Posts

Showing posts from August, 2018

दोहोरो भुमिकामा राजपा नेपाल, संघमा समर्थन प्रदेशमा बिरोध

Image
सुभाष साह काठमाडौं, ८ भदौ राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) नेपाली राजनीतिमा दोहोरो भुमिका निर्वाह गरिरहेको छ । आफैले समर्थन गरेको सरकारको पार्टीले बिरोध गर्दै दोहोरो भुमिका निर्वाह गर्दैछ ।  राजपा नेपालले संघीय सरकारलाई समर्थन गरेको छ । संघीय सरकारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष समेत रहेका केपी शर्मा ओली प्रधानमन्त्री रहेका छन् । तर प्रधानमन्त्री ओलीलाई संघीय संसदमा समर्थन गरेको राजपा नेपालले प्रदेश २ मा बिरोध गरेको छ । २ भदौमा प्रधानमन्त्री ओलीले प्रदेश २ को संसदमा सम्बोधन गर्दै गर्दा राजपा नेपालका सांसदले बिरोध गरे । संघमा समर्थन गरेको राजपा नेपालले पार्टीको आधिकारिक निर्णय बिना प्रदेशमा बिरोध गरेको हो ।  राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले पार्टीको निर्णयमा बिरोध नगरिएको बताए । प्रदेश सांसदहरुले बिरोध गरेको आफुले सुनेको बताउँदै उनले बिरोध किन गरेको भन्ने कुरा सांसदहरुलाई नै सोध्नुपर्ने बताए ।  संबिधान संशोधन, मधेस आन्दोलनका क्रममा लगाईएका झुठा मुद्धा खारेजी, जेलमा रहेका प्रतिनिधिसभाका सांसद रेशम चौधरीको रिहा...

नेकपा एकता कार्यदल , तोकिएकै समयमा आएन प्रतिबेदन

Image
सुभाष साह काठमाडौं, ७ भदौ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश, जिल्ला, जनवर्गीय संगठनहरुको एकताका लागि गठन गरेको कार्यदलले तोकिएकै समयमा एकता सम्बन्धीको प्रतिबेदन बुझाउँन सकेनन् । पार्टी केन्द्रीय सचिवालयले बिहिबार सम्ममा एकता सम्बन्धिको प्रतिबेदन बुझाईसक्नुपर्ने समय दिएको थियो । तर समयमै एकता सम्बन्धीको प्रतिबेदन नआएपछि एकता सम्बन्धीको कार्य लम्बिने भएको छ । जे जस्तो अवस्थामा छ सोही अवस्थामा प्रतिबेदन बुझाईसक्नुपर्ने पार्टीको निर्देशन कार्यदललाई दिईएको थियो । पटक पटक समय दिए पनि कार्यदलले समयमै प्रतिबेदन बुझाउँन नसकिएकाले बिहिबार सम्ममा बुझाईसक्नुपर्ने भन्ने अन्तिम पटकको म्याद दिईएको थियो । प्रदेश १ र प्रदेश २ ले एकता सम्बन्धीको प्रतिबेदन बुझाउँन सकेकका छैनन् । प्रदेश ३, प्रदेश, प्रदश ५, प्रदेश ७, गण्डकी प्रदेश र कर्णाली प्रदेशले पार्टी सचिवालयमा प्रतिबेदन बुझाईसकेका छन् । प्रदेश २ का कार्यदल सदस्य बिश्वनाथ साहले दुई तीन दिनभित्रमा प्रतिबेदन बुझाउँने बताए । जिल्लाहरुबाट प्रतिबेदन आउँनमा ढिलाई भएका कारण तोकिएकै म्यादभित्रमा बुझाउँन नसकिएको उनले बताए । ‘जिल्ला जिल...

नेकपा एकता कार्यदल, प्रतिबेदन ‘भद्रगोल’

Image
सुभाष साह काठमाडौं, ५ भदौ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश, जिल्ला, जनवर्गीय संगठनहरुको एकताका लागि गठन गरेको कार्यदलले दिएको प्रतिबेदन ‘भद्रगोल’ रहेको छ । प्रतिबेदन भद्रगोल आउँन थालेपछि पार्टी सचिवालले त्यसलाई मिलाउँने गृहकार्यमा जुटेको छ । नेकपा एक नेताका अनुसार अधिकांश ठाउँमा बिबाद सहितको प्रतिबेदन सचिवालयमा पुगेको बताए । केही बाहेक प्राय सबै ठाउँमा बिबाद सहितको प्रतिबेदन कार्यदलले दिएपछि सचिवालयले त्यसलाई मिलाउँने गृहकार्यमा जुटेको उनले बताए । प्रदेश ३, प्रदेश, प्रदश ५, प्रदेश ७, गण्डकी प्रदेश र कर्णाली प्रदेशले पार्टी सचिवालयमा प्रतिबेदन बुझाईसकेका छन् । प्रदेश १ र प्रदेश २ का कार्यदलले प्रतिबेदन बुझाउँन सकेका छैनन् । आन्तरिक बिबादकै कारण यि प्रदेशले अहिले सम्म प्रतिबेदन बुझाउँन नसकेका हुन् । प्रदेश २ का कार्यदल सदस्य बिश्वनाथ साहले ७ भदौ भित्रैमा एकता सम्बन्धीको प्रतिबेदन पार्टी सचिवालयमा बुझाउँने बताए । अन्तिम गृहकार्यमा कार्यदल जुटेको बताउँदै उनले पार्टीले पछिल्लो समय दिएको म्याद भित्रैमा प्रतिबेदन बुझाईसक्ने बताए । ‘जि...

