Posts

Showing posts from September, 2018

राजनीतिक पार्टीद्धारा कानून उल्लंघन, राष्ट्रिय दलले तिर्नुपर्ने जरिमाना डेढ करोड !

Image
ं राजपा ८१ लाख ५० हजार ं ने क पा ४४ लाख १० हजार  ं फोरम २४ लाख ५० हजार ं कांग्रेस ८ लाख ५० हजार सुभाष साह काठमाडौं, २१ भदौ प्रमुख चार राजनीतिक दलले कानुन उल्लंघन गरेबापत राज्यलाई १ करोड ५५ लाख ५० हजार जरिमाना तिर्नुपर्ने देखिएको छ ।  राष्ट्रिय राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा), नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल  र संघीय समाजवादी फोरम नेपालले कानुन उल्लंघन गरेबापत जारिमाना तिर्नुपर्ने भएको छ ।  पार्टीका पदाधिकारी र केन्द्रीय समितिमा रहेका सदस्यले निर्वाचन भएको दुई महिनाभित्र आफ्नो चलअचल सम्पत्ति पार्टी मुख्यालयमा बुझाउनुपर्ने निर्वाचन आयोगको कानुन उल्लंघन गरेबापतको जरिमाना तिर्नुपर्ने भएको हो ।  चारै दलका कुनै पनि पदाधिकारी र केन्द्रीय सदस्यले पार्टी मुख्यालयमा सम्पत्ति विवरण बुझाएका छैनन् । यसरी सबैभन्दा धेरै जरिमाना राजपाले तिर्नुपर्ने देखिएको छ भने सबैभन्दा कम कांग्रेसको भागमा परेको छ ।  राजपाले ८१ लाख ५० हजार, नेकपाले ४४ लाख १० हजार, फोरम नेपालले २४ लाख ५० हजार र कांग्रेसले ८ लाख ...

प्रधानमन्त्री निवासबाटै चल्छ नेकपा, शीर्ष नेता नै जादैनन् पार्टी कार्यालय

Image
एकीकरण यता पार्टीका वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल एकपटक पार्टी कार्यालय पुगे । सचिवालय सदस्य बामदेव गौतम, इश्वर पोखरेल र रामबहादुर थापा भने  अहिलेसम्म पुगेका छैनन् । सुभाष साह काठमाडौं, १९ भदौ दुइ अलग वामशक्ति एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ‘हेडक्वाटर’ तात्कालीन एमालेको कार्यालय धुम्वाराही कायम भयो । तात्कालीन माओबादी केन्द्रको पेरिसडाडास्थित ‘हेडक्वाटर’ भने जनवर्गिय संगठनको कार्यालय भयो ।  कार्यालय वाँडफाड टुंगिएपनि नेकपा को संचालन भने न धुम्वाराहीमबाट हुन्छ न पेरिसडाडा । कार्यालय को टुंगो लागेपनि पार्टी संचालन भने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट भईरहेको छ । पार्टीका महत्वपुर्ण बैठक, भेटघाट, छलफल समेत प्रधानमन्त्री निवास बालुवाटारमै हुने गरेको छ ।   पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीका सबै बैठक बालुवाटारबाटै सञ्चालन गरिरहेकाछन् । सरकारका अतिरिक्त पार्टीसमेत वालुवाटारकेन्द्रीत भएपछि प्रधानमन्त्री ओलीको दैनिकी अति व्यस्त छ ।  ३२ साउन यता...

नेकपा बैठक अनिश्चित, एकता प्रतिबेदन ‘भद्रगोल’ र ‘बिवादित’ एवं शिर्ष नेता बिदेश भ्रमणमा

