राजपाको पदाधिकारी बैठक अघि भारती राजदुतसंग भेटघाट
सुभाष साह
काठमाडौं, १७ साउन
राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) अध्यक्ष मण्डलका सदस्यहरु मंगलबार नेपाल स्थित भारतीय राजदुत मज्जिभसिंह पुरीसंग भेटघाट गरेका छन् । बुधबार (आज) देखी शुरु हुन लागेको राजपा नेपाल पदाधिकारी बैठकको पुर्वसन्ध्या शिर्ष नेताहरु राजदुत पुरीसंग भेटघाट गरेका हुन् ।
राजपा नेपालका नेता र राजदुत पुरीका बीचमा पार्टीको अगामी रणनीतिका बिषयमा छलफल भएको एक नेताले बताएका छन् । सत्तारुढ दलले संबिधान संशोधन सहित अन्य माग पुरा गर्ने राजदुत पुरीले बताउँदै तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सहभागि हुन सुझाव दिएका छन् ।
तर राजपा नेपालका नेताले सत्तारुढ दलले सरकारको निर्णयबाट पुरा हुने माग पनि सम्बोधन नगरेको अवस्थामा निर्वाचनमा सहभागि हुन नसक्ने बताए । यथास्थितिमा पार्टी निर्वाचनमा सहभागि हुन नसक्ने अडानमा राजपाका नेताहरु रहेका छन् ।
सत्तारुढ दलका शिर्ष नेताले सरकारको निर्णयबाट पुरा हुने माग समेत सम्बोधन नगरेको र संबिधान संशोधनमा समेत ईमन्दारिताका साथ अगाडी नबढेको बताउँदै राजपा नेताले सरकार आलोचना राजदुत समक्ष गरेका छन् ।
राजपा नेपालको पदाधिकारी बैठक बुधबार (आज) देखी शुरु हुदैछ । केन्द्रीय पदाधिकारी १ सय ३४ रहेका पदाधिकार बैठक पार्टी एकिकरण पश्चात पहिलो चोटी बस्न लागेको हो ।
राजपा नेपालका उपाध्यक्ष सत्यनारायण मण्डलले पदाधिकारी बैठकमा पार्टीको अगामी रणनीतिको बिषयमा निर्णय हुने बताए । पहिलो र दोस्रो चरणको निर्वाचन बहिष्कार गरेको पार्टी तेस्रो चरणको स्थानीय निर्वाचनमा सहभागि हुने की नहुने भन्ने बिषयमा समेत निर्णय गरिने उनले बताए ।
पार्टीको बिधान, घोषणापत्र, जिल्ला जिल्लामा देखिएको बिवाद लगायतका बिषयमा बैठकमा छलफल हुने राजपा नेपालका महासचिव जितेन्द्र सिंहले बताए । पदाधिकारी बैठक पश्चात पार्टीको केन्द्रीय कमिटीको बैठक २२ साउन देखी काठमाडौंमा शुरु हुनेछ ।
Comments
Post a Comment