नेकपा एकता कार्यदल , तोकिएकै समयमा आएन प्रतिबेदन
सुभाष साह
काठमाडौं, ७ भदौ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश, जिल्ला, जनवर्गीय संगठनहरुको एकताका लागि गठन गरेको कार्यदलले तोकिएकै समयमा एकता सम्बन्धीको प्रतिबेदन बुझाउँन सकेनन् ।
पार्टी केन्द्रीय सचिवालयले बिहिबार सम्ममा एकता सम्बन्धिको प्रतिबेदन बुझाईसक्नुपर्ने समय दिएको थियो । तर समयमै एकता सम्बन्धीको प्रतिबेदन नआएपछि एकता सम्बन्धीको कार्य लम्बिने भएको छ ।
जे जस्तो अवस्थामा छ सोही अवस्थामा प्रतिबेदन बुझाईसक्नुपर्ने पार्टीको निर्देशन कार्यदललाई दिईएको थियो । पटक पटक समय दिए पनि कार्यदलले समयमै प्रतिबेदन बुझाउँन नसकिएकाले बिहिबार सम्ममा बुझाईसक्नुपर्ने भन्ने अन्तिम पटकको म्याद दिईएको थियो ।
प्रदेश १ र प्रदेश २ ले एकता सम्बन्धीको प्रतिबेदन बुझाउँन सकेकका छैनन् । प्रदेश ३, प्रदेश, प्रदश ५, प्रदेश ७, गण्डकी प्रदेश र कर्णाली प्रदेशले पार्टी सचिवालयमा प्रतिबेदन बुझाईसकेका छन् ।
प्रदेश २ का कार्यदल सदस्य बिश्वनाथ साहले दुई तीन दिनभित्रमा प्रतिबेदन बुझाउँने बताए । जिल्लाहरुबाट प्रतिबेदन आउँनमा ढिलाई भएका कारण तोकिएकै म्यादभित्रमा बुझाउँन नसकिएको उनले बताए ।
‘जिल्ला जिल्लाबाटै प्रतिबेदन आउँन ढिलाइ भयो, अझै केही जिल्लाको बाँकी नै रहेको छ’ साहले भने, ‘जिल्लाबाट प्रतिबेदन आउँन बितिकै अध्ययन गरेर पार्टी सचिवालयमा दुई तीन दिनभित्रमा बुझाउँछौं ।’
प्रदेश १ का कार्यदल सदस्य राम कार्कीले पुर्णरुपमा प्रतिबेदन तयार नभएको बताए । अपुर्ण प्रतिबेदन बुझाईए पनि केही ठाउँको समस्या समाधान गरेर पछि पुर्ण प्रतिबेदन बुझाउँने बताए ।
पार्टी सचिवालयमा आएका प्रतिबेदनहरु बिबाद सहितको रहेको छ । बिबाद सहित आएको ‘भद्रगोल’ प्रतिबेदन सुलझाउँने काम पार्टी सचिवालयले गरिरहेको छ । बिबाद देखिएका जिल्लाहरुको समाधान गर्दै नेतृत्व सहितको बिषय टुंगो लगाउँन पार्टी सचिवालय आन्तरिक गृहकार्यमा जुटेको छ ।
केही जिल्ला बाहेक प्राय सबै ठाउँमा बिबाद सहितको प्रतिबेदन कार्यदलले दिएपछि सचिवालयले त्यसलाई मिलाउँने गृहकार्यमा जुटेको एक नेताले बताए । प्रतिबेदन बुझाउँन वाकी रहेका हकमा अब केहुने हो पार्टीको अगामी बैठकमा छलफल हुनेछ ।
उता २२ जनवर्गीय संगठन मध्ये ईन्जिनियरको एकता मात्रै सर्वसम्मत भएको छ । जनसांस्कृतिककर्मी, बिद्यार्थी, जनजाती, किसान, वकिल, दलित, अपांगता भएका व्यक्तिको संगठनहरुले प्रतिबेदन बुझाईसकेका छन् । मधेसी, मजदुर, महिला लगायतका अधिकांश संगठनको एकता सम्बन्धीको प्रतिबेदन अझै पार्टी सचिवालयमा पुगेको छैन् ।
४ भदौमा बसेको पार्टी सचिवालय बैठकले दुई दिन म्याद थप्दै प्रतिबेदन जेजस्तो अवस्थामा छ सोही अवस्थामा बुझाउँन निर्देशन दिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
१७ साउनमा ने क पा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र महासचिव बिष्णु पौडेलले छलफल गर्दै कार्यदललाई सर्कुलर जारी एकता सम्बन्धीको प्रतिबेदन बुझाउँन निर्देशन दिईएको थियो ।
त्यस्तै १६ जेठमा कार्यदललाई १५ दिन भित्रमा एकिकरण गरेर त्यसको प्रतिबेदन बुझान भनिएको थियो । यस अघि ३ जेठमा तत्कालिन एमाले र माओवादी केन्द्र बीच पार्टी एकताको घोषणा गर्दै शिर्ष नेताले तीन महिना भित्रमा सबै तहका कमिटीहरुको एकता टुंगो लगाउँने उदघोष गरेका थिए ।
Comments
Post a Comment