प्रतिनिधिसभाको निर्वाचन गरौं–ओली
सुभाष साह,
काठमाडौं, १३ साउन
प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिला प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने बताएका छन् ।
तिब्बतको एक हप्ता लामो भ्रमण पश्चात शुक्रबार स्वदेश फर्किका ओलीले त्रिभुवन अन्तरर्राष्ट्रिय बिमान स्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै संबैधानिक र राजनीतिक संकटबाट मुलुकलाई जोगाउँन पहिला प्रतिनिधिसभाको निर्वाचन आवश्यक रहेको बताए ।
‘मुलुकमा संबैधानिक र राजनीतिक संकट आउँन नदिन पहिला प्रतिनिधिसभाको निर्वाचनको आवश्यक्ता छ’ ओलीले भने, ‘प्रतिनिधिसभाको निर्वाचन र प्रदेश सभाको निर्वाचन एकै चोटी गरेर मुलुकलाई जोगाउँन सकिन्छ ।’
सरकार र निर्वाचन आयोगलाई ७ माघ भित्र नै स्थानीय तह, प्रदेश र संघको निर्वाचन गर्नुपर्ने संबैधानिक समयसिमा रहेको स्मरण गराउँदै ओलीले प्रदेश र संघको निर्वाचन एकै चरणमा गराउँन सकिने बताए ।
एकै चरणमा निर्वाचन र एउटै मतपत्रमा प्रत्यक्ष र समानुपातिक मतदानको बिषयमा एमालेको आपती नहुने उनले स्पष्ट गरेका छन् । संबिधानको कार्यान्वयनका लागि तीनै तहको निर्वाचन समयमै गर्नुपर्ने बताउँदै उनले सत्तारुढ दललाई निर्वाचन सार्ने काममा नभई गर्ने काममा लाग्नुपर्ने बताए ।
पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा राजपालाई सहभागि हुन नदिएको काँग्रेसले तेस्रो चरणको निर्वाचनमा समेत सहभागि हुन नदिने दाउँपेच गरिरहेको ओलीले बताए ।
संबिधान संशोधन पास वा फेल जे भए पनि मतदानमा लैजाने काँग्रेसको निर्णय दाउँपेचको निर्णय भएको ओलीले बताउँदै काँग्रेसको छलछाम र दाउपेचमा नपरी राजपा नेतालाई निर्वाचनमा सहभागि हुन अग्रह गरेका छन् । राजपालाई निर्वाचनबाट बाहिर राखेर काँग्रेस आफ्नो सिट संख्या बढाउँन यस्तो गरिरहेको आरोप लगाएका छन् ।
तीनै तहको निर्वाचन पश्चात संबिधान संशोधन गर्ने बताउँदै ओलीको काँग्रेसले राजपालाई झुक्याउँने तर आरोप एमालेले खेप्नु दुर्भाग्यपुर्ण भएको बताए । काँग्रेसको दाउँपेचमा परेर राजपा निर्वाचनमा सहभागि नभए पनि निर्वाचन हुने उनले बताए ।
आफु प्रधानमन्त्री हुँदा नेपाल र चीन बीच भएका सम्झौता कार्यान्वयनमा चीनले चासो दिएको ओलीले बताए । तिब्बत सरकारका उच्च अधिकारी र चिनियाँ कम्युनिष्ट पार्टीका नेतासंग भेटाघाट गरेका ओलीले दुई देशका बीचमा भएका सम्झौता कार्यान्वयन हुने बताए ।
ओलीले सिगात्से भ्रमणका क्रममा त्यहाँका उच्च अधिकारीहरुसँग केरुङ, तातोपानी र किमाथांका नाका खुलाउनेबारे छलफल भएको बताउँदै नेपाल सरकारको ध्यानाकर्षण गराउँने बताए ।
त्रिभुव अन्तरर्राष्ट्रिय बिमान स्थलमा ओलीलाई स्वागत गर्न कार्यबाहक अध्यक्ष बामदेव गौतम, महासचिव ईश्वर पोखरेल, प्रदिप ज्ञवाली, एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकाल, केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ लगायतका नेताहरु पुगेका थिए ।
Comments
Post a Comment