प्रधानमन्त्री निवासबाटै चल्छ नेकपा, शीर्ष नेता नै जादैनन् पार्टी कार्यालय


एकीकरण यता पार्टीका वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल एकपटक पार्टी कार्यालय पुगे । सचिवालय सदस्य बामदेव गौतम, इश्वर पोखरेल र रामबहादुर थापा भने  अहिलेसम्म पुगेका छैनन् ।

सुभाष साह
काठमाडौं, १९ भदौ

दुइ अलग वामशक्ति एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ‘हेडक्वाटर’ तात्कालीन एमालेको कार्यालय धुम्वाराही कायम भयो । तात्कालीन माओबादी केन्द्रको पेरिसडाडास्थित ‘हेडक्वाटर’ भने जनवर्गिय संगठनको कार्यालय भयो । 
कार्यालय वाँडफाड टुंगिएपनि नेकपा को संचालन भने न धुम्वाराहीमबाट हुन्छ न पेरिसडाडा । कार्यालय को टुंगो लागेपनि पार्टी संचालन भने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट भईरहेको छ । पार्टीका महत्वपुर्ण बैठक, भेटघाट, छलफल समेत प्रधानमन्त्री निवास बालुवाटारमै हुने गरेको छ ।  

पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीका सबै बैठक बालुवाटारबाटै सञ्चालन गरिरहेकाछन् । सरकारका अतिरिक्त पार्टीसमेत वालुवाटारकेन्द्रीत भएपछि प्रधानमन्त्री ओलीको दैनिकी अति व्यस्त छ । 


३२ साउन यता प्रधानमन्त्री ओली पार्टी कार्यालय पुग्न भ्याएका  छैनन् । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीमात्र होइन अर्का अध्यक्ष पुष्पकमल दाहाल सहित सवैजसो सचिवालय सदस्य त्यसयता पार्टी केन्द्रीय कार्यालयमा पाईला नै टेकेका छैनन् । गत ३ जेठमा तत्कालिन एमाले र माओवादी केन्द्रबीच पार्टी एकिकरण भएको थियो ।  
पार्टी एकिकरण पश्चात केन्द्रीय कार्यालय धुम्बाराहीबाट सञ्चालन हुन्छ । शिर्ष नेतादेखि सचिवालय सदस्यसमेत पार्टी कार्यालय नपुगेपछि पार्टी कार्यालय सुनसान छ । जिल्लाबाट आउँने नेता, कार्यकर्ताहरु कार्यालय पुगेपनि शिर्ष नेताहरुसंग भेटघाट हुदैन् ।

शीर्ष नेताहरुलाई भेटन प्रधानमन्त्री निवास बालुवाटार, होटेल वा उनीहरुको नीजि निवासमै पुग्नुपर्ने बाध्यता रहेको एक नेताले बताए । पार्टी कार्यालयमा जाँदा नेतासंग भेट असम्भव भएपछि कार्यकर्ताहरु नेता निवासमै धाउन थालेको उनको भनाइ छ ।  

नेकपाका अर्का अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल पनि ३२ साउन यता पार्टी केन्द्रीय कार्यालय धुम्बाराही गएका छैनन् । ३२ साउनमा पार्टी प्रबेश कार्यक्रमका लागि केन्द्रीय कार्यालय पुगेका अध्यक्षद्धय ओली र दाहाल त्यसयता कार्यालय नआएको स्रोतले जनाएको छ । 
पार्टी अध्यक्षद्धय ओली र दाहाल मात्रै होइन वरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र झलनाथ खनाल समेत केन्द्रीय कार्यालय जादैनन् । ओली र दाहाल एकैचोटी बिदेश गएका बेला कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका नेपालले पार्टी सचिवालय बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा गरेका थिए । त्यसयता वरिष्ठ नेता नेपाल पनि पार्टी कार्यालयमा पाईला टेकेका छैनन् । 

अर्का वरिष्ठ नेता खनाल पार्टी एकिकरण घोषणा भएपछि एक चोटी मात्रै केन्द्रीय कार्यालय पुगेको स्रोतले बतायो । उपचारका लागि चीन गएका खनाल फर्किए लगतै पार्टी सदस्यता नबिकरणका लागि केन्द्रीय कार्यालय पुगे । त्यसयता उनी कार्यालय पुगेका छैनन् । 

पार्टीको सबैभन्दा शक्तिशाली कमिटी सचिवालय हो । सचिवालयमा रहेका अन्य नेता पनि कार्यालयमा पुग्दैनन् । सचिवालय सदस्य बामदेव गौतम, इश्वर पोखरेल (उपप्रधान तथा गृहमन्त्री), रामबहादुर थापा (गृहमन्त्री) पार्टी एकिकरण यता एक चोटी पनि केन्द्रीय कार्यालय गएका छैनन् । 

सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ एक पटक केन्द्रीय कार्यालय पुगे । पार्टीको बिदेश बिभागको प्रतिबेदन सम्बन्धी काम गर्न उनी केन्द्रीय कार्यालय पुगे । त्यसयता उनी पनि कार्यालय पुगेका छैनन । 

पार्टी सचिवालयमा रहेका र मन्त्री समेत भएका नेता मन्त्री क्वाटर, मन्त्रालय वा होटलमै भेटघाट गर्छन् । मन्त्री नभएका नेता घर वा होटलमै नेता, कार्यकर्तासंग भेटघाट गर्छन् । पार्टीको काम हुदाँ प्रधानमन्त्री निवासमै शिर्ष नेताहरु पुग्ने गरेका छन् ।
महासचिव बिष्णु पौडेल भने नियमित कार्यालय जान्छन् । पार्टीका काम, भेटघाट लगायतका काम उनी कार्यालयबाटै सञ्चालन गर्छन् । १४ भदौ यता भने उनीपनि कार्यालय पुगेका छैनन् । 

नेकपाका केन्द्रीय सदस्य बिष्णु रिजालले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको दैनिकी ज्यादै नै व्यस्त भएकाले पार्टीको काम समेत वालुवाटारबाट गर्नुपर्ने बाध्यता रहेको हुनसक्ने बताए । 

‘प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्षको दैनिकी ज्यादै नै व्यस्त छ, समय अभाव एवं व्यस्तताले सायद उहाँ बालुवाटारमै बैठक बोलाउँनुहुन्छ’ रिजालले भने, ‘तर प्रधानमन्त्री अन्य कार्यक्रमका साथै कार्यकर्तासंगको १५ दिनमा हुने नियमित भेटघाट पार्टी केन्द्रीय कार्यालयबाटै गर्नुहुन्छ ।’

पार्टी अहिले एकिकरणको प्रक्रियामा रहेकाले शिर्ष नेताहरुको समेत दैनिकी व्यस्त भएको उनले बताए । प्रदेश, जिल्ला, जनवर्गीय संगठनहरुको एकता टुंगो लगाउँदै पार्टीलाई व्यवस्थित एवं संस्थागत रुपमा अघि बढने रिजालले बताए । 

Comments

Popular posts from this blog

राजपा सहित गठबन्धनद्धारा निर्वाचन बिथोल्न आन्दोलनको घोषणा

नेकपा एकता कार्यदल , तोकिएकै समयमा आएन प्रतिबेदन

फोरम नेपालको निष्कर्षः काँग्रेस, माओबादी ‘सम्झौताबादी’, एमाले ‘मण्डले, खोक्रो राष्ट्रबाद’