काठमाडौं महानगर प्रमुखमा शाक्य, उपप्रमुखमा श्रेष्ठ बिजयी


सुभाष साह
काठमाडौं, १४ जेठ 

देशकै राजधानी एवं सबैभन्दा पुरानो काठमाडौं महानगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार बिद्यासुन्दर शाक्य निर्वाचित भएका छन् । 

निर्वाचन भएको दुई सातापछि सम्पन्न मतपरिणाम अनुसार शाक्यले काँग्रेस उम्मेदवार राजुराज जोशी भन्दा झण्डै १९ हजारभन्दा बढी मत ल्याएर काठमाडौंको प्रमुखमा निर्वाचत भएका हुन् । 

प्रमुखमा निर्वाचित शाक्यले ६४ हजार ९ सय १३ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी जोशीले ४५ हजार दुई सय ६९ मात पाएका छन् । काठमाडौं महानगरमा एमाले र राप्रपाले गठबन्धन निर्माण गरी निर्वाचन लडेका थिए । 


उपप्रमुख काँग्रेस नेतृ हरिप्रभा खड्गी निर्वाचित भएकी छन् । एमाले र राप्रपा गठबन्धनका उम्मेदवार एवं राप्रपा नेता राजाराम श्रेष्ठलाई हराउँदै काँग्रेस नेतृ खड्गी उपप्रमुखमा निर्वाचित भएकी हुन् । 

उपमेयरमा भने कांग्रेसकी हरिप्रभा खड्गी निर्वा्चित भएकी छन् । एमालेको समर्थनमा उम्मेदवार भएका राप्रपाका राजाराम श्रेष्ठलाई भारी मतले हराउँदै खड्गी निर्वा्चित भएकी हुन् ।

उपप्रमुखमा निर्वाचित खड्गीले ५८ हजार नौं सय ५२ मत ल्याएकी छन् भने, श्रेष्ठले ३४ हजार आठ सय ५४ मत ल्याएका छन् । 

काठमाडौं महानगरमा १ लाख ९७ हजार २ सय २७ मत खसेको थियो ।

काठमाडौ महानगरपालिकामा एक लाख ९७ हजार दुई सय २७ मत खसेको निर्वाचन आयोगले जनाएको छ । यता प्रमुखका लागि बिवेकशील नेपालकी रञ्जु दर्शना न्यौपानेले २३ हजार चार सय ३९ मत ल्याएर तेस्रो भएकी छन् भने, साझा पार्टीका उम्मेदवार किशोर थापाले १८ हजार चार सय ९२ मत ल्याएर चौथो दावेदार बनेका छन् ।

माओबादी केन्द्रका उम्मेदवार सर्वोत्तम डंगोलले बिवेकशील र साझा भन्दा पनि कम मत ल्याएर पाँचौ स्थानमा सिमित भएका छन् । उनले सात हजार नौं सय छौ मत मात्र पाएका छन् ।

यसैगरी उपप्रमुखमा साझा पार्टीकी उम्मेदवार निरुपमा यादवले ११ हजार पाँच सय ३३ मत ल्याएकी छन् भने माओबादी केन्द्रकी उपप्रमुखकी उम्मेदवार सुशीला पौडेलले १० हजार चार सय ४८ मत ल्याएकी छन् । 

यस्ता छ शाक्यका योजना

काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि एमालेले १६ गते बिजय जुलुस गर्ने भएको छ । निर्वाचित प्रमुख, उपप्रमुख एवं अन्य पदाधिकारीको सपथग्रहण पनि १६ गते हुने भएको छ । 

प्रमुखमा निर्वाचित शाक्यले सपथ लिएपछि आफ्नो पुर्वप्रतिबद्धता पुरा गर्ने बताएका छन् । सपथ लिएको दिनदेखी नै लागु हुने गरी ८४ बर्ष उमेर भन्दा बढीका जेष्ठ नागरिकलाई बार्षिक रुपमा १५ हजार महानगरभत्ता दिने घोषणा उनले गर्ने बताएका छन् । 

