुरामै बहस हुनेछ ।
सरकार निर्माणको कुरा गर्नुभयो, फोरमले राजपा नेपालसंग मिलेर प्रदेश २ मा सरकार निर्माण गर्दैछ, कुरा कहाँसम्म पुगेको छ ?
राजपा र हाम्रो बीचमा निर्वाचनअघि नै एक किसिमको पुर्वसहमती भएकै छ । त्यस अनुसार दुई मध्ये ठुलो दलले प्रदेशको मुख्यमन्त्री र सानो हुने दलले प्रदेशको सभामुख हुने गरी सरकार निर्माण हुने तथा शक्ति बाँडफाँट गरी अगाडि बढनेछौं । साथै हामीले पहिचान र समृद्धिको मुद्धामा सकारात्मक हुने शक्तिसंग पनि प्रदेश २ मा सहकार्य गरेर अगाडी बढनेछौं ।
राजपा र फोरमबीचमा निर्वाचन अघि भएको सहमती लिखित थियो की मौखिक ?
हैन, हरेक कुरा लिखित नै हुनुपर्छ भन्ने छैन । जनताले पनि कुन दललाई कुन हैसियत दिने भन्ने कुरा अनुसार हामीले पाएको हैसियतमै बस्नुपर्ने हुन्छ । निर्वाचन अघि हामीले सिट बाँडफाट गरी साझा उम्मेदवार उठाएकै हो ।
हाम्रो सिंगो मधेसमा नभई २ नम्बर प्रदेशमा मात्रै तालमेल भएको हो । मधेसकै अरु जिल्लामा तालमेल भएको छैन । प्रदेश २ मा मात्रै तालमेल भएको र सोही अनुसार अगाडी बढदै अब हामीले पहिचान र समृद्धिको मुद्धा जोडतोडले उठाउँनुपर्छ ।
भनेपछि तपाईहरुका बीचमा निर्वाचन अघि भएको सहमती मौखिक थियो, ठुलो दल हुनेले मुख्यमन्त्री र सानो हुनेले सभामुख लिने, बाकी मन्त्रालय बाँडफाँड गरी अगाडी बढने हो ?
हो हो ।
तर राजपा नेपालले त मानिरहेको छैन, प्रदेशको मुख्यमन्त्री आलोपालो गर्नुपर्छ भन्दैछ नि ?
हैन, यो त मिलेर समृद्ध प्रदेश निर्माण गर्ने कुरा हो । अहिले सबै शक्ति मिलेर अगाडी बढनुपर्छ भन्ने हाम्रो धारणा हो । यहाँ अंशबन्डाको कुरा भएको छैन । मिलेर समृद्ध प्रदेश निर्माण गर्दै पहिचानको मुद्धालाई बलियो बनाउँने नै मुख्य कुरा हो । बिगतमा भएकै सहमती अनुसार प्रदेश चलाउँने हो । कतिपय आकांक्षीले मुख्यमन्त्रीमा दावी गर्नु भिन्नै कुरा हो तर नेतृत्व तहमा बिबाद छैन ।
राजपा नेतृत्व तहबाटै आलोपालो गर्नुपर्ने प्रस्ताव दुई दलको जनकपुरस्थित शिर्ष बैठकमा आएको छ नि ?
छैन । राजपाको जुन अध्यक्ष मण्डल छ त्यहीबाट यस्तो प्रस्ताव आएको छैन ।
राजपासंग कुरा नमिले फोरमले प्रदेश २ मा बाम गठबन्धनसंग मिलेर प्रदेश सरकार बनाउँने र केन्द्रको सरकारमा पनि सहभागी हुने रणनीतिमा तपाईहरु हो की ?
मैले भनिसके नि । राजपा र फोरमका बीचमा कुनै समस्या नै आएको छैन । हाम्रो सोच वाम गठबन्धनसंग मिलेर प्रदेशको सरकार बनाउँने र केन्द्रमा पनि सहभागि हुने भन्ने होइन, त्यस्तो छैन ।
जनकपुरमा भएको राजपा र फोरमको बैठकमा अध्यक्ष मण्डलका सदस्यहरुवीचको बैठकमै राजपाले आलोपालोको प्रस्ताव गरेको हो नि?
हैन । छैन, त्यस्तो प्रस्ताव आएको छैन । मलाई थाहा छैन ।
प्रदेश २ मा तपाईहरुले कहिले सम्ममा सरकार निर्माण गर्नुहुन्छ ?
