Posts

Showing posts from August, 2017

राजपा नेपाल पदाधिकारी बैठक, बैठक बहिष्कार गर्ने त्रिपाठी, गुप्ता, शुक्लालाई कारवाही गर्न माग

सुभाष साह, काठमाडौं, १९ साउन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का नेताहरुले बैठक बहिष्कार गर्ने नेतालाई कारवाही गर्न माग गरेका छन् ।  बबरमहल स्थित राजपा नेपालको पार्टी कार्यालयमा बिहिबार पदाधिकारी बैठकमा बोल्दै नेताहरुले बैठक बहिष्कार गर्ने नेतालाई कारवाही गर्नुपर्ने माग गरेका छन् ।  पदाधिकारी बैठक नेताहरु हृदयेश त्रिपाठी, बृजेश गुप्ता, सर्बेन्द्रनाथ शुक्ला लगायतका बहिष्कार गरेका छन् । बुधबार देखी शुरु भएको पदाधिकारी बैठकमा उनीहरु सहभागि नभएको भन्दै बैठकमा सहभागि नेताहरुले स्ष्पटी करण सोधेर आवश्यक्ता अनुसार कारवाही गर्नुपर्ने माग उठेको एक नेताले बताए ।  ‘बैठक बहिष्कार गर्ने, बैठकमा नआउँने नेतालाई स्ष्पटीकरण सोधनुपर्छ किन बैठकमा नआएको, बैठक बहिष्कार गर्नेहरुको उचित माग सम्बोधन गर्न सकिन्छ भने सम्बोधन गर्नुपर्यो यि सबै बिषयमा नेतृत्वले बिचार गरोस्’ बैठक स्रोतले राजधानीलाई भने ।  तर बैठक बहिष्कार गर्ने मध्येका एक नेता बृजेश गुप्ताले पार्टी बिधानमै पदाधिकारी भन्ने बिषय नहुनु र आफुहरु पदाधिकारी नभएकाले पदाधिकार बैठकमा सहभागि नभएको बताए । यधपी...

राजपा पदाधिकारी बैठक, निर्वाचनमा सहभागी हुन दबाब

Image
त्रिपाठी, शुक्ला, गुप्ताद्वारा बैठक बहिष्कार सुभाष साह, काठमाडौं, १८ साउन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका पदाधिकारीहरूले तेस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुनुपर्ने भन्दै नेतृत्वलाई दबाब दिएका छन् । निर्वाचन बिथोल्न सक्ने परिस्थित नरहेकाले सहभागी नहुँदा पार्टी जनताबाट टाढिने उनीहरूको भनाइ छ ।  बबरमहलस्थित पार्टी कार्यालयमा बुधबारदेखि सुरु भएको पदाधिकारी बैठकमा आफ्नो धारणा राख्ने क्रममा नेताहरूले स्थानीय तहको निर्वाचनमा सहभागी हुनुपर्ने धारणा राखेका हुन् ।  बैठकमा संविधान संशोधन र सरकारले गर्नुपर्ने माग अझै पूरा नभएकाले यथास्थितिमा निर्वाचनमा सहभागी नहुने संयोजक महन्थ ठाकुरको राजनीतिक प्रतिवेदनमाथि असहमति राख्दै अधिकांश पदाधिकारीले निर्वाचनलाई आन्दोलकै रूपमा उपयोग गर्नुपर्ने धारणा राखेका हुन् ।  राजपा नेपालका महासचिव केशव झाले पदाधिकारी बैठकमा धारणा राख्ने अधिकांश नेताहरूले निर्वाचनमा सहभागी हुनुपर्नेमा जोड दिएको जानकारी दिए । निर्वाचनमा सहभागी नहुँदा पार्टी कमजोर हुने उनीहरूको भनाइ छ ।  ‘सरकारले गर्नुपर्ने माग पूरा गरे...

