नेकपा एकता किचलो, समानान्तर कमिटी



काठमाडौमा असन्तुष्ट पक्षले समानान्तर कमिटी सिफारिस गरेको छ भने गण्डकी प्रदेशले कार्यदलको सहमतिमै दुई वेग्लावेग्लै कमिटी सिफारिस गरेको छ ।  


सुभाष साह
काठमाडौं, १६भदौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा तल्लो तहका संगठन गठन नहुदै समानान्तर कमिटी सिफारिस भएको छ । 
एकताका लागि गठन भएको कार्यदलले बिधि, प्रक्रिया मिच्दै निषेधको राजनीति गरेको  भन्दै असन्तुष्ट पक्षले समानान्तर कमिटी सिफारिस गरेको हो । 
काठमाडौं जिल्लामा समानान्तर कमिटी सिफारिस भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली निकटले एक्लौटी गर्न खोजेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल निकटले समानान्तर कमिटी सिफारिस गरेको छ । 


काठमाडौं जिल्लामा रामशरण ढुंगाना अध्यक्ष हुने गरी कार्यदलमा सिफरिस भयो । तर सो कमिटीमा एकलौटी रुपमा संस्थापन पक्षले सिफरिस गरेको भन्दै असन्तुष्ट पक्षले सागर नेपालको अध्यक्षतामा समानान्तर कमिटी सिफारिस गरेको छ । दुबै समुहले एक सय २५ सदस्सीय जिल्ला कमिटीको सिफारिस पार्टीमा गरेका छन् । 

प्रदेश ३ कार्यदलका सदस्य अष्टलक्ष्मी शाक्यले दुबै कमिटी पार्टी सचिवालयमा बुझाएको बताईन् । कार्यदलमा छुटाछुटै आएको जिल्ला कमिटीको सिफारिस जस्ताको त्यस्तै पार्टी सचिवालयमा बुझाएको उनले बताईन् । 
‘काठमाडौंमा दुईटा कमिटीको सिफारिस आएपछि हामीले जस्ताको त्यस्तै पार्टी सचिवालयमा बुझाएका छौं’ शाक्यले भनिन्, ‘काठमाडौं बाहेकका जिल्लामा समान्य बिबाद पनि देखिन्छ, तर सबैको समाधान हुन्छ त्यती ठुल्लो देखिदैन्, पार्टीले सबै बिबादको समाधान गर्दै सबैलाई जिम्मेवारी दिन्छ ।’

काठमाडौं, बाके, अर्घाखाची, दाङ्ग, ललितपुर, भक्तपुर, रुपन्देही, मुगु, पाल्पा, रोल्पासहितका दर्जनौं जिल्लामा बिबाद देखिएको छ । असन्तुष्ट पक्षका नेताहरुले पार्टी शिर्ष नेतालाई भेटेर समस्या समाधानका लागि अनुरोध गर्दैछन् । शिर्ष नेताले सबैलाई न्याय दिने भन्दै आश्वासन दिएपनि बिवाद भने वढ्दो छ ।  

कार्यदलको सिफारिसमा बिभिन्न ठाउँमा बिबाद देखिएपछि पार्टी अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल लगायतका नेताहरु आन्तरिक छलफलमा छन् । 
असन्तुष्ट पक्षका नेता नेपालले बिधि, प्रक्रिया एवं नियमलाई मिच्दै कमिटीहरु निर्माण भईरहेको भन्दै त्यसलाई नसच्याए समानान्तर कमिटी बनाउँने आफु निकटका नेताको आन्तरिक छलफलमै बताएका थिए । 

असन्तुष्ट पक्षका एक नेताका अनुसार तत्कालिन पार्टी कमिटीको वरिष्ठता मिचेर एकता टुंगो लगाउँने काम भईरहेको छ । कार्यदलले छलफल, सल्लाह नगर्ने कतै गरेको जस्तो देखाए पनि आफूखुशी नै सिफारिस गर्न थालेपछि असन्तुष्टि बढेको उनले बताए । 

वाँकेमा उपाध्यक्ष निरक गुरुङ्ग, सचिव रत्न खत्री, उपसचिव प्रमोद धिताल निर्वाचितलाई वेवास्ता गरेर जिल्ला कमिटीको सदस्य रहेका गोपाल गिरीलाई अध्यक्षमा सिफारिस गरिएको भन्दै बिवाद वढेको छ । 

दाङ्गमा निर्वाचित जिल्ला अध्यक्ष टिकाराम खडकालाई छोडेर जिल्ला कमिटीका सदस्य रहेका शिव आचार्यलाई अध्यक्षमा सिफारिस गरिएको असन्तुष्ट नेताहरुको भनाइ छ । 
पाल्पामा पनि निर्वाचित उपाध्यक्ष मोहन थापालाई छोडेर जिल्ला कमिटीका सदस्य राधाकृष्ण कर्णलाई कार्यदलले अध्यक्ष सिफारिस गरेपछि बिबाद शुरु भएको छ । 
प्रदेश, जिल्ला, जनवर्गीय संगठनहरुको एकताका लागि गठन गरेको कार्यदलले दिएको प्रतिबेदन ‘भद्रगोल’ देखिएपछि शिर्ष नेताले समाधानको खोजी गरिरहेका छन् । अधिकांश ठाउँमा बिबाद सहितको प्रतिबेदन सचिवालयमा पुगेको बताए । केही बाहेक प्राय सबै ठाउँमा बिबाद सहितको प्रतिबेदन कार्यदलले दिएपछि सचिवालयले त्यसलाई मिलाउँने गृहकार्यमा जुटेको एक नेताले बताए । 

प्रदेश ३, प्रदश ५, प्रदेश ७, गण्डकी प्रदेश र कर्णाली प्रदेशले पार्टी सचिवालयमा प्रतिबेदन बुझाईसकेका छन् । प्रदेश १ र प्रदेश २ का कार्यदलले प्रतिबेदन बुझाउँन सकेका छैनन् । आन्तरिक बिबादकै कारण यि प्रदेशले अहिले सम्म प्रतिबेदन बुझाउँन नसकेका हुन् । 

प्रदेश २ का कार्यदल सदस्य बिश्वनाथ साहले अन्तिम गृहकार्यमा कार्यदल जुटेको बताउँदै केही दिन भित्रैमा प्रतिबेदन बुझाउँने बताए । 
कर्णाली प्रदेशको प्रतिबेदन पार्टी सचिवालयमा आईसकेको भए पनि त्यसमा बिबाद देखिएको छ । गण्डकी प्रदेशमा कार्यदलकै सहमतीमा छुटाछुटै दुईबटा प्रतिबेदन आएको छ । प्रदेश ७ मा पनि बिबाद छ । 

पार्टी स्थायी कमिटीको बैठक १९ र २० भदौमा बस्ने निर्णय भएको छ । सो बैठक बस्नुभन्दा अघि देखिएका बिबाद समाधान गर्ने गरी आन्तरिक तयारीमा शिर्ष नेता जुटेका छन् । 

Comments

Popular posts from this blog

राजपा सहित गठबन्धनद्धारा निर्वाचन बिथोल्न आन्दोलनको घोषणा

नेकपा एकता कार्यदल , तोकिएकै समयमा आएन प्रतिबेदन

फोरम नेपालको निष्कर्षः काँग्रेस, माओबादी ‘सम्झौताबादी’, एमाले ‘मण्डले, खोक्रो राष्ट्रबाद’