संबैधानिक व्यवस्था अनुसार चाडै नै सरकार निर्माण गर्छौ । गृहकार्य भइरहेको छ । चाडै हुन्छ भन्ने मलाइ्र्र बिश्वास छ ।
तपाईहरुको ध्यान प्रदेश २ मा मात्रै हुन्छ की केन्द्रीय सरकारमा पनि हुन्छ ?
प्राप्त जनादेश अनुसार हामीले प्रदेश २ मा सरकार बनाउँछौं । अरु प्रदेशमा हामीलाई सरकारमा सहभागि हुने वा बनाउँने जनादेश आएको छैन । त्यस्तै केन्द्र सरकारमा पनि सहभागि हुने वा सरकार निर्माण गर्ने जनादेश हामीलाई प्राप्त भएको छैन ।
हाम्रो अस्तित्व प्रदेश २ बाहेक अरु प्रदेशमा पनि छ । केन्द्रीय सरकार बनाउँने जनादेश एमाले र माओवादीले पाएका छन् । यदी एमाले र माओवादीका बीचमा पार्टी एकिकरण भएर उनीहरुको सरकार बन्छ भने हाम्रो एजेण्डासंग सहमत हुने माओवादीले त्यहाँ कस्तो भुमिका निर्वाह गर्छ त्यसमा पनि भर पर्छ । यदी एमाले र माओवादीको सहकार्यमा सरकार बन्छ भने उनीहरुले हाम्रो एजेण्डासंग कतिको सहमत हुदै कस्तो सहकार्य खोजेका हुन् हामी त्यही हेरिरहेका छौं ।
एक हिसाबले भन्ने हो भने हामी पर्ख र हेरको अवस्थामा छौं । हाम्रो धारणा प्रष्ट छ, हामीले संबिधानको धारा २७४ को संशोधन सहितको अग्रगामी परिवर्तन हुनुपर्छ भनेकोे हो । त्यो भनेको नयाँ प्रदेशहरुको सृजना र प्रदेशको सिमांकन हेरफेरको सन्दर्भमा बिगतका जुन राज्य पुनः संरचना आयोगले प्रस्ताव गरेको सैद्धान्तिक प्रस्ताव अनुसार संबिधान संशोधन गर्दै अगाडी बढन तयार छौं भन्ने कुरा भयो भने हामी सकारात्मक ढंगले अगाडी बढछौं ।
हैन उहाँहरु त्यसरी जान सक्नुहुन्न भने हामी प्रतिपक्षमा रहन्छौं । हाम्रो कुरा किलियर नै छ, उहाँहरुले कस्तो रणनीति लिनुहुन्छ त्यसमा भर पर्छ ।
तपाईहरुले वागठबन्धनबाट प्रदेशको सिमांकन हेरफेर सहितको संशोधन खोज्नुभएको हो ?
प्रदेशको सिमांकन हेरफेर मात्रै होईन, त्यसले त संकुचन गर्छ । हामीले त नयाँ प्रदेशको सृजना चाहेका छौं । जस्तो की हामी १० प्लस १ को पक्षमा छौं । प्रदेशको सिमांकन हेरफेर भनेको ७ प्रदेशमै सिमित भएर यताबाट काटेर उता र उताबाट काटेर यता होईन । हाम्रो माग १० प्लस १ हो, त्यसैले नयाँ प्रदेशको सृजना देखी प्रदेशको सिमांकका बिषयमा संशोधन गर्न वाम गठबन्धन तयार भए भने हामीहरु सहकार्य गर्न तयार छौं ।
एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा केही समय यता तपाईहरुको कुराकानी त बाक्लै भइरहेको छ, केही सहमती भयो की ?
अहिले कुरा के छ भने बिगतमा एमालेले जुन कुरामा अडान लिईरहेको थियो अहिले केही सकारात्मक भएको देखिन्छ । बिगतमा जुन यथास्थितिबादी सोच एमालेका नेतामा थियो निर्वाचनपछि त्यसमा परिवर्तन आएको छ । उहाँहरु केही लचिलो हुनुभएको छ ।
औचित्य र आवश्यकता पुष्टि गर्नुहुन्छ भने हामी त्यसमा संशोधन गर्न तयार छौ भन्ने कुरामा एमाले नेताहरु लचिलो हुनुभएको छ । आवश्यक्ता र औचित्य हेरी संबिधान संशोधन गर्न तयार छौ भन्ने कुरा एमालेका नेताहरुले भन्नुभएको छ ।
उहाँहरुको यस्तो कुरा आएपछि हामीले अहिले नै सातबाट आठ प्रदेश बनाऔं भन्ने कुरा गरेका छैनौं । हामीले नयाँ प्रदेशको सृजनाको बाटो खोलौं भनेका हौं । अहिले त उहाँहरुको बहुमत केन्द्रमा छ, जुन दिन हामीसंग र हामीजस्तै बिचार सिद्धान्त भएका पार्टीसंग दुई तिहाई बहुमत आउँछ हामी त्यो दिन त गर्छौ, हुन त अहिलेको निर्वाचन प्रणाली अनुसार दुई तिहाई एउटै दलको आउँदैन ।
संबैधानिक रुपमा निकास दिन काँग्रेस, माओवादी जस्तै एमाले पनि सकारात्मक भएर बाटो खोल्नुपर्छ भन्ने भनेका छौं । नयाँ ढंगले सकारात्मक भई एमाले अगाडी बढयो भने उसंग हामी सहकार्य गर्न तयार छौं ।
भनेपछि एमाले मधेस र मधेसीको मुद्धा प्रति लचिलो भएको महशुस गर्नुभएको छ ?
