सरकार निर्माणको खेलमा नलाग्ने–एमाले


सुभाष साह
काठमाडौं, १० जेठ

स्थानीय तह, प्रदेश र संघको निर्वाचन आफ्नो सम्पुर्ण ध्यान केन्द्रीत रहेको भन्दै एमालेले सरकार निर्माणको दौडमा नरहेको जनाएको छ । 

एमाले सचिव प्रदिप ज्ञवालीले एमालेको पहिलो प्राथमिक्ता तीनै तहको निर्वाचनको रहेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले राजिनामा दिएपछि संसदको दोस्रो ठुलो दल सरकार निर्माणको खेलमा नलाग्ने जनाएको छ । 

‘एमालेको सम्पुर्ण ध्यान तीनै तहको निर्वाचन गराएर संबिधान कार्यान्वयन गराउँनेमा केन्द्रीत छ’ ज्ञवालीले राजधानीसंग भने, ‘हामी सरकार निर्माणको दौड र त्यसको खेलमा हाम्रो रुची छैन् ।’ 

प्रमुख दल काँग्रेस र अन्य दलको रणनीति अनुसार उपयुक्त निर्णय एमालेले गर्ने सचिव ज्ञवालीले बताए । उपयुक्त समयमा उपयुक्त निर्णय गर्ने बताउँदै उनले अहिले अन्य राजनीतिक दलको रुची बुझने काम भईरहेको बताए । 

यता बुधबार बसेको एमाले स्थायी कमिटीको बैठकमा सरकार निर्माणको बिषयमा छलफल भएको छ । तर एमालेको तर्फबाट उम्मेदवारी दिने की नदिने भन्ने बिषयमा केही निर्णय हुन नसकेको एक नेताले बताए । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीको बालकोट स्थित निवासमा बसेको बैठकले स्थानीय तहको निर्वाचन पुर्वनिर्धारित संख्या र सिमाभित्रै रहेर तोकिएकै समयमा निर्वाचन शान्तिपुर्ण बाताबरणमा गर्न माग गरेको छ । 

सरकारले हालै स्थानीय तहको संख्या बढाउँदै सिमांकन हेरफेर गरेको प्रति आपती जनाउँदै एमालेले त्यसलाई नमान्ने जनाएको छ । पहिलो चरणको निर्वाचन सम्पन्न भईसकेको र दोस्रो चरणको निर्वाचन हुन नदिनका लागि काँग्रेस र माओबादी योजनाबद्ध रुपमा षडयन्त्रमा लागेको आरोप एमालेले लगाएको छ । 

एमाले सचिव एवं प्रचार बिभाग प्रमुख योगेश भट्टराईले राजनीतिक सहमतिको वातावरण निर्माण गर्नुपर्नेमा स्थानीय तहको घोषित निर्वाचन समयमै सम्पन्न गर्नुपर्ने जिम्मेवारी रहेको सरकारका प्रधानमन्त्रीले आफ्नो पदबाट राजीनामा दिएर परिस्थितिलाई झन् अन्योलपूर्ण बनाएको बताए । 

बैठकले काँग्रेस, माओबादी केन्द्रद्धारा संसदमा प्रधानन्यायाधीस शुशिला कार्की बिरुद्ध दर्ता गरिएको महाअभियोग प्रस्ताव, संबिधान संशोधन प्रस्ताव अबिलम्ब फिर्ता लिन पुन माग गरेको छ । यसैगरी निर्वाचनको बाताबरण बनाउँन माग गर्दै तोकिएकै समयमा दोस्रो चरणको निर्वाचन गर्नुपर्नेमा ध्यानार्षण गराएको छ । 



Comments

Popular posts from this blog

राजपा सहित गठबन्धनद्धारा निर्वाचन बिथोल्न आन्दोलनको घोषणा

नेकपा एकता कार्यदल , तोकिएकै समयमा आएन प्रतिबेदन

फोरम नेपालको निष्कर्षः काँग्रेस, माओबादी ‘सम्झौताबादी’, एमाले ‘मण्डले, खोक्रो राष्ट्रबाद’