जनप्रतिनिधि पार्टीको कार्यकारी भूमिकाबाट हट्ने

सुभाष साह, काठमाडौं, १८ साउन एमालेले स्थानीय तहका जनप्रतिनिधिलाई पार्टीको कार्यकारी भूमिकाबाट हटाउने भएको छ । दोहोरो भूमिकामा रहँदा पार्टी काम र जनताको काम दुवै प्रभावकारी रूपमा सम्पादन हुन नसक्ने निष्कर्षसहित एमालेले जनप्रतिनिधिलाई स्थानीय तहमा नै केन्द्रित गर्न लागेको हो ।  पार्टीको तर्फबाट स्थानीय तहमा उम्मेदवार भई विजयी भएकालाई पार्टीको कार्यकारी जिम्मेवारीबाट मुक्त गर्ने एमालेको तयारी छ । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुख, जिल्ला समन्वय समितिको संयोजक र सहसंयोजकमा रहनेलाई पार्टी कमिटिको कार्यकारी भूमिकाबाट हटाउने विषयमा शीर्ष नेतृत्व सहमत भए पनि औपचारिक निर्णय भने भइसकेको छैन । आगामी स्थायी कमिटीको बैठकबाट निर्णय हुने नेताहरूको भनाइ छ ।  एमाले सचिव प्रदीप ज्ञवालीले स्थानीय तहको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष निर्वाचित भइसकेका र पार्टीको समेत कार्यकारी जिम्मेवारीमा रहेका नेतालाई एउटा जिम्मेवारीमा रहने गरी अर्कोबाट मुक्त गर्ने तयारी पार्टीले गरिरहेको बताए ।  ‘पार्टीका जिल्ला अध्यक्ष वा कार्यकारी पदमा रहेका कतिपय कमरेडहर...

ओली र पुरी बीच भेटघाट

सुभाष साह काठमाडौं, १८ साउन प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई र नेपालका लागि भारतीय राजदुत मन्जीवसिंह पुरी बीच भेटघाट भएको छ ।  बुधबार बालकोट स्थित ओली निवासमा राजदुत पुरी पुगेर भेटघाट भएको हो । भारतको ७० औं स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंमा स्थित भारतीय दुताबासमा आयोजना हुने कार्यक्रममा बिशेष अतिथिको रुपमा सहभागि हुनका लागि निम्ता दिन राजदुत ओली निवास पुगेका थिए ।  ओलीका स्वकीय सचिव अनिस दाहालले भारतीय बिदेश मन्त्री सुष्मा स्वराज समेत सहभागि हुने बिशेष कार्यक्रम नेपालका बिशिष्ट व्यक्तित्वलाई निम्ता दिने क्रममा पार्टी अध्यक्षलाई समेत निम्ता दिन उनी निवासमै पुगेको बताए ।  राजदुत पुरीले मृगौला प्रत्यारोपणपछि बिदेश मन्त्री स्वराज नेपालको सार्वजनिक कार्यक्रममा पहिलो चोटी सहभागि हुन लागेका बताए । मधेस आन्दोलनका क्रममा भएको नाकाबन्दीका कारण ओली नेपाल स्थित भारतीय दुताबासको कार्यक्रममा सहभागि नभएकाले उनलाई जसरी पनि सहभागि गराउँन भारत खोजेको छ ।  पहिलो र दोस्रो स्थानीय तह निर्वाचनमा एमाले पहिलो पार्टीको र...

राजपाको पदाधिकारी बैठक अघि भारती राजदुतसंग भेटघाट

सुभाष साह काठमाडौं, १७ साउन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) अध्यक्ष मण्डलका सदस्यहरु मंगलबार नेपाल स्थित भारतीय राजदुत मज्जिभसिंह पुरीसंग भेटघाट गरेका छन् । बुधबार (आज) देखी शुरु हुन लागेको राजपा नेपाल पदाधिकारी बैठकको पुर्वसन्ध्या शिर्ष नेताहरु राजदुत पुरीसंग भेटघाट गरेका हुन् ।  राजपा नेपालका नेता र राजदुत पुरीका बीचमा पार्टीको अगामी रणनीतिका बिषयमा छलफल भएको एक नेताले बताएका छन् । सत्तारुढ दलले संबिधान संशोधन सहित अन्य माग पुरा गर्ने राजदुत पुरीले बताउँदै तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सहभागि हुन सुझाव दिएका छन् ।  तर राजपा नेपालका नेताले सत्तारुढ दलले सरकारको निर्णयबाट पुरा हुने माग पनि सम्बोधन नगरेको अवस्थामा निर्वाचनमा सहभागि हुन नसक्ने बताए । यथास्थितिमा पार्टी निर्वाचनमा सहभागि हुन नसक्ने अडानमा राजपाका नेताहरु रहेका छन् ।  सत्तारुढ दलका शिर्ष नेताले सरकारको निर्णयबाट पुरा हुने माग समेत सम्बोधन नगरेको र संबिधान संशोधनमा समेत ईमन्दारिताका साथ अगाडी नबढेको बताउँदै राजपा नेताले सरकार आलोचना राजदुत समक्ष गरेका छन् ।  राजपा नेपालको ...