यो मधेसको मात्रै मुद्धा होईन्, यो राष्ट्रिय मुद्धा हो । यसमा मधेस, आदीबासी जनजाती, लिम्बुवान, मगरात सहित सबैको राष्ट्रिय मुद्धा पछ्र्र । १० प्लस १ मा सबैको मुद्धा समेटिन्छ, यसमा एमाले चलिलो हुनुपर्छ भन्ने मात्रै हाम्रो भनाई हो ।
एमाले लचिलो भएको कि तपाइहरुको बिस्वास मात्र ?
बिगतमा उहाँहरुले ७ प्रदेश नै बढी भयो ५ प्रदेश नै हुनुपर्छ भन्दै हुनुहुन्थ्यो । संबिधान संशोधन हुनै सक्दैन् भन्नुहुन्थ्यो । तर अहिले आवश्यक्ता र औचित्यका आधारमा संशोधन गर्न तयार हुनुभएको छ ।
तपाईले भनेजस्तै हुने हो भने तपाईहरुलाई नै खतरा छ नि, एमालेले मुलुकभर बहुमत सहित आएको छ,
तपाईहरुले भने जस्तै संशोधन भयो भने नया एजेण्डा त सकिने भो हैन तपाइहरुका ?
उहाँहरुले सकारात्मक ढंगले सम्बोधन गर्नुभयो भने उहाँहरुले रातो भनेपछि हामीले सेतो भन्नुपर्छ भन्ने छैन् । उहाँहरुले रातो भनेपछि हामीले कालो भन्नैपर्छ भन्ने छैन । उहाँहरुले ठिक ढंगले सम्बोधन गर्नुभयो भने एमालेलाई जनताले समर्थन गर्छ भने हाम्रो आपती हुदैन् । उहाँहरुले समर्थन नगरेकै कारण हामीले यो मुद्धा बोकेका छौं । भोली यो मुद्धा बोकेर एमाले भन्दा पनि शसक्त पार्टीको रुपमा हामी आउँन सक्छौं ।
१० प्लस १ को कुरा अघि गर्नुभयो, तर अहिले एउटा शक्ति अहिलेकै ७ प्रदेशलाई असफल बनाउँन खोजिरहेका छन् । भएकै प्रगतीलाई शुन्यमा झार्न खोज्दैछन्, यसलाई निस्तेज पार्न तपाईहरुसंग केही योजना छ ?
