एमालेले जिससको प्रमुख र उपप्रमुखको उम्मेदवारी टुंगो लगायो



सुभाष साह,
काठमाडौं, १५ साउन

नेकपा एमालेले स्थानीय तहको निर्वाचन सम्पन्न भएको जिल्लामा जिल्ला समन्वय समितिका लागि प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगाएको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोट स्थित निवासमा आईतबार बसेको स्थायी कमिटी बैठकले पार्टीको जिल्ला कमिटी र प्रदेश कमिटीको सिफारिस एवं सुझावका आधारमा प्रमुख एवं उपप्रमुखको उम्मेदवार टुंगो लगाएको हो । 

एमाले सचिव एवं प्रचार बिभाग प्रमुख योगेश भट्टराईका अनुधार रामेछापको प्रमुखमा पे्रमबहादुर खड्का, उपप्रमुखमा दीपा पाख्रिन,  रसुवाको प्रमुखमा कुलप्रसाद भट्ट, उपप्रमुखमा छोपेमा तामाङ्नी, मकवानपुरको प्रमुखमा रघुनाथ खुलाल, उपप्रमुखमा भगवती पुडासैनी, भक्तपुरको प्रमुखमा नवराज गेलाल र उपप्रमुखमा सरिता कु“वरको उम्मेदवारी हुने निर्णय गरेको हो । 

यसैगरी डोल्पाको प्रमुखमा शेरबहादुर बुढा, सल्यानमा उपप्रमुख कुलबहादुर गिरी, कालिकोटको प्रमुखमा पे्रमबहादुर शाही, उपप्रमुखमा सरिता आचार्य, जाजरकोटको प्रमुखमा गोरे कार्की, उपप्रमुखमा कमलादेवी शाही, हुम्लाको उपप्रमुखमा खगेन्द्र कार्की, सुर्खेतको प्रमुखमा टोपबहादुर राजकोटी, उपप्रमुखमा दीपा मल्ल, मुगुको प्रमुखमा पुर्णबहादुर रोकाय, उपप्रमुखमा कर्णशिला मल्लको उम्मेदवारी हुने निर्णय बैठकले गरेको छ । 

खोटाङको प्रमुखमा बबी चाम्लिङ, उपप्रमुख गोमा खत्री, इलामको प्रमुख गणेश बराल, उपप्रमुखमा चित्रकला बराइली, बझाङको प्रमुख खड्गबहादुर खड्का, उपप्रमुखमा भागिरथी अवस्थी जोशीको उम्मेदवारी हुने निर्णय स्थायी कमिटी बैठकले गरेको छ ।

यता काभ्रेको निम्ति सिफारिस भएका नामहरूमध्ये जिल्ला नेतृत्वस“ग आवश्यक छलफल गरी पार्टी केन्द्रीय अध्यक्षस“ग राय परामर्श गरेर उम्मेदवारको टुंगो लगाउने जिम्मा प्रदेश नं. ३ का संयोजक अष्टलक्ष्मी शाक्यलाई जिम्मेवारी दिइएको भट्टराईले बताए । 

कतिपय जिल्लाहरूमा विभिन्न पार्टीस“ग तालमेल गर्नुपर्ने अवस्थामा उम्मेदवार हेरफेर गर्नुपरेमा प्रदेश संगठन कमिटीको नेतृत्वस“ग राय परामर्श गरी पार्टी केन्द्रस“ग पूर्व स्वीकृति लिई सम्बन्धित जिल्ला कमिटीले गर्न सक्ने अधिकार बैठकले दिएको छ । 

बैठकमा पार्टी अध्यक्ष ओलीले लामो समयदेखि नेपाल र चीनका बीचमा व्यापारिक सम्बन्ध कायम रहेको सिन्धुपाल्चोकको तातोपानी नाका पुनः सञ्चालन गर्न चिनिया“ सरकारको ध्यानाकर्षण गराएको बिषयमा जानकारी गराएका छन् । 

हालै मित्रराष्ट्र चीनको तिब्बत र मानसरोबर भ्रमणका क्रममा चीनिया“ कम्युनिस्ट पार्टी तथा चिनिया“ सरकारका प्रतिनिधिहरूस“गको भेटघाटका क्रममा भएको छलफल चीन सरकारको सकारात्मक सोंच रहेको कुरा ओलीले बताएका छन् । 
नेपालको हिमाली क्षेत्रमा पूर्वदेखि पश्चिमसम्मका व्यापारिक नाकाहरू खुला गर्ने सन्दर्भमा समेत अध्यक्ष ओलीले चिनिया“ प्रतिनिधिहरूको ध्यानाकर्षण गराएका छन् । 
थप जिल्लाको उम्मेदवारी टुंगो लगाउन तथा राष्ट्रिय राजनीति र समसामयिक विषयमा छलफल गर्न पार्टी स्थायी कमिटीको बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार पुनः बस्ने एमालेले जनाएको छ । 


Comments

Popular posts from this blog

राजपा सहित गठबन्धनद्धारा निर्वाचन बिथोल्न आन्दोलनको घोषणा

नेकपा एकता कार्यदल , तोकिएकै समयमा आएन प्रतिबेदन

फोरम नेपालको निष्कर्षः काँग्रेस, माओबादी ‘सम्झौताबादी’, एमाले ‘मण्डले, खोक्रो राष्ट्रबाद’