दोहोरो भुमिकामा राजपा नेपाल, संघमा समर्थन प्रदेशमा बिरोध
सुभाष साह
काठमाडौं, ८ भदौ
राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) नेपाली राजनीतिमा दोहोरो भुमिका निर्वाह गरिरहेको छ । आफैले समर्थन गरेको सरकारको पार्टीले बिरोध गर्दै दोहोरो भुमिका निर्वाह गर्दैछ ।
राजपा नेपालले संघीय सरकारलाई समर्थन गरेको छ । संघीय सरकारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष समेत रहेका केपी शर्मा ओली प्रधानमन्त्री रहेका छन् । तर प्रधानमन्त्री ओलीलाई संघीय संसदमा समर्थन गरेको राजपा नेपालले प्रदेश २ मा बिरोध गरेको छ ।
२ भदौमा प्रधानमन्त्री ओलीले प्रदेश २ को संसदमा सम्बोधन गर्दै गर्दा राजपा नेपालका सांसदले बिरोध गरे । संघमा समर्थन गरेको राजपा नेपालले पार्टीको आधिकारिक निर्णय बिना प्रदेशमा बिरोध गरेको हो ।
राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले पार्टीको निर्णयमा बिरोध नगरिएको बताए । प्रदेश सांसदहरुले बिरोध गरेको आफुले सुनेको बताउँदै उनले बिरोध किन गरेको भन्ने कुरा सांसदहरुलाई नै सोध्नुपर्ने बताए ।
संबिधान संशोधन, मधेस आन्दोलनका क्रममा लगाईएका झुठा मुद्धा खारेजी, जेलमा रहेका प्रतिनिधिसभाका सांसद रेशम चौधरीको रिहाई, घाईते आन्दोलनकारीलाई क्षतिपुर्ति लगायतका माग सम्बोधन गर्ने आश्वासन पाएपछि राजपा नेपालले प्रधानमन्त्री ओलीलाई समर्थन गरेको राजपा नेपालका महासचिव अजय गुप्ताले बताए । तर अहिले सम्ममा सो माग सम्बोधन नभएपछि असन्तुष्टि बढदै गएको उनले बताए ।
माग सम्बोधन गर्नका लागि पार्टीले प्रधानमन्त्री ओलीलाई प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा दबाब दिदै आएको छ । माग सम्बोधन भए ओली नेतृत्वकै सरकारमा सहभागि हुने नभए समर्थन फिर्ता लिएर पुनः आन्दोलन जान सकिने राजपा नेपालले जनाएको छ । अहिले केही समय अझै हेर्ने त्यसपछि मात्रै पार्टीले कडा निर्णय लिने नेताहरु बताउँछन् ।
राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले पार्टीको निर्णयका आधारमा प्रदेश २ मा सांसदहरुले बिरोध नगरेको बताए । पार्टीको आधिकारिक निर्णय बिना बिरोध गरेपनि पार्टीका सांसदलाई कारवाही नहुने उनले बताए ।
‘पार्टीको निर्णका आधारमा प्रदेश २ मा प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गरिएको होईन्, त्यहाँका जनताको भावना अनुसार उहाँहरुले बिरोध गरेका हुन्’ यादवले भने, ‘पार्टीका सांसदहरुले जनताको भावना अनुसार प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गरेकाले पार्टीले कारवाही गर्ने बिषय बन्दैन् ।’
राजपा नेपालका महासचिव एवं प्रदेश २ का सांसद मनिष सुमनले संघीय सरकारलाई पार्टीले दिएको समर्थन फिर्ता लिनुपर्ने बताए । आफूहरुको माग सम्बोधन गर्ने बिश्वासमा प्रधानमन्त्री ओलीलाई समर्थन गरेपनि अहिले सम्ममा सम्बोधन नभएकाले समर्थन फिर्ता लिनुपर्ने बताए ।
संबिधान संशोधन लगायतका माग सम्बोधन नभएकाले प्रधानमन्त्री ओलीको सम्बोधन बहिष्कार गरिएको सुमनले बताए । मधेसी, आदीबासी जनजाती, पिछडिएका बर्गको माग सम्बोधन गरी संबिधान संशोधन गर्नुपर्ने बताउँदै उनले सरकारले ढिलाई गरिरहेकोमा आपति जनाए ।
प्रधानमन्त्री ओलीले संबिधान बिपरित प्रदेश २ मा प्रबेश गरी सम्बोधन गरेकाले जरिवाना गर्नुपर्ने बहस पनि शुरु भएको छ । राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालको संयुक्र सरकार प्रदेश २ मा रहेको छ । सरकारमा सहभागि राजपाले बहिष्कार गरेपनि फोरम नेपालले बहिष्कार गरेन् । फोरम नेपालका अध्यक्ष संघीय सरकारमा पनि सहभागि छन् ।
राजपा नेपालका सचिव एवं प्रदेश २ का सांसद उपेन्द्र महतोले माग सम्बोधन नभए सम्म सरकारको बिरोध भईरहने बताए । प्रधानमन्त्री ओलीले जनताको माग सम्बोधन नगरेसम्म मधेसमा बिरोध जारी नै रहने बताए ।
Comments
Post a Comment