नेपाल बिकास उ्रन्मुख देश हो । धेरै जस्तो बिकासका काम ऋणबाटै चलिरहेको छ । देश नै आत्मनिर्भर भएको छैन् । हामीले सोचेको कुरा के हो भने देशको जुन सामथ्र्य छ त्यही हिसाबले प्रदेशको सामथ्र्य हुनुपर्छ भन्ने नै हो ।
हामी संघीयता कुन मोडेलमा चल्ने भन्ने बहसमै छौं । शास्त्रीय संघीयता, आधुनिक संघीयता, सहकारी संघीयता सहितका बिभिन्न मोडेलका संघीयताकै बहसमा छौं । हामीले सबै प्रदेश आत्मनिर्भर चाहेका छौं ।
अहिले केही यस्ता शक्ति छन्, जोे अहिलेकोे उपलब्धिलाई नै निस्तेज पार्न लागेका छन् भनेर दलहरुले वारम्वार भन्दैछन्, यसमा सत्यता छ कि छैन खुलस्त भन्नुस न ।
यस संदर्भमा एउटा ठुलो अन्तर बिरोध छ । जनआन्दोलन, जनबिद्रोह, मधेस आन्दोलन पछि एउटा यस्तो शक्ति छ जसले प्राप्त उपलब्धिलाई संस्थागत नहोस भन्ने चाहेका छन् । केन्द्रमा रहेका कर्मचारी केही यस्ता छन जो प्रदेशमा जान चाहदैन् । केही यस्ता पनि छन की केन्दीयता नै खोजिरहेका छन् । केन्द्रको बजेट प्रदेश सहित गाउँ गाउँमा पनि जानुपर्छ ।
प्रदेश २ लाइ्र्र समृद्ध एवं सम्पन्न बनाउने योजना तपाइ्र्रहरुसंग के के छ ? दुई चार ओटा बताईदिनुस् त ।
सरकार बनाउँने गृहकार्य हुदैछ । सरकार बनेपछि हामी समृद्ध र सम्पन्न प्रदेश कसरी बनाउँने त्यो बारेमा स्पष्ट छौं । सरकार निर्माण गरेपछि हामीले समृद्ध र सम्पन्न प्रदेश निर्माणका लागि स्पष्ट रुपमा संघीयताको मोडेल अनुसार बिकास गछा्र्रैं । हामीले पहिचान र समृद्धिका सिद्धान्त अनुसार नै प्रदेश २ मा अगाडी बढछौं ।
पहिचान सहितको संघीयता भयो भने जनताको अधिकार, जाती भाषा, संस्कृती संरक्षण हुन्छ । बिभेदरहित संघियताको निर्माण गर्छौ । समृद्ध बनाउँन समतामुलक बिकासका आधारमा अगाडी बढछौं ।
जातीय मुक्तिका लागि संघीयता र बर्गिय मुक्तिका लागि समाजवादको स्थापना गर्छौ । यही दुईटा मान्यतालाई हामीले प्रदेश २ मा लागु गर्छौं । प्रदेश २ मा रहेका स्रोतसाधनको अत्याधिक प्रयोग गर्दै बिभिन्न योजनाहरु लागु गर्ने छौं । समग्रमा सम्पुर्ण मधेसको आवश्यक्ता अनुसार नै त्यहाँको जनताको आवश्यक्ता अनुसार नै बिकास गछौ्र्र । जनताको आवश्यक्तालाई ध्यान नदिई जबरजस्ती लागु गर्ने केन्द्रको योजना नभई जनता र प्रदेशको आवश्यक्ता अनुसारका योजना लागु गर्ने छौं ।
प्रदेश २ मा फोरम र राजपाका नेतालाई मातृ भाषा भोजपुरी, मैथिली छोडेर हिन्दी मोह किन लागेको होला है ?
हाम्रो पार्टीका साथै सबै पार्टीका साथीहरुले आफ्नो मातृ भाषामै समथ ग्रहण गरेका छन् । पुर्व तिरका साथीहरु मैथिली, पश्चिम तिरका साथीहरु भोजपुरीका साथै केही साथीहरुले पर्वतीय गोरखाली भाषा जसलाई हामीले नेपाली भन्छौ यि सबै भाषामा सपथ ग्रहण गर्नुभएको छ ।
रहयो कुरा त्यहाँका जनताले हिन्दीलाई लिंक (सम्पर्क) भाषाको रुपमा लिने भएकाले प्रदेशसभामा हिन्दीमै भाषण गरेका हुन् । नेपालमा मुख्यत पर्वते गोरखा भाषा नेपाली, नेपाल भाषा र हिन्दी भाषाको प्रयोग पहिला हुन्थ्यो तर यहाँका शासक एवं पञ्चहरुले एकल जाती, एकलभाषाकै रणनीतिमा अरु भाषा र संस्कृतीलाई नष्ट गरेका थिए ।
हिन्दी र नेपाल भाषामा समेत रेडियोमा कार्यक्रम चलिरहदा हिन्दी भाषालाई हटाउँने नाममा नेपाल भाषाका कार्यक्रमलाई समेत हटाउँने षडयन्त्र भयो । प्रत्येक प्रदेशले आफ्नो अनुकुलको भाषा प्रयोग गर्न सक्छ । अत्याधिक जनसंख्याले बोलिने भाषा नै कामकाजको भाषा हुनसक्छ, जस्तै प्रदेश २ मा भोजपुरी, मैथिली भाषा कामकाजको भाषा हुनसक्छ ।
मधेस आन्दोलन सफल बनाउँन कलैया, बीरगंजको महत्वपुर्ण योगदान छ, तपाईहरुले बीरगंज नभई जनकपुरलाई किन राजधानी बनाउँन खोज्नुभएको छ ?