सर्वोच्चको निर्णय दुःखद–एमाले

राजधानी समाचारदाता काठमाडौं,१६ साउन प्रमुख प्रतिपक्षी दल एमालेले सर्वोच्च अदालतबाट भरतपुर महानगरपालिका–१९ मा पुनः मतदान गर्नु भन्ने निर्णय दुःखद भएको जनाएको छ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सोमबार बसेको स्थायी कमिटी बैठकले सर्वोच्चको निर्णयले जनताको अभिमतको अपमान हुनुका साथै भविष्यमा गलत नजिर स्थापित हुने आशंका र चिन्ता पैदा गरेको निष्कर्ष निकालेको छ ।  ‘सर्वोच्च अदालतबाट सुनियोजित ढंगले मतपत्र च्यातिएको तर मतगणना स्थल कब्जा नभएको स्थितिलाई ध्यानमा राखी पुनः मतगणना हुनुपर्ने मागसहितको मुद्दामा पुनः मतदान हुने गरी भएको फैसला दुःखद् छ’ एमाले सचिव एवं प्रचार बिभाग प्रमुख योगेश भट्टराईले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।  सर्वोच्चको निर्णयले जनताको अभिमतको अपमान हुनुका साथै भविष्यमा गलत नजिर स्थापित हुने आशंका र चिन्ता पैदा गरेको एमालेको निष्कर्ष रहेको छ । एमाले बैठकले यसलाई गम्भीर रुपमा लिई भरतपुर महानगरपालिका वडा नं. १९ का जनताले आफ्नो अभिमतको रक्षा गर्दै नगर प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीलाई विजयी बनाई न्याय दिनेछ भन्ने विश्...

एमालेले जिससको प्रमुख र उपप्रमुखको उम्मेदवारी टुंगो लगायो

सुभाष साह, काठमाडौं, १५ साउन नेकपा एमालेले स्थानीय तहको निर्वाचन सम्पन्न भएको जिल्लामा जिल्ला समन्वय समितिका लागि प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगाएको छ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोट स्थित निवासमा आईतबार बसेको स्थायी कमिटी बैठकले पार्टीको जिल्ला कमिटी र प्रदेश कमिटीको सिफारिस एवं सुझावका आधारमा प्रमुख एवं उपप्रमुखको उम्मेदवार टुंगो लगाएको हो ।  एमाले सचिव एवं प्रचार बिभाग प्रमुख योगेश भट्टराईका अनुधार रामेछापको प्रमुखमा पे्रमबहादुर खड्का, उपप्रमुखमा दीपा पाख्रिन,  रसुवाको प्रमुखमा कुलप्रसाद भट्ट, उपप्रमुखमा छोपेमा तामाङ्नी, मकवानपुरको प्रमुखमा रघुनाथ खुलाल, उपप्रमुखमा भगवती पुडासैनी, भक्तपुरको प्रमुखमा नवराज गेलाल र उपप्रमुखमा सरिता कु“वरको उम्मेदवारी हुने निर्णय गरेको हो ।  यसैगरी डोल्पाको प्रमुखमा शेरबहादुर बुढा, सल्यानमा उपप्रमुख कुलबहादुर गिरी, कालिकोटको प्रमुखमा पे्रमबहादुर शाही, उपप्रमुखमा सरिता आचार्य, जाजरकोटको प्रमुखमा गोरे कार्की, उपप्रमुखमा कमलादेवी शाही, हुम्लाको उपप्रमुखमा खगेन्द्र कार्की, सुर्खेतको प्रमुखमा टोपबह...

प्रतिनिधिसभाको निर्वाचन गरौं–ओली

सुभाष साह, काठमाडौं, १३ साउन प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिला प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने बताएका छन् ।  तिब्बतको एक हप्ता लामो भ्रमण पश्चात शुक्रबार स्वदेश फर्किका ओलीले त्रिभुवन अन्तरर्राष्ट्रिय बिमान स्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै संबैधानिक र राजनीतिक संकटबाट मुलुकलाई जोगाउँन पहिला प्रतिनिधिसभाको निर्वाचन आवश्यक रहेको बताए ।  ‘मुलुकमा संबैधानिक र राजनीतिक संकट आउँन नदिन पहिला प्रतिनिधिसभाको निर्वाचनको आवश्यक्ता छ’ ओलीले भने, ‘प्रतिनिधिसभाको निर्वाचन र प्रदेश सभाको निर्वाचन एकै चोटी गरेर मुलुकलाई जोगाउँन सकिन्छ ।’ सरकार र निर्वाचन आयोगलाई ७ माघ भित्र नै स्थानीय तह, प्रदेश र संघको निर्वाचन गर्नुपर्ने संबैधानिक समयसिमा रहेको स्मरण गराउँदै ओलीले प्रदेश र संघको निर्वाचन एकै चरणमा गराउँन सकिने बताए ।  एकै चरणमा निर्वाचन र एउटै मतपत्रमा प्रत्यक्ष र समानुपातिक मतदानको बिषयमा एमालेको आपती नहुने उनले स्पष्ट गरेका छन् । संबिधानको कार्यान्वयनका लागि तीनै तहको निर्वाचन समयमै गर्नुपर्ने बताउँदै उनले सत्तारुढ दललाई निर्वाचन सार्ने का...

