वाम गठबन्धन: कार्यदलले टुंगो लगायो मुख्यमन्त्री, सभामुख र उपसभामुख



सुभाष साह
काठमाडौं 

एमाले र माओवादी केन्द्रको वामगठबन्धनद्धारा गठित कार्यदलले मुख्यमन्त्री, सभामुख र उपसभामुखको सिट बाँडफाँट टुंग्याएको छ । एमालेले मुख्यमन्त्री र सभामुख ४÷४ लिने र माओवादी केन्द्रले मुख्यमन्त्री र सभामुख २÷२ लिने निर्णय कार्यदल बैठकले गरेको छ । 

कार्यदलको आइ्र्रतबार सिंहदरबार स्थित एमाले संसदीय दलको कार्यालयमा सम्पन्न बैठकले सिट बाँडफाँट गरेको छ । कार्यदलले टुंगो लगाएको सिट बाँडफाँटको निर्णय पार्टी एकता संयोजन समितिले छलफल गरी पारित गर्नेछ । 

एमाले नेता एवं कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले प्रदेश १, ३, ४ र ५ मा एमालेको मुख्यमन्त्री र प्रदेश ६ र ७ मा माओवादी केन्द्रको मुख्यमन्त्री बन्ने सहमती भएको बताए । यसैगरी प्रदेश १, ३, ६ र ७ मा एमालेको सभामुख र प्रदेश ४ र ५ मा माओवादी केन्द्रको सभामुख हुने निर्णय कार्यदलको बैठकले गरेको उनले बताए । 

‘कार्यदलको सहमतीमा भएको निर्णय पार्टी एकता संयोजन समितिलाई बुझाउँनेछौं, कार्यदलकै निर्णयका आधारमा सिट बाँडफाँट गरी दुबै पार्टी अगाडी बढनेछ’ पाण्डेले राजधानीसंग भने, ‘यही सहमतीका आधारमा प्रदेशमा प्रदेश सरकार गठन गर्ने निर्णय सर्वसहमतले भएको छ ।’

कार्यदल बैठकले प्रदेश ४ र ५ मा एमालेको उपसभामुख र प्रदेश १, ३, ६ र ७ मा माओवादी केन्द्रको उपसभामुख हुने निर्णय गरेको छ । कार्यदलले सिट बाँडफाँटको टुंगो लगाएसंगै ६ वटै प्रदेशमा प्रदेश सरकार गठन गर्न नेताहरु जुटेका छन् । 

माओवादी केन्द्रका नेता एवं कार्यदलका सदस्य मातृका यादवले प्राप्त ताजा जनादेश अनुसार कार्यदलले प्रदेश मन्त्री परिषदको सदस्य संख्याको बाँडफाँट गर्दा एमालेले ७० प्रतिशत र माओवादी केन्द्रले ३० प्रतिशत लिने निर्णय भएको बताए । 

यसअघि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रले ६० ÷४० को आधारमा सिट बाँडफाँट गरेका थिए । तर पछिल्लो निर्वाचनमा प्राप्त मताधिकारका आधारमा कार्यदलले ७०÷३० को आधारमा सिट बाँडफाँट गरेको हो । 

‘हामीले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा दुबै दलले प्राप्त गरेको ताजा जनादेशकै आधारमा सिट बाँडफाँड गरेका छौं’ यादवले भने, ‘एमाले र माओवादी केन्द्रका बीचमा पार्टी नै एकिकरण गर्ने कार्य अन्तिम चरणमा पुगेकाले सहमतीकै आधारमा सिट बाँडफाँट गरेका छौं ।’

मुख्यमन्त्री र एमाले एवं माओवादी केन्द्रका प्रदेशसभा दलका नेताहरुको सहमतीमा मन्त्रीहरुका कार्य बिभाजन तथा प्रदेश संसदीय समितिका नेतृत्व बाँडफाँट गर्ने सहमती कार्यदलको बैठमा भएको छ । 

संबिधानमा भएको व्यवस्था अनुसार प्रदेश सरकारमा मन्त्रिपरिषदको संख्या प्रदेश रहेका सांसद २० प्रतिशत सम्म गर्न सकिन्छ । तर कार्यदलको बैठकले मन्त्रीपरिषदको संख्या प्रदेश सभाको संख्याको अनुपात अनुसार ७ देखी ११ सम्म गर्नुपर्ने सहमती गरेको छ । 

एमालेबाट सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे तथा माओवादी केन्द्रबाट रामबहादुर थापा, मात्रिका यादव र बर्षमान पुन कार्यदलमा रहेका छन् । उपचारका क्रममा बाहिर रहेका कारण आईतबारको बैठकमा पुन सहभागि भएनन् । 

यसअघि कार्यदलको बैठकले राष्ट्रियसभा सदस्यको उम्मेदवारका बिषयमा सहमतीमै गरेको निर्णय पार्टी एकता संयोजन समितिले पारित गरेको थियो । प्रदेशको मुख्यमन्त्री, सभामुख र उपसभामुखको बिषयमा कार्यदलले गरेको निर्णय पनि संयोजन समितिले पारित गर्ने बिश्वास कार्यदलमा रहेका सदस्यहरुको रहेको छ । 

प्रदेश २ मा राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालको बहुमत पुग्ने र उनीहरुकै सरकार गठन हुने भएकाले वामगठबन्धनको कार्यदल बैठकले प्रदेश २ को बैठक बारे केही निर्णय गरेको छैन् । 

Comments

Popular posts from this blog

राजपा सहित गठबन्धनद्धारा निर्वाचन बिथोल्न आन्दोलनको घोषणा

नेकपा एकता कार्यदल , तोकिएकै समयमा आएन प्रतिबेदन

फोरम नेपालको निष्कर्षः काँग्रेस, माओबादी ‘सम्झौताबादी’, एमाले ‘मण्डले, खोक्रो राष्ट्रबाद’