८४ वर्ष भन्दा बढी उमेरका जेष्ठ नागरिकलाई प्रत्येक महिना उनीहरुको घरमै गएर निशुल्क स्वास्थ्य परिक्षण गर्ने व्यवस्था पनि गर्ने शाक्यले बताएका छन् । काठमाडौं महानगरलाई धुलोधुवामुक्त नो माक्स सिटी बनाउँन तत्काल कार्यदल बनाएर काम अघि बढाउँने योजना शाक्यको रहेको बताएका छन् । 

यसैगरी पदभारग्रहण गरेदखीको सय दिनभित्रमा भ्रष्टाचारमुक्त प्रशासनका लागि ‘इ–गर्भनेन्स’ पद्धतिको थालनी गर्न तत्काल आवश्यक सफ्टवेयर निर्माण गर्ने कामको व्यवस्था गर्ने, तत्काल वडा–वडामा फ्री वाइफाई जोनको व्यवस्था गर्ने, महानगरभित्रको अस्तव्यस्त यातायातलाई व्यवस्थित तथा अधुनिकीकरण गर्न मेट्रो रेल, सीटी बस आदिको निर्माण तथा सञ्चालन गरी व्यवस्थित यातायातको व्यवस्था गर्ने कार्यका लागि पहिलो दिनबाट कार्यदल बनाएर कार्य शुरु गर्ने पनि उनले बताएका छन् । 

सय दिनभित्रैमा भूकम्प पीडित महानगरवासीहरको समस्या समाधान गर्न तत्काल कार्य प्रारम्भ गर्ने घोषणा उनले गरेका छन् । नेपाली भाषा र नेपाल भाषालाई महानगरपालिकामा कामकाजको भाषाका रुपमा प्रयोगमा ल्याउने काम प्राथमिक्ता भित्र रहेको उनको भनाई रहेको छ । 

को हुन् शाक्य

दुई दशक अघि भएको काठमाडौं महानगरको निर्वाचनमा एमालेका केशव स्थापित बिजयी भएका थिए । स्थापित पुन उम्मेदवारको दावेदार भए पनि एमालेले शाक्यलाई टिकट दिए पुर्वप्रमुख स्थापितले शाक्यलाई बिजयी गराउँने अभियानमा सक्रियरुपमा लागेका थिए । 

अहिलेसम्म कुनै पनि निर्वाचनमा हार व्यहोर्नु नपरेका शाक्य मेयरमा निर्वाचित भएसँगै आगामी पाँचवर्ष भित्र काठमाडौँ महानगरपालिकालाई कस्तो बनाउने भन्ने गहकिलो जिम्मेवारी उनको काँधमा आएको छ । 

काठमाडौकै लगनटोलमा विं.सं. २०२० जेठ ९ गते जन्मेका र त्यहिको माटोमा हुर्केका शाक्य २०४९ सालमा कांग्रेसले मेयर–उपमेयर जित्दा पनि एमालेबाट वडाध्यक्ष जितेका थिए । शाक्यले आफ्नो वडाबाट यसपटकको चुनावमा एक्लै ८७ प्रतिशत मत पाएर रेकर्ड बनाउँन सफल भएका छन् । 

त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यामिक विद्यालयबाट विद्यालयतहको अध्ययन पूरा गरेका शाक्यले शंकरदेव क्याम्पसबाट व्यवस्थापनमा स्नातकसम्मको अध्ययन पूरा गरेका छन् । विद्यालयतहदेखि नै राजनीतिमा सम्लग्न सरल, सभ्य र शालिन व्यक्तित्वका धनी शाक्यको ध्येय केवल राजनीति मात्रै थियो । 

पद र पैसाका लागि कहिल्यै राजनीति नगरेका शाक्यले राजनीति प्रतिष्ठा र समाज परिवर्तनका लागि गर्ने अठोट बोकेर हिडेका कारण सफलता प्राप्त भएको बताउँछन् । 

