राजपा नेपाल पदाधिकारी बैठक, बैठक बहिष्कार गर्ने त्रिपाठी, गुप्ता, शुक्लालाई कारवाही गर्न माग
सुभाष साह,
काठमाडौं, १९ साउन
राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का नेताहरुले बैठक बहिष्कार गर्ने नेतालाई कारवाही गर्न माग गरेका छन् ।
बबरमहल स्थित राजपा नेपालको पार्टी कार्यालयमा बिहिबार पदाधिकारी बैठकमा बोल्दै नेताहरुले बैठक बहिष्कार गर्ने नेतालाई कारवाही गर्नुपर्ने माग गरेका छन् ।
पदाधिकारी बैठक नेताहरु हृदयेश त्रिपाठी, बृजेश गुप्ता, सर्बेन्द्रनाथ शुक्ला लगायतका बहिष्कार गरेका छन् । बुधबार देखी शुरु भएको पदाधिकारी बैठकमा उनीहरु सहभागि नभएको भन्दै बैठकमा सहभागि नेताहरुले स्ष्पटी करण सोधेर आवश्यक्ता अनुसार कारवाही गर्नुपर्ने माग उठेको एक नेताले बताए ।
‘बैठक बहिष्कार गर्ने, बैठकमा नआउँने नेतालाई स्ष्पटीकरण सोधनुपर्छ किन बैठकमा नआएको, बैठक बहिष्कार गर्नेहरुको उचित माग सम्बोधन गर्न सकिन्छ भने सम्बोधन गर्नुपर्यो यि सबै बिषयमा नेतृत्वले बिचार गरोस्’ बैठक स्रोतले राजधानीलाई भने ।
तर बैठक बहिष्कार गर्ने मध्येका एक नेता बृजेश गुप्ताले पार्टी बिधानमै पदाधिकारी भन्ने बिषय नहुनु र आफुहरु पदाधिकारी नभएकाले पदाधिकार बैठकमा सहभागि नभएको बताए । यधपी आफुहरु केन्द्रीय कमिटीको बैठकमा सहभागि हुने बताएका छन् ।
‘पदाधिकारी नै नभएको बैठकमा कसरी जानु, पार्टीको बिधानमा पदाधिकारी भन्ने कुनै कुरा नै छैन्’ गुप्ताले राजधानीसंग भने, ‘पार्टी बिधान अनुसार पदाधिकारी बैठकको व्यवास्था नै छैन, बिधान अनुसार बोलाईएको केन्द्रीय कमिटीको बैठकमा सहभागि हुन्छौं ।’
पदाधिकारी बैठक चलिरहदा सहभागि नभएपछि पार्टी संयोजक महन्थ ठाकुर सहितका नेताहरुले त्रिपाठी, गुप्ता, शुक्ला लगायतका नेताहरुलाई बैठकमा सहभागि हुन आग्रह गरेका छन् ।
बिहिबारको बैठक शुरु हुनुभन्दा अघि तत्कालिन तराई मधेस लोकतान्त्रिक पार्टीको बिजुलीबजार स्थित पार्टी कार्यालयमा ठाकुर, त्रिपाठी, गुप्ता, शुक्ला लगायतका बीचमा छलफल भएको थियो ।
छलफलमा बैठकमा सहभागि हुन ठाकुरले गरेको आग्रह त्रिपाठी, गुप्ता, शुक्ला लगायतका नेताहरुले अस्वीकार गरेका छन् । उनीहरु बिहिबारको पदाधिकारी बैठकमा समेत सहभागि भएनन् ।
जारी पदाधिकारी बैठकमा पार्टी संयोजक ठाकुरले प्रस्तुत गरेको राजनीतिक प्रतिबेदन, बिधान, घोषणापत्रको बिषयमा बोल्ने क्रम जारी रहेको राजपा महासचिव अजय गुप्ताले बताए ।
गुप्ताले पार्टी जोगाउँन भईरहेको स्थानीय तहको निर्वाचनमा सहभागि हुनुपर्ने बैठकमा आफ्नो धारणा राखेका छन् । सत्तारुढ दल र पार्टी बीचमा भएको सहमती अनुसार सरकारले माग पुरा गरे र संबिधान संशोधन बिधेयक निर्णयार्थ पेश गरिए निर्वाचनमा सहभागि हुनुपर्नेमा गुप्ता सहित २२ जना नेताले जोड दिएका छन् ।
३१ जना नेताले आफ्नो धारणा बैठकमा राखेका छन् । जसमध्ये २२ जनाले निर्वाचनको पक्षमा आफ्नो धारणा राखेको राजपा महासचिव केशव झाले बताए । गुप्ता, मृगेन्द्रसिंह यादव, निलम बर्मा, जितेन्द्र सिंह, गजाधर यादव, डा.सुरेन्द्र तिवारी, किरण यादव लगायतका नेताले निर्वाचनको पक्षमा धारणा राखेका छन् ।
यसैगरी नेताहरु उमाकान्त झा, डा. सुरेन्द्र झा, उपेन्द्र महतो लगायतका नेताहरुले मधेस आन्दोलनको मुख्य माग संबिधान संशोधन भएको र संशोधन नभएकाले आन्दोलनमा जानुपर्ने धारणा राखेका छन् ।
राजपा महासचिव जितेन्द्र सिंहले नेताहरुको धारणा राख्ने क्रम जारी रहेको बताउँदै बैठकमा प्राप्त सुझावलाई समेटदै केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिने बताएका छन् ।
पार्टीले केन्द्रीय कमिटीको बैठक २२ साउन देखी काठमाडौंमै बोलाएको छ ।
Comments
Post a Comment