Posts

Showing posts from January, 2018

प्रदेशसभा संसदीय दलको नेता छान्ने सम्बन्धित प्रदेशलाई दिइयो अधिकार, प्रदेशसभा संसदीय दलको नेता नै मुख्यमन्त्री हुने

Image
सुभाष साह काठमाडौं, १६ माघ  एमालेले प्रदेशसभा संसदीय दलको नेता छान्न सम्बन्धित प्रदेशसभालाई नै अधिकार दिएको छ । सम्बन्धित प्रदेशसभाले ३ सदस्यी निर्वाचन समिति गठन गरी प्रदेशसभा संसदीय दलको नेता छान्ने छ । एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार सम्पन्न स्थायी कमिटी बैठकले प्रदेशसभा संसदीय दलको नेता छान्ने अधिकार सम्बन्धित प्रदेशसभालाई दिएको सचिव प्रदिप ज्ञवालीले बताए ।  ‘सबै प्रदेशसभाले आ–आफ्नो प्रदेशसभा संसदीय दलको नेता छान्नेछन, सर्वसहमतको प्रयास गर्ने नभए गोप्य मतदानद्वारा निर्णय हुनेछ’ ज्ञवालीले भने, ‘ज्येष्ठ सदस्यको अध्यक्षतामा सञ्चालित प्रदेशसभा संसदीय दलको बैठकले दल नेताको चयन सम्बन्धी विधि र प्रक्रिया तय गर्नेछ ।’ प्रदेशसभा संसदीय दलको नेता छान्न सोही प्रदेशसभा संसदीय दलको बैठकबाट ३ सदस्यीय निर्वाचन कमिटी गठन गरिने उनले बताए । पहिलो बैठक सो प्रदेशका जेष्ठ सांसदले अध्यक्षता गर्ने निर्णय बैठकले गरेको छ । प्रदेशसभा संसदीय दलको नेताका लागि एक भन्दा बढीको उम्मेदवारी भएमा गोप्य मतदानद्वारा निर्णय गरिनेछ ।   सातै प्रदेशका प्रदेश ...

वाम गठबन्धन: कार्यदलले टुंगो लगायो मुख्यमन्त्री, सभामुख र उपसभामुख

सुभाष साह काठमाडौं  एमाले र माओवादी केन्द्रको वामगठबन्धनद्धारा गठित कार्यदलले मुख्यमन्त्री, सभामुख र उपसभामुखको सिट बाँडफाँट टुंग्याएको छ । एमालेले मुख्यमन्त्री र सभामुख ४÷४ लिने र माओवादी केन्द्रले मुख्यमन्त्री र सभामुख २÷२ लिने निर्णय कार्यदल बैठकले गरेको छ ।  कार्यदलको आइ्र्रतबार सिंहदरबार स्थित एमाले संसदीय दलको कार्यालयमा सम्पन्न बैठकले सिट बाँडफाँट गरेको छ । कार्यदलले टुंगो लगाएको सिट बाँडफाँटको निर्णय पार्टी एकता संयोजन समितिले छलफल गरी पारित गर्नेछ ।  एमाले नेता एवं कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले प्रदेश १, ३, ४ र ५ मा एमालेको मुख्यमन्त्री र प्रदेश ६ र ७ मा माओवादी केन्द्रको मुख्यमन्त्री बन्ने सहमती भएको बताए । यसैगरी प्रदेश १, ३, ६ र ७ मा एमालेको सभामुख र प्रदेश ४ र ५ मा माओवादी केन्द्रको सभामुख हुने निर्णय कार्यदलको बैठकले गरेको उनले बताए ।  ‘कार्यदलको सहमतीमा भएको निर्णय पार्टी एकता संयोजन समितिलाई बुझाउँनेछौं, कार्यदलकै निर्णयका आधारमा सिट बाँडफाँट गरी दुबै पार्टी अगाडी बढनेछ’ पाण्डेले राजधानीसंग भने, ‘यही सहमतीका आधारमा प्रदेशम...

प्रदेश २ सरकार निर्माण तयारी, मुख्यमन्त्री फोरम, सभामुख राजपा

Image
सुभाष साह काठमाडौं, १३ माघ संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको मधेसवादी गठबन्धनले प्रदेश २ मा प्रदेश सरकार निर्माणको तयारीमा जुटेका छन् । प्रदेशसभा निर्वाचनमा साझा उम्मेदवारी दिई स्पष्ट बहुमत ल्याएका मधेसवादी गठबन्धनले सिट बाँडफाँट गर्दै सरकार निर्माणको खाँका बनाउँनमा जुटेका छन् ।  मुख्यमन्त्री र सभामुखमा दुबै दलले एक एक जिम्मेवारी लिने गरी सरकार गठन हुने तयारीमा दुबै दलका नेताहरु जुटेका छन् । तर सो सम्बन्धनमा अन्तिम निर्णय गर्न बाँकी नै रहेको छ । दुबै पार्टीका शिर्ष नेताका बीचमा प्रदेश सरकारको खाका बनाउँने बिषयमा तयारी भईरहेको नेताहरुले बताए ।  प्रदेश २ को प्रदेशसभा बैठक २१ माघमा बोलाईएको छ । बैठक बोलाएसंगै नेताहरु सरका गठनको आन्तरिक तयारीमा जुटेका छन् । प्रदेशसभाको बैठकसंगै सरकार निर्माणको प्रक्रिया पनि शुरु भएकाले सोको अग्रिम तयारीमा नेताहरु जुटेका छन् ।  राजपा नेपालका महासचिव अजय गुप्ताले दुबै दलका नेताका बीचमा प्रदेश सरकार बनाउँने बिषयमा छलफल शुरुभएको बताए । सरकार निर्माणका लागि आवश्यक गृहकार्य शुरु भएको बताउँदै गु...

संविधान, कानुन र राष्ट्रका हित विपरित सबै निर्णय नयाँ सरकारले खारेज गर्छ–एमाले

Image
सुभाष साह काठमाडौं, ११ माघ एमालेले कामचलाउँ सरकारका प्रधानमन्त्री  शेरबहादुर देउवालाई अनुचित र अनैतिक गतिविधिहरु तत्काल बन्द गर्न सचेत गराउँदै  राष्ट्रलाई दीर्घकालीन हानी पु¥याउने त्य्रस्ता विषयमा सहभागी नहुन सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ ।   बिहिबार एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकारले यस बीचमा भएका सबै निर्णयहरुमाथि पुनर्विचार गर्ने बताउँदै संविधान, कानुन र राष्ट्रका हित विपरित भएका सबै निर्णयहरुलाई अस्वीकार गर्ने स्पष्ट गरेका छन् ।  कामचलाउ सरकारले मुलुकको अर्थतन्त्र र प्रशासनमा दूरगामी नकारात्मक प्रभाव पार्ने गरी गरिरहेका निर्णय, लिइरहेका नीति र कदमहरुका बारेमा पार्टीको आधिकारिक धारणा सार्वजनिक आयोजित पत्रकार सम्मेलन बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा भएसँगै कामचलाउ भएको सरकारलाई राज्यका दैनन्दिनका र नियमित काममात्रै गर्ने अख्तियारी प्राप्त हुने यथार्थ रहेको एमालेले जनाएको छ ।  ‘सरकार...