नेकपा एकता कार्यदल, प्रतिबेदन ‘भद्रगोल’
सुभाष साह
काठमाडौं, ५ भदौ
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश, जिल्ला, जनवर्गीय संगठनहरुको एकताका लागि गठन गरेको कार्यदलले दिएको प्रतिबेदन ‘भद्रगोल’ रहेको छ । प्रतिबेदन भद्रगोल आउँन थालेपछि पार्टी सचिवालले त्यसलाई मिलाउँने गृहकार्यमा जुटेको छ ।
नेकपा एक नेताका अनुसार अधिकांश ठाउँमा बिबाद सहितको प्रतिबेदन सचिवालयमा पुगेको बताए । केही बाहेक प्राय सबै ठाउँमा बिबाद सहितको प्रतिबेदन कार्यदलले दिएपछि सचिवालयले त्यसलाई मिलाउँने गृहकार्यमा जुटेको उनले बताए ।
प्रदेश ३, प्रदेश, प्रदश ५, प्रदेश ७, गण्डकी प्रदेश र कर्णाली प्रदेशले पार्टी सचिवालयमा प्रतिबेदन बुझाईसकेका छन् । प्रदेश १ र प्रदेश २ का कार्यदलले प्रतिबेदन बुझाउँन सकेका छैनन् । आन्तरिक बिबादकै कारण यि प्रदेशले अहिले सम्म प्रतिबेदन बुझाउँन नसकेका हुन् ।
प्रदेश २ का कार्यदल सदस्य बिश्वनाथ साहले ७ भदौ भित्रैमा एकता सम्बन्धीको प्रतिबेदन पार्टी सचिवालयमा बुझाउँने बताए । अन्तिम गृहकार्यमा कार्यदल जुटेको बताउँदै उनले पार्टीले पछिल्लो समय दिएको म्याद भित्रैमा प्रतिबेदन बुझाईसक्ने बताए ।
‘जिल्ला जिल्लाबाटै सर्वसहमतीमा प्रतिबेदन आईरहेको छ’ साहले भने, ‘प्रदेश २ मा कतै बिबाद देखिएको छैन्, पार्टीले तोकिएको समयभित्रैमा हामीले प्रतिबेदन बुझाउँछौं ।’
प्रदेश २ मा आठ जिल्ला रहेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहालको प्रदेश २ मा बिभिन्न कार्यक्रमको तयारीमा जुटेकाले प्रतिबेदन बुझाउँनमा ढिलाई भएको नेता साहले बताए ।
कर्णली प्रदेशको प्रतिबेदन पार्टी सचिवालयमा आईसकेको भए पनि त्यसमा बिबादै बिबाद देखिएको छ । गण्डकी प्रदेशमा कार्यदलकै सहमतीमा छुटाछुटै प्रतिबेदन आएको छ । प्रदेश ५ को प्रतिबेदनमा पनि बिबाद देखिएको छ । प्रदेश ७ को प्रतिबेदन सर्वसहमतीमै आएको छ । यस प्रदेशमा बिवाद बढी नभेटिएको नेकपा स्रोतले जनाएको छ ।
प्रतिबेदन पार्टी निर्देशन बिपरित भद्रगोल तरिकाले कार्यदलले तयार गरेका छन् । बिबाद सहित आएका प्रतिबेदनलाई समाधान गर्न पार्टी सचिवालय गृहकार्यमा जुटेको छ । तल्लबाट बिबाद सहित आएको प्रतिबेदन अब पार्टी केन्द्रबाटै सच्याउँने काम हुदैछ ।
भक्तपुर, ललितपुर, भुगु, कालिकोट, अर्घाखाची, दाङ्ग, पाल्पा सहितका दर्जनौ जिल्लाहरुमा बिबाद देखिएको छ । नेतृत्वको बिबाद भएपछि कसरी समाधान गर्न सकिन्छ त्यस बिषयमा पार्टी नेतृत्वले नै निर्णय लिने बताइएको छ ।
कार्यदलको प्रतिबेदन प्रति असन्तुष्टि व्यक्त गर्दै ललितपुरका नेता सुरेन्द्रमोहन शर्मा, चिरञ्जीवि आचार्य, बाबुराम थापा, माधव पौडेल, कृष्णलाल महर्जन लगायतका नेताले पार्टी शिर्ष नेतालाई भेटगरी गल्ती सच्याउँन आग्रह गरेका छन् ।