संघीय सांसद , भित्र नेकपा, बाहिर स्वतन्त्र

Image
सुभाष साह काठमाडौं, २८ साउन सांसद हृदयेश त्रिपाठी र वृजेश गुप्ता संसद्भित्र नेपाल कम्युनिस्ट पार्टी (ने क पा) र संसद् बाहिर स्वतन्त्र नेताका रूपमा प्रतिनिधित्व गरिरहेका छन् । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) परित्याग गरी त्रिपाठी र गुप्ताले निर्वाचनताका स्वतन्त्र राजनीतिक समूह बनाई एमालेको सूर्य  चिह्नबाट निर्वाचन लडेका थिए । नवलपरासी पश्चिम–१ बाट त्रिपाठी र कपिलवस्तु–२ बाट गुप्ता निर्वाचित भएका हुन् । तर, उनीहरू नेपाल कम्युनिस्ट पार्टीका सदस्य भने होइनन् । राजपा नेपाल परित्याग गरी स्वतन्त्र राजनीतिक समूह बनाएर एमालेसँग तीनबुँदे सहमति गर्दै उनीहरू वाम गठबन्धनको साझा उम्मेदवार बनेका थिए । सांसद त्रिपाठीले वाम गठबन्धनसँग तालमेल गरेर निर्वाचन लडेकाले संयुक्त घोषणापत्रअनुसार नै काम गरिरहेको बताए । तर, ने क  पाको सदस्य नभएकाले पार्टीको निर्णय मान्नैपर्ने आवश्यक नरहेको उनले बताए । जनतासँग मत माग्न जाँदा संयुक्त वाम गठबन्धनको घोषणापत्र लिएर मत मागेकाले सोहीअनुसार संसद्मा भूमिका निर्वाह गरिरहेको उनले बताए । तर, ने क पाको सदस्य आफूहरू नभएकाले पार्टीको निर्णय मान्न आ...

ओली सरकारका १५० दिन, ९ प्रमुख उपलब्धि

Image
. सिन्डिकेट अन्त्य  . अनावश्यक विदेश भ्रमणमा रोक . मितव्ययिता र प्रभावकारिता .     सामाजिक सुरक्षा भत्ता विद्युतीय  . सुरक्षाकर्मीलाई घरेलु काममा लगाउन रोक  . पर्यटक भिसा वितरणमा विद्युतीय टोकन . अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालन . छिमेक सम्बन्धमा नयाँ उचाइ  . सडक र रेलमार्ग  सुभाष साह काठमाडौं, २८ साउन सरकारले पाँच महिनामा नौवटा मुख्य उपलब्धि हासिल गरेको विवरण प्रस्तुत गरेको छ । ३ फागुनमा प्र्रधानमन्त्री नियुक्त भएका केपी शर्मा ओली नेतृत्वको सरकारले साउनभित्र गरेका महŒवपूर्ण काम ७८ पृष्ठमा सोमबार सार्वजनिक गरेको हो । ओली नेतृत्वको सरकार ३ भदौमा ६ महिना पुग्दै छ ।  यातायातको सिन्डिकेट, तस्करमाथि कारबाही एवं प्रभावकारी नियन्त्रण, विकास निर्माणको ढिलासुस्ती हटाउने कदम, औचित्यहीन भ्रमण नियन्त्रण, सार्वजनिक खर्चमा मितव्ययिता, खरिद अनियमितता रोक्न एकीकृत सूचना प्रणाली, सामाजिक सुरक्षा भत्ता वितरणमा पारदर्शितासहितका क्षेत्रमा सरकार गठन भएको छोटो समयमै महŒवपूर्ण उपलब्धि भएको सरकारले निष्कर्ष निकालेको छ ।  ...

संबिधान संशोधन लगायतका मुद्धा सम्बोधन गर्न प्रधानमन्त्रीलाई राजपा नेपालको दबाब

Image
सुभाष साह काठमाडौं, २७ साउन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई आफ्ना माग सम्बोधनका लागि दबाब दिने भएको छ । सरकारलाई बिश्वासको मत दिएको राजपा नेपालका नेताले प्रधानमन्त्री केपी शर्मा ओलीसंग सोबारेमा छलफल गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आईतबार राजपा नेपाल अध्यक्ष मण्डलका नेताले प्रधानमन्त्री ओलीसंग संबिधान संशोधन, सांसद रेशम चौधरीको रिहाई, मधेस आन्दोलनका क्रममा लगाईएका झुठा मुद्धा फिर्ता लगायतका बिषयमा छलफल गरेको छ ।  छलफलमा सहभागि राजपा नेता अनिलकुमार झाले आफूहरुको माग पुरा हुने की नहुने सरकारले गर्ने व्यवहारमा भर पर्ने बताए । आफूहरुको माग सम्बोधन गर्ने बताए पछि सरकारलाई बिश्वासको मत दिएको तर अहिले सम्ममा पुरा नभएपछि सो बिषयमा छलफल गरेको उनले बताए ।  ‘हामीले प्रधानमन्त्रीसंग पटक पटक छलफल गर्दै माग सम्बोधनका लागि आग्रह गरेका छौं’ झाले भने, ‘माग सम्बोधन गर्ने की नगर्ने सरकारको अगामी कार्यले प्रष्ट हुन्छ, हाम्रो छलफल जारी नै रहन्छ ।’ प्रधानमन्त्रीको कतिपय बिषयमा बाध्यता भए पनि तत्कालै गर्नुपर्ने काम नभएकाले चिन्ताको बिषय भएको ...