यो कुरा प्रदेशका सांसदले निर्णय गर्ने कुरा हो । बीरगंज भनेको देशकै आर्थिक केन्द्र भएकाले बीरगंज सहित वरिपरिका क्षेत्रलाई समेटेर देशकै आर्थिक राजधानी बनाउँन सकिन्छ । पहिले नै बिकसित भएको शहरलाई नभई नयाँ ठाउँलाइ्र्र शहरीकरण गरेर राजधानी बनाउँनुपर्छ । बिश्वमा धेरै मुलुकको राजधानी नै सार्ने निर्णय सन्तुलन मिलाउँनका लागि भएको उदाहरण हाम्रो सामु छ । जस्तै कलकताबाट भारतको राजधानी दिल्ली सारिएको छ ।
निर्वाचनमा फोरम र राजपाले साझा उम्मेदवारी दिएर निर्वाचनमा सहभागि भएसंगै पार्टी एकिकरण गर्ने कुरा पनि आयो, पार्टी एकिकरण कहाँ पुग्यो ?
पार्टी एकिकरण सिद्धान्तको आधारमा हुने हो । दुई पार्टी एकिकरण सैद्धान्तिक कुरा हो । संघबाद र समाजवाद हाम्रो पार्टीको सिद्धान्त हो । संघबाद र समाजवाद सिद्धान्तसंग सहमत हुने जुन सुकै पार्टीसंग पनि हामीले पार्टी एकता गर्नसक्छौं । राजपा यदी यो सिद्धान्तसंग सहमत हुन्छ भने उसंग पनि पार्टी एकिकरण हुनसक्छ ।
निर्वाचनको समयमा सिटको बाँडफाँटसंगै पार्टी एकिकरणको कुरा आए पनि अहिले सम्म पार्टी एकिकरणका लागि त्यस्तो बार्ता भएको छैन् । एमाले र माओवादीले साझा घोषणापत्र जारी गरेर पार्टी एकिकरण गर्ने ६ बुदे सहमती गरे जस्तै हामीले गरेका छैनौं । निर्वाचनमा हामीले सिटबाँडफाँट गरेर सहकार्य मात्रै गरेका छा्रैं । संघबाद र समाजवाद सिद्धान्तसंग राजपा सहमत भए पार्टी एकिकरण हुनसक्छ ।
बिगतमा पहाडी जिल्लाबाट डेढलाख सम्ममत पाएको तपाईहरु पछिल्लो निर्वाचनसम्म पुग्दा ५० हजारमा सिमित हुनुभो, यसबाट पाठ पो सिक्नुपर्ने हो कि?
हामी गम्भिर रुपमा आत्मसमिक्षा गरिरहेका छौं । तीन पार्टी मिलेर संघीय समाजवादी फोरमको निर्माण भएपछि हामीले पहाडमा मत बढने आशा गरेका थियौं तर त्यस्तो हुन सकेन् ।
परम्परागत जुन नेपालमा नश्लीयबाद छ, त्यो नश्लीयबाद राष्ट्रियताको प्रभाव परेको जस्तो मलाई लाग्छ । मधेसप्रति जुन पहाडीय दृष्टीकोण छ त्यो समतामुलक हुन सकिरहेको छैन् । एक किसिमले दार्जिलिङका, सिक्किम वा उतराञ्चलका भारतीय जनतालाई आफन्त ठान्ने तर मधेसमा अलि फरक रंग भएका नेपाली मधेसलाई बिदेशी ठान्ने जुन केपी ओलीजीहरुले एक समय बिहार, युपीकै नाम लिए । यस्ता यस्ता प्रबृर्तीहरु पञ्चायत देखी नै छ ।
पञ्चायतले पनि यस्तै नश्लीय राष्ट्रबादको भजन गाएर नै ३० बर्ष टिकेको र अहिले पनि केही राजनीतिज्ञहरुमा त्यही प्रभाव छ । यसले जनमानसमा नराकात्मक प्रभाव परिरहेको छ । बिस्तारै यो सबै कुरा हटदै जान्छ ।
यसका साथै केही स्रोतसाधन एवं नेतृत्वको कमजोरीले हाम्रो मत घटेको हो । यसलाई्र सुधारेर हामी आगामी पाँच बर्षमा मधेसका साथै पहाडमा पनि शक्तिशाली पार्टीको रुपमा अगाडी आउँने र देशकै बैकल्पिक पार्टी बन्छौं । म सबैसंग शोषणको बिरुद्धमा एकजुट भएर समृद्ध नेपाल निर्माण गर्न आग्रह गर्छु ।
Comments
Post a Comment