जिल्लाकै प्रतिबेदन ‘भद्रगोल’, म्याद सकियो तर प्रतिबेदन आएन


नेकपा एकता 

सुभाष साह
काठमाडौं, ११ भदौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश, जिल्ला, जनवर्गीय संगठनहरुको एकताका लागि गठन गरेको कार्यदलले जिल्लाबाट आएको ‘भद्रगोल’ प्रतिबेदन मिलाउँने कार्यमा जुटेको छ । 

प्रदेश २ र प्रदेश १ को कार्यदलले अझै प्रतिबेदन बुझाउँन सकेका छैनन् । नेकपा सचिवालले प्रतिबेदन बुझाउँन पटक पटक म्याद थप गर्दै आएको छ । पछिल्लो समय ७ भदौ भित्रमा प्रतिबेदन बुझाई सक्न निर्देशन दिएको थियो । 



तर जिल्ला जिल्लाबाटै भद्रगोल सिफारिस आएपछि मिलाउँन समय लागेको कार्यदलले जनाएको छ । प्रदेश २ का कार्यदल सदस्य बिश्वनाथ साहले जिल्लाबाट आएका प्रतिबेदन मिलाउँनुपर्ने भएकाले ढिला भएको बताए । 

‘जिल्लाहरुले नै प्रतिबेदन भद्रगोल पठाएको छ, पार्टीले तोकेको मापदण्ड बिपरित सिफारिस आएकाले मिलाउँने प्रयासमा रहेका छौं’ साहले भने, ‘प्रदेश र जिल्ला कमिटीका सदस्यका लागि सिफारिसमा नामावली बढी आएको छ, मिलाउँदैछौं, एकदुई दिनमै बुझाउँछौं ।’

पार्टीको विधान र नियमावलीले प्रदेश कमिटीमा अध्यक्ष र सचिवसहित १५१ सदस्य रहने व्यवस्था गरेको छ । तर, आवश्यकअनुसार एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र बराबर दुईका दरले सदस्य थप्न सकिनेछ । 

भूगोलका जिल्ला कमिटी १२५ सदस्यीय आवश्यक भएमा एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र बराबर १० का दरले सदस्य थप्न सकिनेछ नियमावलीमा उल्लेख गरिएको छ । तर जिल्लाबाट आएको सिफारिसमा नियमावली विपरित नै सिफारिस भएकाले मिलाउँन समय लागेको नेता साहले बताए । 

यसैगरी प्रदेश १ ले पनि जिल्लाको बिबादमै अल्झेको छ । जिल्लाको विवादका साथै नेताहरुको स्वार्थका कारणले प्रतिबेदन बुझाउँनमा ढिलाई भएको कार्यदलले जनाएको छ । केही नेताहरुको स्वार्थकै कारण ढिलाई भईरहेको कार्यदलका एक सदस्यले बताए । 

‘आफूखुशी सिफारिस, आफू निकटका नेता पर्नै पर्ने, स्वार्थभन्दा बाहिर जान नसकिने कारणले ढिलाई भईरहेको छ’ प्रदेश १ कार्यदलका एक सदस्यले भने, ‘पार्टी एकता केन्द्रमा भए पनि तल्लो तहमा अझै समस्या नै छ, केन्द्रदेखी गाउँसम्म नै नेताहरुको गुटको संजाल तोडदै एकता टुंगो लगाउँनुपर्नेछ ।’

अन्यतर्फ

प्रदेश १ र प्रदेश २ मा जिल्लाको बिबादका कारण प्रतिबेदन आउँनमा ढिलाई भए पनि आएको प्रतिबेदन पनि भद्रगोल नै रहेको छ । जिल्ला जिल्लामा सर्वसम्मत हुन नसक्दा बिबाद सहितको प्रतिबेदन पार्टी सचिवालयमा पुगेको छ । 

पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले बिबाद देखिएको जिल्लाको समस्या समाधानका लागि निकासको खोजी गरिरहेका छन् । आन्तरिक छलफलमा रहेका ओली र दाहालले छिटैनै टुंगो लगाउँदै घोषणा गर्ने तयारीमा जुटेका छन् । 

नेकपा नेता नारायणकाजी श्रेष्ठले बिबाद देखिएको जिल्लाका साथै जनवर्गीय संगठनहरुको एकता टुंगो लगाउँने आन्तरिक गृहकार्यमा अध्यक्षद्धय रहेको बताए । अधिकांश जिल्ला एवं प्रदेश कमिटीको नेतृत्व एवं कमिटी सर्वसम्मत नै रहेको उनले बताए । तर कतिपय ठाउँमा बिबाद एवं असन्तुष्टि देखिएकाले समाधान गर्नका लागि नेतृत्व तहमै छलफल भईरहेको श्रेष्ठले बताए । 

जनवर्गीय संगठनहरुको नेतृत्व सहितको कमिटीको टुंगो लगाउँन अध्यक्षद्धयले छलफल केन्द्रीत गरेका छन् । अध्यक्षद्धयले छलफल गरेपछि निर्णयार्थ पार्टी सचिवालय एवं स्थायी कमिटीको बैठकमा प्रस्तुत गरिनेछ । 

कर्णली प्रदेशको प्रतिबेदन पार्टी सचिवालयमा आईसकेको भए पनि त्यसमा बिबादै बिबाद देखिएको छ । गण्डकी प्रदेशमा कार्यदलकै सहमतीमा छुटाछुटै प्रतिबेदन आएको छ । प्रदेश ५ को प्रतिबेदनमा पनि बिबाद देखिएको छ । प्रदेश ७ को प्रतिबेदन सर्वसहमतीमै आएको छ । यस प्रदेशमा बिवाद बढी नभेटिएको नेकपा स्रोतले जनाएको छ ।

प्रतिबेदन पार्टी निर्देशन बिपरित भद्रगोल तरिकाले कार्यदलले तयार गरेका छन् । बिबाद सहित आएका प्रतिबेदनलाई समाधान गर्न पार्टी सचिवालय गृहकार्यमा जुटेको छ । तल्लबाट बिबाद सहित आएको प्रतिबेदन अब पार्टी केन्द्रबाटै सच्याउँने काम हुदैछ । 

जनवर्गीय संगठनहरु मध्ये केहीको प्रतिबेदन पार्टी सचिवालयमा बुझाउँनै समेत वाकी रहेको छ । एकताका लागि गठन भएको कार्यदल आन्तरिक तयारीमै रहेकाले प्रतिबेदन बुझाउँन समय लागेको छ । नेतृत्वको मुख्य बिबादले प्रतिबेदन तयारीमा समस्या सृजना भएको छ । 

Comments

Popular posts from this blog

राजपा सहित गठबन्धनद्धारा निर्वाचन बिथोल्न आन्दोलनको घोषणा

नेकपा एकता कार्यदल , तोकिएकै समयमा आएन प्रतिबेदन

फोरम नेपालको निष्कर्षः काँग्रेस, माओबादी ‘सम्झौताबादी’, एमाले ‘मण्डले, खोक्रो राष्ट्रबाद’