बिद्यार्थीकालदेखी नै राजनीतिमा सक्रिय भएका शाक्य ०३७ सालको जनमत संग्रहका बेलादेखि नै राजनीतिमा आफ्नो छुटै पहिचान बनाउँन सफल भएका थिए । १६ वर्षको कलिलो जवानीमै राजनीतिमा होमिएका शाक्यले आफ्नो ५४ वर्षको उमेर पार गर्दासम्म पनि राजनीतिलाई नै अर्जुन दृष्टि बनाएर हिडेपछि प्रमुखमा बिजयी भएको बताउँछन् । 

०४६ सालको प्रजातन्त्र प्राप्तिको आन्दोलनमा पनि शाक्य अग्रमोर्चामै रहेका थिए । प्रजातन्त्र प्राप्तिको आन्दोलनका क्रममा निर्भीकतापूर्वक अग्रमोर्चामा रहेकै कारण पटक–पटक प्रहरीको निशानामा परेका शाक्य आफ्नो विचारबाट तिलको दाना जतिपनि दायाँ–बायाँ भएनन् । 

एमालेको तत्कालिन प्रजातान्त्रिक राष्ट्रिय युवा संगठन नेपाल (हाल युवा संघ नेपाल) को काठमाडौको संस्थापक कोषाध्यक्षको जिम्मेवारी सम्हालेका शाक्यले त्यसैबेला पनि आफ्नो जिम्मेवारीलाई कुशल ढंगले पुरा गरेको एमालेले जनाएको छ । काठमाडौँका युवाहरुलाई संगठित गर्ने, संगठनलाई कुशल ढंगले सञ्चालन गर्ने जस्ता कार्यमा उनको भूमिका उलेख्नीय थियो । 

कोषाध्यक्षको जिम्मेवारी सम्हाल्दा गरेको कामको मूल्याङ्कन गर्दै पार्टीले ०४९ सालमा भएको स्थानीय निकाय निर्वाचनमा काठमाडौँ वडा नम्बर २१ को अध्यक्षका रुपमा अघि सार्यो । 

कुशल संगठनका रुपमा आफुलाई उभ्याउन सफल शाक्यलाई त्यस बेला निर्वाचन जित्न कुनै समस्या भएन । उनले शानदारका मतका साथ आफ्नो वडाबाट सूर्य अंकित झण्डालाई फहराउँन सफल भएका थिए । 

सबैका कुरा सुन्ने, विकास निर्माणका काममा अहोरात्र खटिरहने, भाषण भन्दा बढी काममा विश्वास गर्ने, नेता–कार्यकर्ताहरुको भावनालाई सम्मान गर्ने, राम्रो कामका लागि विपक्षीलाई पनि साथ समर्थन गर्ने र अध्ययनमा विशेष रुची राख्ने शाक्य पहिलो पटक जनप्रतिनिधिका रुपमा निर्वाचित भएपछि सबैमा लोकप्रिय भए । शाक्यले आफ्नो पहिलो कार्यकालमा वडामा उदाहरणीय काम गरेकै कारण उनी एमाले मात्र होइन अन्य राजनीतिक दलका लागि पनि ‘आँखाको रातीगेडी’ जस्तै बनेका थिए । उनको सक्रियताकै कारण ०५४ सालमा भएको स्थानीय निर्वाचनमा दोस्रो कार्यकालमा पनि वडाध्यक्ष निर्वाचित भएका थिए । 

दुई दशकदेखि एमाले जिल्ला कमिटीमा रहेर विभिन्न जिम्मेवारी सम्हाल्दै आएका छन् । लगनटोलमै पत्नी सुचिता शाक्यसहित परिवारसँग बस्दै आएका शाक्यले भारत, चीन, थाइल्याण्ड, भुटान, उत्तर कोरिया, युएई लगायतका देशको भ्रमण गरेका छन् । 



Comments

Popular posts from this blog

राजपा सहित गठबन्धनद्धारा निर्वाचन बिथोल्न आन्दोलनको घोषणा

नेकपा एकता कार्यदल , तोकिएकै समयमा आएन प्रतिबेदन

फोरम नेपालको निष्कर्षः काँग्रेस, माओबादी ‘सम्झौताबादी’, एमाले ‘मण्डले, खोक्रो राष्ट्रबाद’