जिल्लाहरुमा देखिएका बिबाद समाधानका लागि नेताहले आन्तरिक रुपमै दबाब दिईरहेका छन् । नेतृत्व लगायतको बिबाद सहितको समाधान पार्टीले गर्नै आश्वासन शिर्ष नेताले असन्तुष्ट नेतालाई दिइएका छन् ।
उता २२ जनवर्गीय संगठन मध्ये ईन्जिनियरको एकता मात्रै सर्वसम्मत भएको छ । जनसांस्कृतिककर्मी, बिद्यार्थी, जनजाती, किसान, वकिल, दलित, अपांगता भएका व्यक्तिको संगठनहरुले प्रतिबेदन बुझाईसकेका छन् ।
मधेसी, पत्रकार, भुमिहिन सुकुम्बासी, भुतपुर्व सैनिक प्रहरी, मजदुर, महिला लगायतका जनसंगठनहरु एकताका लागि गठन भएको कार्यदलले प्रतिबेदन बुझाएका छैनन् । नेतृत्व लगायत तत्कालिन दुबै संगठनहरुलाई कसरी समायोजन गर्ने लगायतका बिबादले प्रतिबेदन बुझाउँनमा ढिलाई भएको हो ।
सोमबार पार्टी सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटरमा बस्यो । बैठकले ७ भदौ भित्रमा प्रतिबेदन बुझाउँन कार्यदललाई निर्देशन दिएको छ । पटक पटक म्याद थपेपनि कार्यदलले प्रतिबेदन बुझाउँन नसक्दा जेजस्तो अवस्थामा छ त्यही प्रतिबेदन बुझाउँने निर्देशन दिएको नेकपा नेता नारायणकाजी श्रेष्ठले बताए ।
‘कार्यदलहरुलाई रिपोर्ट बुझाउँन साउन मसान्तसम्मको अवधि दिएका थियौं, अहिले सम्ममा कतिपय कार्यदलको रिपोर्ट आए पनि बुझाउँन नसकेकाले ७ भदौभित्रमा बुझाउँन म्याद दिने निर्णय भएको छ’ श्रेष्ठले भने, ‘अन्तिम पटक दिएको म्यादभित्रमा कार्यदलले जुन अवस्थामा छ, त्यही अवस्थामा बुझाउँनुपर्छ ।’
यसअघिको बैठकले साउन समान्तभित्रमा प्रतिबेदन बुझाउँन कार्यदललाई निर्देशन दिएको थियो । तर सोमबार सम्ममा प्रदेश १ र प्रदेश २ बाहेक प्रदेशतर्फको कार्यदलले प्रतिबेदन बुझाईसकेका छन् । जनवर्गिय संगठन तर्फबाट अधिकांशको प्रतिबेदन बुझाउँन बाकी नै रहेको छ ।
एकिकृत संगठनमा नेतृत्व सहितको बिबाद जिल्ला जिल्लामा भएपछि कार्यदलले प्रतिबेदन बुझाउँन नसकेका हुन् । तत्कालिन एमाले र माओवादी केन्द्रका बीचमा ३ जेठमा पार्टी एकताको घोषणा गर्दै शिर्ष नेताले तीन महिना भित्रमा सबै कमिटीहरु एकिकरण गरिसक्ने उदघोष गरेका थिए ।
यसैगरी सचिवालय बैठकले ८ र ९ भदौ बस्ने भनिएको पार्टी स्थायी कमिटीको बैठक १९ र २० भदौमा बस्ने निर्णय गरेको छ । यसअघि बसेको सचिवालय बैठकले ८ र ९ भदौमा बस्ने निर्णय गरेको थियो । तर कार्यदलहरुको प्रतिबेदन नआएकाले स्थायी कमिटी बैठक सारिएको हो ।
प्रदेश र जनसंगठन तर्फ एकताका लागि पार्टीले छुटाछुटै कार्यदल बनाएर एकता टुंगो लगाउँन जिम्मेवारी बाँडफाँट गरेको थियो । नेकपा महासचिव बिष्णु पौडेलले कार्यदललले प्रतिबेदन बुझाउँने क्रम जारी रहेको बताए । धेरै ठाउँबाट प्रतिबेदन आईसकेको बताउँदै उनले आउँन वाकी रहेकाले बुझाईसकेपछि पार्टीमा छलफल गरेर बिबाद देखिएको ठाउँमा समाधान गर्दै जाने उनले बताए ।
Comments
Post a Comment