संसदबाट राजिनामा दिएर मधेस आन्दोलन पुनः चकाउँने रणनीतिमा राजपा

सुभाष साह काठमाडौं, ११ साउन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का सांसदले व्यवस्थापिका संसदबाट सामुहिक राजिनामा दिएर मधेस आन्दोलन पुनः चर्काउँने रणनीतिमा लागेका छन् ।  काठमाडौंमा बुधबार भएको राजपा नेपालका सहअध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरुको बैठकले सांसद पदबाट राजिनामा दिएर पुनः मधेस आन्दोलन चर्काउनुपर्ने बिषयमा छलफल गरेको छ ।  राजपा नेपालका उपाध्यक्ष सत्यनारायण मण्डलले पार्टीको केन्द्रीय कमिटी बैठकमा सांसद पदबाट राजिनामा दिने प्रस्ताव पारित गराउँने दाबी गरेका छन् । राजपा नेपालले १८, १९ र २० साउनमा पदाधिकारी बैठक र २१, २२ २३ साउनमा केन्द्रीय कमिटी बैठक काठमाडौंमा बोलाएको छ ।  ‘हामीले हाम्रो माग पुरा गर्ने सहमतीमा सरकारलाई समर्थन दिएका हौं, तर सरकारले सहमती कार्यान्वयन गर्नेमा ईमन्दारिता देखाएन्’ मण्डलले राजधानीसंग भने, ‘सरकारले गर्नुपर्ने काम पनि भएन र संसदबाट हुने संबिधान संशोधन पनि नभएको अवस्थामा संसदमा बसिरहनुको कुनै अर्थ छैन् ।’ सत्तारुढ दल काँग्रेस र माओबादी केन्द्रले बिगतमा गरेको सहमती कार्यान्वयन नभएको निष्कर्ष निकाल्दै पदाधिकारी बैठ...

माओबादी अध्यक्ष दाहालकै सहमतीमा ‘समग्र मधेस एक स्वायत प्रदेश’ र ‘बहुराष्ट्रिय’ को एजेण्डा

सुभाष साह, काठमाडौं, १२ साउन सत्तारुढ दल नेकपा माओबादी केन्द्रका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहालको सहमतीमै ‘समग्र मधेस एक स्वायत प्रदेश’ र ‘बहुराष्ट्रिय’ को एजेण्डा उठाएको माओबादीका नेताहरुले बताएका छन् ।  समग्र मधेस एक स्वायत प्रदेश र बहुराष्ट्रियताको एजेण्डा संबिधान संशोधन गरेर पुरा गर्नुपर्ने अभियानमा माओबादी केन्द्रका नेता जुटेका छन् । माओबादी केन्द्रका साथै यि एजेण्डामा मधेसबादी पार्टीको समेत सहयोग छ ।  माओबादी केन्द्रका नेता भरत साहले पार्टी अध्यक्ष दाहालको सहमतीमै यो एजेण्डा उठाएको बताएका छन् । माओबादी जनयुद्धकालकै मुद्धा भएकाले यो एजेण्डालाई आफुहरुले छोडन नसक्ने साहले बताए ।  ‘यो एजेण्डा जनयुद्धकालकै एजेण्डा हो, नयाँ होईन्’ साहले राजधानीसंग भने, ‘पार्टीकै एजेण्डा भएकाले यसमा कसैको बिरोधको कुरै आउँदैन्, पार्टीको एजेण्डा पुरा गर्ने काममै हामी खटेका छौं ।’ तर माओबादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले समग्र मधेस एक स्वायत प्रदेश पार्टीको एजेण्डा नभएकाले यसको पछाडी नलाग्न आग्रह गरेका छन् । माओबादीकै नेताहरुले यो एजेण्डा संबिधान स...