Image
सुभाष साह काठमाडौं, १७ भदौ  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तल्लो कमिटी एकतामा देखिएको बिवादका कारण पार्टीको बैठक अनिश्चित बनेको छ ।  प्रदेश, जिल्ला, जनसंगठनहरुको एकताका लागि गठन भएको कार्यदलले दिएको प्रतिबेदन ‘भद्रगोल’ र ‘बिवादित’ देखिएकाले सो समस्या समाधानका लागि आन्तरिक गृहकार्यको अभाव भएपछि बैठक स्थिगित भएको छ ।  नेकपा स्थायी कमिटीका सदस्य अष्टलक्ष्मी शाक्यले स्थायी कमिटीको बैठक स्थगित भएको बताईन् । स्थगित बैठक कहिले हुने भन्ने जानकारी नपाएको उनले बताईन् । १९ र २० भदौका लागि बैठक निर्धारित गरिएको थियो । यस अघि ८ र ९ भदौमा स्थायी कमिटीको बैठक बस्ने तय गरिए पनि बैठक बस्नु अघि मिति सारिएको थियो ।  पार्टी सचिवालय बैठकले तयारी नपुगेको भन्दै बैठक पछि सार्दै आएको छ । त्यसभन्दा अघि बसेको स्थायी कमिटीको बैठकमा प्रस्तुत सबै एजेण्डामा छलफल नहुदै स्थगित भएको थियो । पार्टी एकता, सरकारका काम कारवाही लगायतका बिषयमा छलफल हुने एजेण्डा रहेको छ ।  ‘१९ र २० भदौका लागि बैठक बोलाईएको थियो तर बैठक स्थगित भएको खबर आयो’ स्थायी कमिटीकी सदस्य शाक्यले भनिन्...

नेकपा एकता किचलो, समानान्तर कमिटी

Image
काठमाडौमा असन्तुष्ट पक्षले समानान्तर कमिटी सिफारिस गरेको छ भने गण्डकी प्रदेशले कार्यदलको सहमतिमै दुई वेग्लावेग्लै कमिटी सिफारिस गरेको छ ।   सुभाष साह काठमाडौं, १६भदौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा तल्लो तहका संगठन गठन नहुदै समानान्तर कमिटी सिफारिस भएको छ ।  एकताका लागि गठन भएको कार्यदलले बिधि, प्रक्रिया मिच्दै निषेधको राजनीति गरेको  भन्दै असन्तुष्ट पक्षले समानान्तर कमिटी सिफारिस गरेको हो ।  काठमाडौं जिल्लामा समानान्तर कमिटी सिफारिस भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली निकटले एक्लौटी गर्न खोजेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल निकटले समानान्तर कमिटी सिफारिस गरेको छ ।  काठमाडौं जिल्लामा रामशरण ढुंगाना अध्यक्ष हुने गरी कार्यदलमा सिफरिस भयो । तर सो कमिटीमा एकलौटी रुपमा संस्थापन पक्षले सिफरिस गरेको भन्दै असन्तुष्ट पक्षले सागर नेपालको अध्यक्षतामा समानान्तर कमिटी सिफारिस गरेको छ । दुबै समुहले एक सय २५ सदस्सीय जिल्ला कमिटीको सिफारिस पार्टीमा गरेका छन् ।  प्रदेश ३ कार्यदलका सदस्य अष्टलक्ष्मी शाक्यले द...

जिल्लाकै प्रतिबेदन ‘भद्रगोल’, म्याद सकियो तर प्रतिबेदन आएन

Image
नेकपा एकता  सुभाष साह काठमाडौं, ११ भदौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश, जिल्ला, जनवर्गीय संगठनहरुको एकताका लागि गठन गरेको कार्यदलले जिल्लाबाट आएको ‘भद्रगोल’ प्रतिबेदन मिलाउँने कार्यमा जुटेको छ ।  प्रदेश २ र प्रदेश १ को कार्यदलले अझै प्रतिबेदन बुझाउँन सकेका छैनन् । नेकपा सचिवालले प्रतिबेदन बुझाउँन पटक पटक म्याद थप गर्दै आएको छ । पछिल्लो समय ७ भदौ भित्रमा प्रतिबेदन बुझाई सक्न निर्देशन दिएको थियो ।  तर जिल्ला जिल्लाबाटै भद्रगोल सिफारिस आएपछि मिलाउँन समय लागेको कार्यदलले जनाएको छ । प्रदेश २ का कार्यदल सदस्य बिश्वनाथ साहले जिल्लाबाट आएका प्रतिबेदन मिलाउँनुपर्ने भएकाले ढिला भएको बताए ।  ‘जिल्लाहरुले नै प्रतिबेदन भद्रगोल पठाएको छ, पार्टीले तोकेको मापदण्ड बिपरित सिफारिस आएकाले मिलाउँने प्रयासमा रहेका छौं’ साहले भने, ‘प्रदेश र जिल्ला कमिटीका सदस्यका लागि सिफारिसमा नामावली बढी आएको छ, मिलाउँदैछौं, एकदुई दिनमै बुझाउँछौं ।’ पार्टीको विधान र नियमावलीले प्रदेश कमिटीमा अध्यक्ष र सचिवसहित १५१ सदस्य रहने व्यवस्था गरेको छ । तर, आवश्यकअनुस...